16
Mar
काठमाडौँ, ३ चैत । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजित भएको छ । सो पार्टीका 'वरिष्ठ नेता' महेन्द्र राय यादव पक्षधर नेकपा माओवादी केन्द्रमा समाहित भए पछि सो पार्टी विभाजित भएको हो । यादवसहित भट्टराइले लामो समय देखी साथ दिँदै आएका गङ्गानारायण श्रेष्ठले पनि साथ छाडेका छन् । चैत ३ गते बिहान दुवै पार्टीले एकता गर्ने सहमति गरेका थिए । बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ तथा नेसपाका अध्यक्ष महेन्द्र राय यादव, सह अध्यक्ष गङ्गानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव सहभागी भएको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । ‘बैठकले दुवै पार्टीका बिचमा पार्टी…