27
Feb
काठमाडौँ, १५ फागुन । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सतिशकुमार देवलाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. देवलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो। डा. देव करिब एक वर्षअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष नियुक्त भएका थिए। उनको नियुक्ति बदरको माग गर्दै राष्ट्रिय युवा सङ्घका उपाध्यक्ष अनिल काफ्लेले उच्च अदालत पाटन हेटौँडा इजलासमा रिट निवेदन दर्ता गरेका थिए। त्यसपछि देवले नैतिकताका आधारमा राजीनामा दिएका थिए। चिकित्सा अध्ययन संस्थानको सह-प्राध्यापक हुँदा गलत प्रतिवेदन पेस गरी भ्रष्टाचार गरेको अभियोगमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दासमेत दायर गरेको थियो। उनी यसअघि…