
04
Jun
कुनै समयमा पश्चिम बङ्गाल, केरल जस्ता राज्यहरूमा वामपन्थी शक्तिहरूको एकछत्र पकड हुने गर्दथ्यो । तर अहिले अवस्था एकदम भिन्न छ । भारतमा वामपन्थी पार्टीहरूको शक्ति एकदमै खस्कँदो अवस्थामा छ । अहिलेसम्म जारी परिणाम अनुसार ५४३ सिटको लोकसभामा जम्मा ७ वटा सिटमा मात्र वामपन्थीहरूले जितेकाे अवस्था छ । िजतका सिटहरू मध्ये केरलाबाट माकपाका के राधाकृष्णनले २०,१११ को मतान्तरबाट जित हासिल गरेका छन् भने सोही पार्टीका असरा रामले राजस्थानको सिकराबाट विजय प्राप्त गरेका छन् । उनले ७२, ८९६को मतान्तरमा विजय प्राप्त गरेका हुन् । त्यस्तै माकपाले तमिलनाडुको डिंडीगुलबाट सच्चिनाथनम आर ४, ४३, ८२१को मतान्तरबाट विजय प्राप्त गरेका छन् । तमिलनाडुको मदुरईबाट सोही…