19
Feb
काठमाडौँ, ७ फागुन । डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन्। स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन्। उनले ६३ बर्सिया कुमारी भाटको सिउँदो भरेका छन्। उक्त दम्पतीका तीन छोरी र एक छोरा छन्। भाटको माइती सुर्खेत हो। धेरै पहिले खड्का र भाटले लामो प्रेम सम्बन्ध सँगै बिताए। उनीहरूबाट सन्तानसमेत भए। श्रीमतीको रूपमा घर भित्र्याएकी भाटको खड्काले सिउँदो भने भरेका थिएनन्। जोरायल-५ गड्सेरास्थित ज्यूनेबस्ता स्थित वैयाल परिवारले सप्ताह महायज्ञको आयोजना गरेको छ। सोही समारोहमा उक्त दम्पती वैवाहिक सूत्रमा बाँधिएको सप्ताह आयोजक समितिका सदस्यसमेत रहेका मुकुन्द भण्डारीले बताए। खड्काका सखा ८१…
19
Feb
पर्सा, ७ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाको क्षेत्रमा अनिश्चित कालीन कर्फ्यु आदेश जारी गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबिच विवाद र झडप भएको विषयलाई लिएर वीरगन्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फूयू जारी गरेको हो । सोमबार अपराह्न प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार बेलुकी ५ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरिएको जानकारी गराएका छन् । उनका अनुसार पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र)मा लागू हुने गरी कर्फ्यु जारी…
19
Feb
काठमाडौँ, ७ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरुरी रहेको बताएका छन् । सोमबार दिउँसो समाजवादी मोर्चासम्वद्ध समाजवादी मञ्चले आयोजना गरेको शैक्षिक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले बौद्धिक पलायनलाई रोक्न विश्व बजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने कार्यभारलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘‘आजको हाम्रो प्रमुख बहस भयावह रूपमा देखा परेको बौद्धिक पलायनलाई रोक्न विश्व बजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्नु हो। त्यसका निम्ति आम नागरिकमा ‘‘देशभित्रै सम्भव छ’’ भन्ने सकारात्मक भाष्य निर्माण गर्न आवश्यक छ। गुणस्तरीय, प्रतिस्पर्धी, नवप्रवर्तनमुखी…
19
Feb
काठमाडौँ, ७ फागुन । । नेपाली काँग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट महासमिति बैठक सुरु भएको हो । महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गर्ने साङ्गठनिक प्रतिवेदनमा समेटिएको गठबन्धनको विषयलाई लिएर सभापति शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् । महामन्त्री थापाले तयार पारेको साङ्गठनिक प्रतिवेदनमा समेटिएको चुनावअघि गठबन्धन नगर्ने शब्द हटाउने प्रयास गरिरहेका सभापति देउवाले बैठकको उद्घाटन सत्रमै यसबारे धारणा राखेर आफ्नो असहमति देखाइसकेका छन् । बैठक सुरु हुनुअघि सोमबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा सभापति देउवाले महामन्त्री थापासँग चुनावअघि गठबन्धन नगर्ने शब्द हटाउन आग्रह गरेका थिए । तर, महामन्त्री थापाले मानेनन् । फेरि छलफल गर्ने गरी…
19
Feb
द ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स अर्थात् बाफ्टा फिल्म अवार्ड लन्डनमा आयोजना गरिएको थियो । यी अवार्डहरू निकै प्रतिष्ठित अवार्ड मानिन्छन्। ब्रिटिस र अन्तर्राष्ट्रिय सिनेमाका उत्कृष्ट फिल्महरू सहित विभिन्न विधामा कलाकारहरूलाई सम्मान गरिन्छ। यस पटकको बाफ्टा अवार्डमा क्रिस्टोफर नोलनको एटम बमको निर्माणको बारेमा बनेको महाकाव्य फिल्म ‘ओपेनहाइमर’ ले हलचल मच्चाएको छ । फिल्मले कुल सात अवार्ड जितेको थियो । 'ओपेनहाइमरू ले १ बिलियन डलर भन्दा बढी कमाएको छ, यो फिल्मले गोल्डेन ग्लोब्स र क्रिटिक्स च्वाइस अवार्डहरूमा पहिले नै ठुलो जित हासिल गरिसकेको छ, र अब ओस्करको लागि अग्र पङ्क्तिमा छ। हामी यहाँ थाहा दिनेछौँ कि बाफ्टा फिल्म अवार्ड…
19
Feb
काठमाडौँ, ७ फागुन । आजबाट नेपाली काँग्रेसको महासमिति बैठक सुरु हुदैँछ । गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरु हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरु हुनेछ । सो महासमिति बैठकको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् । आजबाट सुरु हुने महासमिति बैठकमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यसहित १ हजार ७ सय ८० महासमिति सदस्य, नेपाली जनसम्पर्क समितिका ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूको उपस्थिति रहने छ । प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार गत फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भई…