Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
April 2024 - Page 4 of 13 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: April 2024

महोत्तरीको मटिहानीमा सयौँ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरीको मटिहानीमा सयौँ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

विशाल बस्नेत/न्युज कारखाना  १२ वैशाख, महोत्तरी  महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । आगलागीको क्रममा सयौँ घर जलेर नष्ट भएका छन् भने करौडौ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । नगरप्रमुख हरि प्रसाद मण्डलका अनुसार झन्डै २ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । नगरप्रमुख मण्डलले आफ्नो फेसबुकबाट आगलागी भएको जानकारी दिँदै सबैलाई सहयोगको लागि अपिल गरेका छन् ।  मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका वारुणयन्त्र ,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक, प्रमुख जिल्ला अधिकारी, लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरूद्वारा आगो…
Read More
अंतर्राष्ट्रीय लेनिन सेमिनार सम्पन्न

अंतर्राष्ट्रीय लेनिन सेमिनार सम्पन्न

काठमान्डु, वैशाख १२ । लेनिन स्मृति शतवार्षिकीको आयोजनामा राजधानीमा अंतरराष्ट्रीय लेनिन सेमिनार सम्पन्न भएको छ। वैशाख १० र ११ गरी सेमिनार दुई दिनसम्म चलेको थियो । सेमिनारमा नेपाल, भारत, बङ्गलादेश तथा चीनका विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए । पहिलो कार्यपत्र महेश मास्केले प्रस्तुत गरेका थिए । दोस्रो कार्यपत्र प्रोफेसर जीयनकुन गाओले र तेस्रो कार्यपत्र टङ्क कार्कीले प्रस्तुत गरे । कार्यपत्रमाथि क्रमशः करुणा पराजुली, मित्रलाल पङ्गेनी, झलक सुबेदी र रोशन जनकपुरीले टिप्पणी गरेका थिए । कार्यक्रमको अध्यक्षता निनु चापागाईँ र सञ्चालन सङ्गीतले गरेका थिए । जनगायक जीवन शर्मा र सुसेला समूहले गीत प्रस्तुत गरेका थिए भने विनोद विक्रम केसीले कविता वाचन गरेका थिए ।…
Read More
कतारका अमिर स्वदेश फर्किँदै, के के छ आजको कार्यक्रम ?

कतारका अमिर स्वदेश फर्किँदै, के के छ आजको कार्यक्रम ?

काठमाडौँ, १२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्किँदै छन् । अमिर थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने छन् ।  भ्रमणका क्रममा नेपाल र कतारबिचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबिच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।  यस भ्रमणका क्रममा नेपालले…
Read More
चीनमा बाढी- एक लाख मानिस स्थानान्तरण

चीनमा बाढी- एक लाख मानिस स्थानान्तरण

बेइजिङ, १२ वैशाख । दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा बढी मानिसलाई विस्थापित गरिएको छ ।  सरकारले प्रभावित क्षेत्रमा मङ्गलवार र बुधवार भारी वर्षा हुने चेतावनी दिए लगत्तै उनीहरूलाई स्थानान्तरण गरिएको हो ।  हालैका दिनहरूमा ग्वाङ्डोङमा भीषण वर्षा भइरहेको छ, जसका कारण नदीको स्तर उकालो लागेका छन् र गम्भीर बाढीको सम्भावना बढेको छ।  मङ्गलवार सेन्जेनको मेगासिटीमा धेरै भारी वर्षा भएको छ, जो बाढी प्रभावित क्षेत्रहरू मध्ये एक थियो र बाढीको जोखिम धेरै उच्च रहेको सहरको मौसम विभागले भन्यो। तर पछि आँधी कमजोर भएपछि चेतावनी कम गरिएको थियो । यद्पी मानिसहरूलाई विपदवाट सतर्क रहन आग्रह गरिएको छ ।…
Read More
इलाम उपनिर्वाचन- रास्वपालाई सहकारीको पिछा, अग्निपरीक्षामा पहिचानवादी, मत जोगाउन व्यस्त एमाले-काङ्ग्रेस

इलाम उपनिर्वाचन- रास्वपालाई सहकारीको पिछा, अग्निपरीक्षामा पहिचानवादी, मत जोगाउन व्यस्त एमाले-काङ्ग्रेस

  काठमाडौँ । इलाम-२ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरू मतदाता फकाउन व्यस्त छन् । उपनिर्वाचनमा स्थानीय मुद्दा भन्दा पनि केन्द्रीय मुद्दाले प्राथमिकता पाएपछि उम्मेदवारहरूको चिन्ता बढेको छ ।  इलाम–२ मा ठुला-साना दल र स्वतन्त्रबाट १९ को उम्मेदवार रहे पनि  एमालेका सुहाङ नेम्बाङ, काँग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमबीच नै चुनावी प्रतिस्पर्धा रहेको देखिएको छ । एमालेका नेम्बाङलाई सत्ता गठबन्धनमा रहेका दल माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र नेपाल परिवार दलको समर्थन छ । त्यस्तै पहिचानको मुद्दालाई स्थापित गर्न उम्मेदवार बनेका थेगिमलाई सत्ता साझेदारी…
Read More
काठमाडौँ महानगरमा २७ विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति

काठमाडौँ महानगरमा २७ विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा समितिले २७ वटा विद्यालयलाई कक्षा/विषय थप गर्न अनुमति दिने निर्णय गरेको छ । गएको आइतबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको बैठकले, सम्बन्धित क्षेत्रका विद्यालय निरीक्षक, स्रोत शिक्षक र महानगरपालिकाको सहरी योजना आयोगले गरेको स्थलगत अनुगमनबाट प्राप्त सिफारिसका आधारमा कक्षा/विषय थप गर्न अनुमति दिएको हो ।  यसका लागि ४१ वटा निवेदन आएका थिए । यीमध्ये ७ वटालाई अनुमति नदिने, नाम परिवर्तनको निवेदन प्राप्त भए थप ४ वटालाई अनुमति दिने निर्णय भएको छ । धार्मिक विद्यालय दर्ताका सम्बन्धमा नेत्रनारायण पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । कानुन विभागको अधिकृत स्तरको प्रतिनिधि र सम्बन्धित क्षेत्रको…
Read More
विपिन जोशीको रिहाइको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

विपिन जोशीको रिहाइको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन् । राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्त्वपूर्ण चासोको विषय रहेको बताए र रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गर्नुभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी विपिन जोशी बेपत्ता छन् । सो अवसरमा कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने…
Read More
भारतमा गर्मी: समाचार पढ्दा पादै न्युज एंकर भइन अचानक बेहोस

भारतमा गर्मी: समाचार पढ्दा पादै न्युज एंकर भइन अचानक बेहोस

नयाँ दिल्ली, १० वैशाख । भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ।  चर्को गर्मीको बिचमा एक टिभी एन्कर प्रत्यक्ष प्रसारणको क्रममा गर्मी हावाको लहरका कारण समाचार पढ्दै गर्दा बेहोस भएकी छिन् । समाचार पादै गर्दा उनको रक्तचाप अचानक घट्यो। दूरदर्शनको कोलकाता शाखाको एङ्कर लोपामुद्रा सिन्हा गर्मीका समाचार पढ्दा बेहोस भइन । उनी बेहोसीमा नै समाचार पढिरहेको सुन्न सकिन्छ। ‘टेलिप्रम्प्टर धमिलो भयो र म बेहोस भएँ, म मेरो कुर्सीमा लडेँ,’ लोपामुद्रा सिन्हाले आफ्नो फेसबुक पेजमा साझा गरेको भिडियोमा भनेकी छिन् । लोपामुद्रा सिन्हाले भनिन्,  ‘अत्यधिक…
Read More
ब्राजिलमा डेंगुका कारण १६०१ जनाको मृत्यु, १ लाख मध्ये १७ सयमा डेंगुका लक्षण

ब्राजिलमा डेंगुका कारण १६०१ जनाको मृत्यु, १ लाख मध्ये १७ सयमा डेंगुका लक्षण

साओ पाउलो, १० वैशाख । ब्राजिलमा यस वर्ष डेंगुका कारण अहिलेसम्म १,६०१ जनाको मृत्यु भएको पुष्टि भएको छ । समाचार अनुसार थप २ हजार ६१ जना गम्भीर रूपमा बिरामी  भएका माथि अनुसन्धान भइरहेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशव्यापी रूपमा डेंगुको कुल ३.५ मिलियन सन्दिग्ध केसहरू रिपोर्ट गरिएको छ । र, दक्षिण अमेरिकी देशमा डेंगु ज्वरोको घटना दर हाल प्रति १ लाख बासिन्दामा १ हजार ७४१ जनामा डेंगुका शङ्कास्पद लक्षणहरू देखा परेका छन् ।  पुष्टि भएको मृत्युको सङ्ख्या २०२३ मा कुल १,१७९ मृत्युको तुलनामा ३५ प्रतिशत बढी हो। शुक्रवारसम्म अद्यावधिक गरिएको तथ्याङ्क अनुसार महिलाहरू यो रोगको चपेटामा धेरै परेका…
Read More
लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने दलहरूलाई आयोगले सोध्यो स्पष्टीकरण

लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने दलहरूलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले लेखा परीक्षण नगरेका राजनीतिक दलहरूलाई स्पष्टीकरण माग गरेको छ । आयोगले दर्ता कायम रहेका राजनीतिक दलहरूमध्ये आर्थिक वर्ष २०७९ र ८० को लेखा परीक्षण प्रतिवेदन तोकिएको समयावधि भित्र पेस गर्ने ८२ राजनीतिक दलमध्ये लेखा परीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने २० राजनीतिक दल र समय व्यतीत भएपश्चात् लेखापरिक्षण प्रतिवेदन पेस गर्ने १३ राजनीतिक दल मध्ये लेखा परीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने एक राजनीतिक दल गरी २१ राजनीतिक दललाई सात दिन भित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको जनाएको छ । लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने दलहरूमा आम आदमी पार्टी, नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक,…
Read More