
29
Jul
। काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा- प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा प्राज्ञिक सम्मिलन- २०८१ प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो। प्रमुख अतिथि ,प्रज्ञा-प्रतिष्ठानका संरक्षक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले दीप प्रज्वलन गरेर उक्त सम्मिलनको समुद्घाटन गर्नुभएको थियो ।उक्त सम्मिलनलाई दुई सत्रमा विभक्त गरिएको थियो ।उहाँले सम्मिलनलाई सम्बोधन गर्दै प्रज्ञा-प्रतिष्ठानहरू ज्ञानको थलो भएकाले आआफ्ना ठाउँबाट विधागत रूपमा सबैले योगदान पुर्याउनुपर्ने बताउँदै व्यावसायिक रूपमा कर्मचारीहरूले सतत राष्ट्र सेवा गरेका छन् कि छैन, यसको समीक्षा हुनुपर्ने बताउनु भएको थियो । मन्त्री पाण्डेले राजनीतिभन्दा माथि उठेर प्रज्ञा-प्रतिष्ठानहरूले खोज अनुसन्धान गर्दै प्राज्ञिक सांस्कृतिक क्षेत्रको विकासका लागि ज्ञान…