21
Jun
काठमाडौँ असार ७ । ‘नेपाली लघुकथामा प्रगतिशीलता एक प्रमुख चेतनाको रूपमा विकास भइसकेको’ लघुकथाकार डा.पुष्करराज भट्टले बताए । प्रगतिशील लेखक सङ्घले आयोजना गरेको नेपाली लघुकथामा प्रगतिशीलता विषयक ७२औँ परिसंवाद कार्यक्रममा उनले सो धारणा राखेका हुन् । असार ७ गते बागबजारस्थित प्रलेस कार्यालयमा भएको परिसंवाद कार्यक्रममा डा.भट्टले, ‘सूत्रात्मक हुनु, आकस्मिक हुनु, व्यङ्ग्यात्मक हुनु, प्रहारक क्षमता हुनु लघुकथाको प्रमुख विशेषता भएको’ बताए– ‘यस प्रकारको कथामा प्रारम्भमा कुनै घटनाको प्रारम्भ हुन्छ, घटनाको विकाससँग दुई भिन्न प्रवृत्तिका बिचमा सङ्घर्ष हुन्छ र अन्त्यमा फरक फरक विचार वा दृष्टिकोण सहित समापन हुन्छ ।’ परिसंवाद कार्यक्रममा आफ्नो धारणा राख्नै डा.भट्टले भने, ‘लघुकथाको प्रारम्भ र मध्यमा जुन खाले…