18
Feb
काठमाडौँ, ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्व सचिवसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए । प्रवक्ता घिमिरेका अनुसार मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. सञ्जय शर्मा, भीम प्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुर, समितिका कार्यकारी निर्देशकसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । प्रतिवादीहरूबाट ४ देखि ८९ करोड रुपैंयासम्म अख्तियारले माग दाबी गरेको छ । प्रवक्ता घिमिरेका अनुसार तत्कालीन सचिव भीम प्रसाद उपाध्यायलाई ४…