14
Feb
काठमाडौँ, २ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको हो। यस क्रममा विभागले लामिछाने र राईको बैङ्किङ खाताको विवरण मागेको छ। माघ ८ गते नेपाल बैङ्कसहित अन्य १९ वटा बैङ्कलाई लामिछाने र राईको विवरण मागेको छ। चिठीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैङ्क खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैङ्क मौज्दात पठाइदिन अनुरोध गरिएको छ। राई सूर्यदर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार छन्। नेपाल प्रहरीले उन विरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ। लामिछाने राईका व्यापारिक साझेदार हुन्।…