Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
July 26, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: July 26, 2024

योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ

योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त  उपाध्यक्ष प्रा डा शिवराज अधिकारी र सदस्यहरूले शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष अधिकारीलाई शपथ गराएका थिए भने सदस्यलाई उपाध्यक्ष अधिकारीले शपथ गराएका थिए । बिहीबार बसेको मन्त्रिपरिषद्ले सदस्यहरूमा आरती मिसार (महोत्तरी), रमेश प्रसाद सिंह ( धनुषा) , प्रकाशकुमार सिंह (अर्घाखाँची), गीताकुमारी पौडेल  अधिकारी (झापा), डा. जय बहादुर टन्डन (अर्घाखाँची) र गङ्गादत्त अवस्थी (दार्चुला) लाई नियुक्त गरेको थियो । शपथ कार्यक्रममा प्रधानमन्त्री ओलीले बधाई र शुभकामना दिँदै देशको समग्र विकासको योजना कार्यान्वयनमा नमुनायोग्य बनाउन भूमिका खेल्न आग्रह गरेका थिए । ओलीले मुलुकको मनोबल कमजोर भएको बेला १६औँ आवधिक योजना बनेकाले समृद्ध…
Read More
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

काठमाडौँ । भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दिए महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीका अनुसार रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूलाई मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको हो। सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले सफलताका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई सहित टोलीलाई धन्यवाद समेत दिएका छन् । ओलीले सामाजिक सञ्जालमा लेखेका छन्-…
Read More
मौद्रिक नीतिमा के के व्यवस्था गरियो ?

मौद्रिक नीतिमा के के व्यवस्था गरियो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले निर्माण व्यवसाय मैत्री मौद्रिक नीति ल्याएको छ । शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले शिथिल बनेको निर्माण व्यवसायलाई चलायमान बनाउने गरी मौद्रिक नीति ल्याएको बताएका हुन् । सार्वजनिक मौद्रिक नीतिमा निर्माण व्यवसायलाई चलायमान बनाउने गरी प्रवाह भएको ऋणको सावा ब्याज तिर्ने अवधि २०८१ मङ्सिर मसान्तसम्म थप गरिएको छ भने निर्माण व्यवसायलाई कर्जा सूचना सम्बन्धी अर्को व्यवस्था नभएसम्म चेक अनादर भएको कारणले कालोसूचीमा नपर्ने व्यवस्था गरिएको छ । त्यस्तै निर्माण व्यवसायको जमानत व्यवस्था मिलाउनका लागि कर्जा वर्गीकरण र कर्जा व्यवस्थापन गर्ने, जेभी पार्टनर कालोसूचीमा परेमा अन्य व्यवसायी कालोसूचीमा नपर्ने भएका छन् । यस्तै परिस्थितिजन्य…
Read More
कीर्तिपुरका नगरप्रमुख नकर्मीको निधन

कीर्तिपुरका नगरप्रमुख नकर्मीको निधन

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गए राति उनको निधन भएको हो । मिर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो ।  उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने भएको छ । नकर्मी नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुखमा विजयी भएका थिए ।
Read More
बागमतीमा मन्त्रिपरिषद् विस्तार: १३ मन्त्रीको कार्य विभाजन

बागमतीमा मन्त्रिपरिषद् विस्तार: १३ मन्त्रीको कार्य विभाजन

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार उनले नेपाली काँग्रेसका ४ जना मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री लामाले नियुक्त गरेका मन्त्रीहरूमा मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने, विमल ठकुरी र प्रभात तामाङ छन् । नव नियुक्त मन्त्रीहरूको आजै मन्त्रालयसमेत तोकिएको छ । जसमध्ये मीनकृष्णलाई युवा तथा खेलकुद मन्त्रालय, सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र प्रभातलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि मन्त्रीमा नियुक्त भएर बुधवार शपथ लिइसकेका काङ्ग्रेसकै ३ जनामध्ये २ जनालाई मन्त्रालयको जिम्मेवारी दिइए पनि एक जनाको मन्त्रालय अझै टुङ्गो लागेको छैन ।…
Read More
हाँडीगाउँमा पुनः निर्माण भइरहेका सम्पदाको अनुगमन

हाँडीगाउँमा पुनः निर्माण भइरहेका सम्पदाको अनुगमन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले हाँडीगाउँमा पुनः निर्माण भइरहेका सम्पदाहरूको भौतिक अवस्थाको अनुगमन गरेको छ । यस क्रममा धन गणेश परिसरमा रहेको सत्तल र माली गाउँमा रहेको मैती अजिमा द्योः छेँः को निर्माण शैली, शिल्प, निर्माण सामग्री, कला र अमूर्त पक्षहरू हेरिएको थियो । अनुगमन समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सदस्य बाबुराम भट्टराई, वडाध्यक्ष वीरेन्द्र प्रजापति, सार्वजनिक निर्माण विभाग, सम्पदा तथा पर्यटन विभाग, योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख, वडा सदस्यसहितको टोलीले अनुगमन गरेको हो । त्यस क्रममा पुन निर्माण भइरहेको सम्पदासँग सम्बन्धित गुठियार तथा पुजारीहरूलाई बोलाइएको थियो ।…
Read More
कमला ह्यारिसले ट्रम्पलाई चुनौती दिन सक्छिन् ?

कमला ह्यारिसले ट्रम्पलाई चुनौती दिन सक्छिन् ?

काठमाडौँ । कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने निश्चित भएपछि अब उनले के डोनाल्ड ट्रम्पलाई हराउन सक्छिन् भन्ने बहस सुरु भएको छ । उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने बाटो स्पष्ट देखिन्छ । तर उनको लागि सबैभन्दा ठुलो चुनौती नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउनु हुनेछ । कमला ह्यारिस पार्टीको राष्ट्रपति पदको उम्मेदवार बन्नुले एकातिर, डेमोक्र्याटहरूमा नयाँ उत्साह थपेको त देखिन्छ, तर बाइडेन दौडमा हुँदा चिन्ताको विषय नभएका केही कमजोरीहरूलाई पनि उजागर गरेको छ । हालैको चुनावी सर्वेक्षणमा कमला ह्यारिस पूर्व राष्ट्रपति ट्रम्पभन्दा अलि पछाडि देखिएकी थिइन् । अनुमानित सर्वेक्षण तथ्याङ्क…
Read More