
26
Mar
इस्लामाबाद, १३ चैत । पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परी ५ चिनियाँ नागरिकको मृत्यु भएको छ । चिनियाँ नागरिकहरूको अड्डा रहेको उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेको पाकिस्तानी प्रहरीले जनाएको छ । पाकिस्तानी पत्रकार आरजु काजमीले एक्स ह्यान्डल मार्फत यस हमलाको जानकारी दिएका छन् । उनले खैबर पख्तुनख्वा प्रान्तको शाङ्ला जिल्लामा चिनियाँ नागरिक माथि आत्मघाती हमला भएको बताए । यो हमला बेशाम सहर नजिक भएको थियो, जसमा पाँच चिनियाँ नागरिक मारिएका थिए। उनका अनुसार मृत्यु हुने सबै चिनियाँ इन्जिनियर रहेको बताइएको छ । यो खबर पाकिस्तानका लागि निकै महत्त्वपूर्ण छ, किनभने पाकिस्तानलाई चीनको नजिकको मित्र मानिन्छ । चिनियाँ इन्जिनियरहरूको यात्रा…