Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
February 1, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: February 1, 2024

अरुण चौधरीलाई चार दिन थुनामा राख्न दिइयो अनुमति

अरुण चौधरीलाई चार दिन थुनामा राख्न दिइयो अनुमति

काठमाडौं, १८ माघ । काठमाडौँ जिल्ला अदालतले व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरी चाँदबाग विद्यालयका नाममा सारेको अभियोगमा बिहीबार प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो। उक्त प्रकरणको अनुसन्धानका लागि अदालतले केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)लाई चार दिन थुनामा राख्न अनुमति दिएको हो।
Read More
पुलिस क्लब पीएम कपमा अपराजित, फाइनलमा आर्मीसँग खेल्ने

पुलिस क्लब पीएम कपमा अपराजित, फाइनलमा आर्मीसँग खेल्ने

काठमाडौँ, १८ माघ । नेपाल पुलिस अपराजित रहँदै पीएम कपको फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले पराजित गरेपछि प्रतियोगितामा अपराजित हुँदै फाइनल खेल्ने भएको हो । नेपाल पुलिस क्लबले दिएको १९९ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले ३७.१ ओभरमा अलआउट हुँदै १२० रन बनाएको थियो । यस अघि पुलिस क्लबले पहिला ब्याटिङ गर्दै ४७.५ ओभरमा अल आउट भएर १९८ रन बनाएको थियो । मौसम खराब भएपछि यो खेल ४९-४९ ओभर खेलाइएको थियो । योजितसँगै पुलिस क्लबले प्रतियोगितामा आफ्ना सबै ९ खेलमा जित हासिल गर्दै १८ अङ्क हासिल गरेको छ । अब पुलिसले…
Read More
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौँ, १८ माघ । सरकारले राष्ट्रिय योजना आयोग लगायतका निकायमा रिक्त पदमा पदपूर्ति गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।  नेपाल वायुसेवा निगमको उपाध्यक्षमा सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको बैठकले नरदेवी आयुर्वेदिक चिकित्सालय विकास समिति सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौँ निवासी डा. सहारा श्रेष्ठलाई मनोनयन गरिएको मन्त्री शर्माले जानकारी दिइन् । उनका अनुसार बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री संयोजक रहेको…
Read More
नेपाल आयल निगम: डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

नेपाल आयल निगम: डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

काठमाडौँ, १८ माघ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधवार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।  निगमले बिहीबार (माघ १८ गते) राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।  पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँका दरले भाउ बढाएको हो । पहिलो वर्गलाई पेट्रोलको भाउ प्रतिलिटर १६७.५० रुपैयाँ, दोस्रोलाई १६९ पैसा र तेस्रो वर्गलाई १७० रुपैयाँ पर्न जानेछ । त्यसै गरी, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर पहिलो वर्गलाई १५५.५० रुपैयाँ, दोस्रोलाई १५७ रुपैयाँ र तेस्रोलाई १५८ रुपैयाँ पर्न जान्छ…
Read More