30
Jan
काठमाडौँ, १६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले थाहा पाउने गरी लोकतन्त्रलाई अघि बढाउन नसके लोकतन्त्र नै खतरामा पर्ने बताएका छन्। मङ्गलवार काठमाडौँमा ‘संसद्मा केपी शर्मा ओली’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै ओलीले जनतामा असन्तुष्टि पैदा भयो भने कुनै पनि व्यवस्था नटिक्ने बताए। ‘असन्तुष्टि बढ्दै गएर आक्रोश बन्छ, असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन’, उनले भने। ओलीले देश भावनाले चल्ने विषय नभएको प्रस्ट पार्नभयो । ‘देश भावनामा बग्न थाल्यो भने अनर्थ बाहेक केही हुँदैन, देश भावनाले चल्दैन, सही नीति र व्यवहारले मात्र देश चल्छ’, ओलीले भने। माओवादीले जनताको असन्तुष्टिमा टेकेर हतियार उठाई अनेक प्रकारका बेठिक काम गरेको उनले…