09
May
काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकमा उनी अनुपस्थित भएका हुन् । उपेन्द्रले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूमिका देखिएपछि असन्तुष्ट बनेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा नै सरकार टिकाउन जसपा फुटाएको स्वीकार गरेका छन् । अब जसपा नेपालको नेतृत्वमा रहेको मधेस सरकारबाट पनि एमाले र माओवादी केन्द्र बाहिरिने तयारी गरेपछि यादव केन्द्रको समीकरणबाट बाहिरिने सम्भावना बढेको छ ।