27
Feb
काठमाडौँ, १५ फागुन । नेपाल, नामिबिया र नेदरल्याण्डसबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि सुरु हुँदै छ । सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् । त्रिभुवन विश्वविद्यालय खेल मैदान, कीर्तिपुरमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि सुरु हुदैँछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, रसिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहरा रहेका छन्…
26
Feb
काठमाडौँ, १४ फागुन । सोलुखुम्बुको काला पत्थरमा सर्वाधिक उचाइमा नृत्यको रेकर्ड राख्दै गिनिस बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएकी अभिनेत्री छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिस बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र लिएकी छन् । छिरिङ र जगदीश गुरुङ(जेडी तमु)ले सन् २०२२ नोभेम्बर १७ मा ५ हजार २ सय ७८ मिटरको उचाइमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट एल्टिच्यूड कोरियोग्राफ्ड डान्स अन ल्यान्ड(पेयर)’को रेकर्ड राखेका थिए । राष्ट्रपति पौडेलले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गर्दै उनलाई बधाई दिएका थिए । सन् २०२४ को स्प्रिङ(अप्रिल–मे)मा सगरमाथासमेत आरोहण गर्न लागेकी छिरिङलाई आरोहणको शुभकामना पनि दिएका थिए । ‘राष्ट्रपतिज्यूले एक महिलाले पाएको यो उपलब्धि देशकै लागि गर्वको…
26
Feb
काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट सङ्घ (क्यान) राष्ट्रिय टिमका खेलाडीको २०२४ को सेन्ट्रल कनट्र्याक्ट अनुमोदन गरेको छ । फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय समितिको बैठकले पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कनट्र्याक्ट अनुमोदन गरेको हो । क्यानको सेन्ट्रल कनट्र्याक्ट अनुसार पुरुष खेलाडीहरूले ग्रेड ए मा एक लाख, बी मा ७० हजार, सी मा ५५ हजार, डी मा ३५ हजार र इमार्जिंग क्याटोगरीमा ३५ हजार मासिक पारिश्रमिक उपलब्ध गराउने भएको छ । त्यसै गरी महिला क्रिकेटरहरूले ग्रेड ए मा ५० हजार, बी मा ३५ हजार, सी मा ३० हजार, डी मा २५ हजार र इमार्जिंग क्याटोगरिमा…
26
Feb
किभ, १४ फागुन । रुससँगको जारी युद्धमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्याङ्क सार्वजनिक भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको बताएका हुन । तर, उनले रुसी सैन्य योजनालाई मद्दत गर्ने भएकाले घाइतेको सङ्ख्या भने सार्वजनिक नगर्ने जनाएका छन् । सामान्यतया, युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेवाकर्मीहरूको सङ्ख्या सार्वजनिक गर्दैन थिए तर रुससँगको युद्ध सुरु भएको दुई वर्ष पुगेको अवसरमा उनले यो सङ्ख्या सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। युक्रेनका रक्षा मन्त्री रुस्तम उमरोभले युक्रेनका लागि सबै पश्चिमी सहायतामा ढिलाइ भएको र युद्ध ग्रस्त क्षेत्रको खर्च गर्न नपाए पछि ज्यान…
26
Feb
छत्तिसगढ, १४ फागुन । भारतको निर्वाचन आयोगले पनि २०२४ को लोकसभा चुनावको तयारी गरिरहेको छ । निर्वाचन आयोगका टोलीहरूले प्रत्येक राज्यमा चुनावी तयारीको जानकारी लिइरहेका छन् र चुनावको मिति छिट्टै घोषणा हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस्तो अवस्थामा हामी २०१४ को लोकसभा चुनावसँग सम्बन्धित एउटा घटना सुनाउँदै छौँ, जब छत्तीसगढको महासमुन्द सिटबाट एउटै नामका ११ जना उम्मेदवारले चुनाव लडेका थिए । यस सिटलाई लिएर पहिले भाजपा र त्यसपछि काँग्रेसले धेरै हङ्गामा गरेको थियो। छत्तीसगढको महासमुन्द सिटमा काँग्रेसले अजित जोगीलाई उम्मेदवार बनाएको थियो। भाजपाले चन्दुलाल साहुलाई टिकट दिएको थियो । तर, पछि सोही सिटबाट थप १० स्वतन्त्र उम्मेदवारले उम्मेदवारी…
25
Feb
काठमाडौँ, १३ फागुन । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नामिबिया र नेदरल्याण्डससँग मङ्गलवारदेखि हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ । क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो । हालै एक दिवसीय टिममा कम ब्याक गरेका अनिल शाहले टी-२० टिममा पनि कम ब्याक गरेका छन् । त्यस्तै नेपाल ए टिमका कप्तान विनोद भण्डारी, नेपाल ए टिममा रहेका रसिद खान, सन्दीप जोरालाई टिममा समावेश गरिएको छ । नेपाली टीम: रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक…
25
Feb
काठमाडौँ, १३ फागुन । एसीसी पुरुष प्रिमियर कपको खेल तालिका सार्वजनिक गरिएको छ । ओमानमा आगामी अप्रिल १२ देखि अप्रिल २१ सम्म हुने एसीसी प्रिमियर कप मा १० देशले भाग लिँदै छन् । जसमा समूह ए मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । त्यसै गरी समूह बी मा युएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् । एसीसी प्रिमियर कपमा कम्बोडिया र साउदी अरेबिया एसीसी मेन्स च्यालेन्जर्स कपबाट छनौट भएर आएका हुन् भने अन्य ८ देश आइसिसी टी-२० वरीयताका आधारमा प्रिमियर कप खेल्ने भएका हुन् । समूह ए मा रहेको नेपालले पहिलो खेल अप्रिल १२…
25
Feb
काठमाडौँ, १३ फागुन । सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आजदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ । यसले पहिलो पटक बुक बिल्डिङमार्फत २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरिसकेको र बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ मार्फत निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ मूल्यमा आइपिओ जारी गरेको हो ।कम्पनीको सेयर निष्कासन…
25
Feb
काठमाडौँ, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारीसहित विभिन्न घटनामा प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला दोषी देखाइएको छानबिन आयोगको प्रतिवेदन, मन्त्री ज्वालाको बर्खास्तकी लगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने भन्दै उठेर विरोध गर्यो । प्रतिपक्षी दल एमालेका सांसद उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले यसबारे सदनको ध्यानाकर्षण भएको र यसबारे सरकारलाई रुलिङ भइसकेको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे । त्यसपछि एमालेका सांसद आ–आफ्नो स्थानमा बसेपछि बैठक चलिरहेको छ । …