health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, ६ फागुन । पर्सा जिल्लाबाट तस्करी तीव्र हुने गरेको पाइएको छ। बारा प्रहरीले पर्साबाट छुटेका तीन करोड बढी सामान बोकेका तीन वटा ट्रक नियन्त्रणमा लिएको हो। प्रहरी प्रमुख सरुवाको मौकामा पर्सामा तस्करीमाथि कारबाही शून्य पार्दा तस्करी बढेको हो। पर्साबाट छुटेका ट्रक बारा प्रहरीले अमलेखगन्ज र पथलैया चोकबाट नियन्त्रणमा लिएको हो।
पर्सामा हालै प्रहरी प्रमुख एसपीको सरुवा भएको छ। एसपी कोमल शाहको सरुवा भएर नयाँ एसपी कुमोध ढुङ्गेलको पर्सामा पोस्टिङ भएको छ। शाह शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बडीगार्ड थिए। उनकै आशीर्वादका कारण एसपी बढुवा हुनेवित्तिकै उनले पर्सा जिल्ला पोस्टिङ गराएका थिए। उनी रहुन्जेल तस्करीमाथि पर्सा प्रहरीले खासै कारबाही नगरेको जिल्लास्थित स्रोतहरू बताउँछन्।
प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्ज चोकबाट दुई वटा र पथलैया चोकबाट एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको हो। प्रहरीले शुक्रवार राति ११ बजे ना७ख १६५२ नम्बरको ट्रक र ना८ख ४१६५ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो।
ट्रकमा चाबीमा प्रयोग हुने प्याड लक र कस्मेटिक सामान थिए। एउटा ट्रकमा दुई करोड ५० लाख ६३ हजार १२२ रुपैयाँ र अर्को ट्रकमा ३३ लाख २६ हजार ८६७ रुपैयाँ बराबरको सामान भेटिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।
ती ट्रकलाई रोकेर चेकजाँच गर्दा बिल बिजकभन्दा बढीको सामान फेला परेको थियो। यस्तै, प्रहरीले बिहीबार पथलैया चोकबाट अर्को ट्रक नियन्त्रणमा लिएको छ। वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना८ख ७२४४ नम्बरको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो।
राति करिब १२ बजे प्रहरीले करिब ७७ लाख ६ हजार २६४ रुपैयाँ बराबरको खुद्रा सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो। ट्रकमा बिल बिजकभन्दा बढी स्रोत नखुलेको सामान फेला परेको न्यौपानेले बताए । तीन वटै ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।