01
Jun
- सुरेशकुमार पाण्डे फुर्शे बिहानै उठ्यो घुमघाम गर्यो र घर फर्कियो। सीमाले चिया टकारिन। चियाको चुस्की सँग फेसबुक खोल्यो।फेसबुक खुल्दा बित्तिकै उसको आँखा एउटा फोटामा गएर अल्झियो।चिया पिउन छाड्यो र आफ्नो चस्मा कपडाले पुछ्यो र फेरी हेर्यो।मानिस चिनेकै थियो।आखिर फुर्शेले त्यो व्यक्तिलाई भुल्न पनि कहाँ सक्थ्यो।त्यो उही भैँरूपी थियो।जसले धेरै वर्ष पहिले पैसाको लोभमा अपराधीहरूलाई छुडाउँनमा साथ दिएको थियो।" वाह रे पैसा!" फुर्शेको मुखबाट अनासमै दुई शब्द निस्कियो।"के भयो हजुरलाई बिहानै पैसालाई गाली गर्नुहुन्छ।"- सीमाले सोधिन्।" हेर त यसलाई चिन्छौ?"-फुर्शे सीमाको कुरा अन्सुनि गर्दै सोध्यो।" फोटा त चिनेको जस्तो लाग्छ तर ठमाउन सकिन ।" - सीमाले फोटा हेर्दै भनिन्।एक पटक…