Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
देश अर्थतन्त्र मन्दीबाट चल्दै गर्दा चौधरी ग्रुपले सरकारलाई तिर्‍यो ७० अर्ब रुपैयाँ कर - Gyaan Ghar

Gyaan Ghar

Advertisement

देश अर्थतन्त्र मन्दीबाट चल्दै गर्दा चौधरी ग्रुपले सरकारलाई तिर्‍यो ७० अर्ब रुपैयाँ कर

काठमाडौँ, १६ माघ । आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र नाजुक अवस्थामा रहेका बेला चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान दिएको छ ।  गएका पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ६७ करोड, २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड र २०७९/८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।

अर्थतन्त्रमा आएको सङ्कुचनका कारण सरकारले लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकिरहेको छैन । राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यावसायिक कारोबारमा परेको असरका कारण अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चौधरी ग्रुपको राजश्व योगदानमा केही कहीँ आएको छ । उक्त आर्थिक वर्षमा ग्रुपले १७ अर्ब ७२ करोड रुपैयाँ कर तिरेको थियो । सीजीले आर्थिक वर्ष २०७९/०८० मा सरकारलाई १६ अर्ब १४ करोड रुपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजश्वमा १ दशमलव ८७ प्रतिशतको योगदान हो । चौधरी ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको ग्रुपले जनाएको छ । 

देशको समग्र अर्थतन्त्र मन्दीबाट गुज्रिरहँदा र सरकारको कुल राजश्व सङ्कुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको वरुण चौधरीको भनाइ छ । राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा सन्तोष लागेको उनले बताए । 

नेपालमा द्रुत गतिमा लगानी विस्तार गरिरहेको बताउँदै उनले त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । सिजी ग्रुपले नेपालमा लगानीको वातावरणमा सुधार गरी लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजश्वको दायरा फराकिलो बनाउँदै लैजान सम्भव हुने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने र यस्तो सोचबाट राजश्वको अपेक्षित वृद्धिदर हासिल भई हाम्रा राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्न सम्भव हुनेमा जोड दिएको छ । 
सिजी ग्रुपले नेपाललाई मुख्य प्राथमिकतामा राखेर लगानी विस्तार गरिरहेको जनाएको छ । खाद्य एवं पेय पदार्थ, हस्पिटालिटी, वित्तीय क्षेत्र, अटोमोबाइल्स, शिक्षा, पूर्वाधार एवं न्यु टेक्नोलोजीसम्ममा तीव्र गतिमा लगानी विस्तार गरिरहेको ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए । 

‘नेपालको समग्र अर्थतन्त्रमा हामी प्रभावकारी योगदान पुर्‍याउन चाहन्छौँ’, उनले भने, ‘हाम्रो ग्रुप एक सय ५० वर्षदेखि नेपालको अर्थतन्त्रको विकासमा सक्रिय छ र हामी नेपालका सातै प्रदेशहरूमा लगानी विस्तार गरिरहेका छौँ । यसबाट देशको समावेशी विकासमा योगदान पुग्ने विश्वास छ ।’

नेपालमा व्यावसायिक ग्रुपहरूले सरकारको राजश्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजश्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ ।

करदाताको रूपमा व्यवसायमार्फत भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन । यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिँदै आएको ग्रुपको भनाइ छ ।

यो दुबिधालाई अन्त्य गर्न र आफूmले राजश्वमा गरेको योगदानलाई आम जनमानसका बिच सार्वजनिक जानकारीमा ल्याउन जिम्मेवार व्यावसायिक ग्रुपको सामाजिक उत्तरदायित्वका हिसाबले चौधरी ग्रुपले प्रत्येक वर्ष पारदर्शिताका साथ यो विवरण प्रकाशित गर्ने गर्दछ’, ग्रुपले भनेको छ ।

साथै, व्यावसायिक ग्रुपहरूबाट राष्ट्रिय अर्थतन्त्रमा पु¥याइएको योगदानको वास्तविक तथ्य आम जनमानससमक्ष राख्न सरकारी स्तरबाटै व्यावसायिक ग्रुपहरूले तिरेको करको गणना गर्ने र सार्वजनिक गर्ने व्यवस्था मिलाउन पनि ग्रुपले सरकारको ध्यानाकर्षण गराएको छ । 

यसैबिच विनोद चौधरीका विषयमा बाह्य जगत्मा यसरी चर्चा हुँदै आएको छ :

– विनोद चौधरी सिजी कर्प ग्लोबलका अध्यक्ष र नेपालका एक मात्र डलर अरबपति हुन् । 
– उनको सबैभन्दा ठुलो आम्दानीको स्रोत नेपालको नबिल बैङ्क, होटेल र सिजी फुडअन्तर्गतको लोकप्रिय चाउचाउ वाइवाइ हो ।
– वाइवाइको कारखाना भारत, सर्विया र बङ्गलादेशमा पनि छ । इजिप्टमा निर्माणाधीन छ ।

– उनको सिजी होटेलले भारतको चर्चित ब्रान्ड ताजको चेनका साथै विश्वभरका १४३ विलासी होटेलको नेतृत्व र व्यवस्थापन सम्हाल्छ ।

– उनका छोरा निर्वाण नेपालबाट व्यवसाय सम्हाल्छन् । राहुल र वरुण नेपाल बाहिरबाट विनोदलाई सघाउँछन् ।  

विश्वविख्यात अमेरिकी म्यागेजिन फोब्र्सले सन् २०२३ को संस्करणमा विनोद चौधरीबारे लेखेको ‘इन्ट्रो’ हो यो ।

बुबाले सुरु गरेको व्यवसायलाई विस्तार गरेर विश्वका धनाढ्यको सूचीमा पर्ने चौधरी एक्ला नेपाली हुन् । उद्योग व्यवसायबाट आफ्नो नाम उचाइमा पु¥याउने पनि सम्भवतः चौधरी पहिलो नेपाली हुन् । उनको चर्चित वाइवाइदेखि सेवामूलक उद्योगका साथै सयौँ उद्योग व्यवसायमा लगानी छ, जसले उनलाई अरबपति बनाएको छ । केही उद्योगमा भने सिजी ग्रुपले अझै मिहिनेत गर्नुपर्ने खाँचो देखिएको छ ।

२०७८ साल जेठमा सेवा सुरु गरिएको सिजी नेटको विस्तार अन्य कम्पनीसँग प्रतिस्पर्धा चलिरहेको छ । ठुलो व्यावसायिक घरानाले चलाउँदासमेत साढे दुई वर्षमा सिजी नेट काठमाडौँ उपत्यका र बाहिरका सीमित सहरबाट टाढा पुग्न सकेको छैन । सिजी नेट काठमाडौँ उपत्यकाका तीनसहित देशभरका १९ वटा सहरमा मात्रै हाल उपलब्ध छ । आम उपभोक्ताको विश्वास जितेको सिजी नेटको माग देशभरिबाट भइरहेको छ ।

यस्तै, पाल्पा र नवलपरासीमा सिजी सिमेन्टका उद्योग छन् । पाल्पाको चाहिँ नेपालको ठुलो सिमेन्ट उद्योगमध्ये एक हो । यसको वार्षिक उत्पादन क्षमता १५ लाख टन छ । उद्योगले वर्षमा १३ लाख टन कङ्क्रिट उत्पादन गर्न सक्छ ।

सिजी सिमेन्टले श्रीलङ्कामा उद्योग खोल्ने तयारीसमेत गरेको छ । दुई ठाउँ उद्योग र नेपालको नम्बर एक व्यावसायिक घराना भए पनि सिजी सिमेन्टको बजार भने एक नम्बरमा छैन । गत वर्ष भदौदेखि सिजी सिमेन्ट भारतीय बजारमा निर्यात हुन थालेको छ । यद्यपि सीजीले भारतको चर्चित अदानी ग्रुपसँग सिमेन्ट व्यापारका लागि रणनीतिक साझेदारी गरेको छ । यसले नेपालका साथै भारतीय बजारमा सिजी सिमेन्टको उपस्थिति बढाउने अपेक्षा गरिएको छ ।

यस्तै, २०७५ पुस १३ गते १ करोड चुक्ता पुँजीसहित नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी सेवा प्रदायकका रूपमा सिजी पेले अनुमति पाएको थियो । त्यसको एक वर्षअघि मात्रै खुलेका आईएमई पे, ई–सेवाजस्ता भुक्तानी प्रदायकको दबदबालाई सिजी पे–ले चुनौती दिँदै गएको छ । 

सिजी ग्रुपका थुप्रै कम्पनीले विश्व बजार तताएका छन् । सिजी कर्प ग्लोबलअन्तर्गत २०२ कम्पनीका २६१ भन्दा बढी ब्रान्ड बजारमा छन् । सिजी कर्प ग्लोबलका कार्यालय नेपालका साथै विश्व अर्थतन्त्रका बलिया देश भारत, चीन, अमेरिका, सिंगापुर, युएईजस्ता देशमा फैलिएका छन् । चौधरीको अध्यक्षतामा चलेको सिजी फुड्स विश्वभर पुगेको छ । वाइवाइ नेपालको नम्बर १ नुडल्स ब्रान्ड हो । भारतमा तेस्रो धेरै बिक्री हुने नुडल्समा वाइवाई पर्छ । ४० भन्दा बढी देशमा वाइवाई वार्षिक दुई अर्ब ८० करोडभन्दा बढी प्याकेट बिक्री हुन्छ । सिजी फुड्सले भारतका सात स्थानबाट उत्पादन तथा बिक्री–वितरण गर्छ । सिजी फुड्सको सर्बिया, काजकिस्तान, बङ्गलादेश, इजिप्टलगायत देशमा प्लान्ट नै छन् । सिजी फुड्समार्फत वाइवाई मात्रै २० भन्दा बढी स्वादमा उत्पादन भइरहेको छ ।

सिजी वेभरेजका विभिन्न उत्पादन पनि नेपाली बजारमा लोकप्रिय छन् । सिजी ब्रुअरीका नेपाल आइस, मुस्ताङजस्ता बियर नेपाली बजारमा निकै रुचाइएका छन् । सिजी हस्पिटालिटीले विश्वभर १४० ‘लक्जरी’ होटेलको नेतृत्व र व्यवस्थापन गर्छ ।

वित्त कम्पनीतर्फ सीजीको मुख्य लगानी रहेको नबिल बैङ्क नेपालमा सबै सूचकाङ्कका हिसाबले अब्बल मानिन्छ । नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेड पनि वित्तीय सूचकमा बलियो छ । नबिल बैङ्कको ‘सब्सिडरी’ कम्पनीका रूपमा भर्खरै नबिल सेक्युरिटिजले काम सुरु गरेको छ । 

सिजी इन्फ्रा, सिजी डेभलपर्स, सिजी प्याकेजिङअन्तर्गतका विभिन्न उत्पादन चलेका छन् । सिजी इलेक्ट्रोनिक्स मातहतका एलजी, सिजी, बेको, सनसाइ, गोदरेज एप्लाइन्सेस, टीसीएललगायत सामग्री नेपालमा रुचाइएका ब्रान्ड हुन् । सिजी एजुकेसनअन्तर्गतका निनोस प्रि स्कुल, चाँदबाग स्कुल, दिल्ली पब्लिक स्कुल र क्याम्पियन स्कुल तथा कलेज नेपालका अब्बल शिक्षण संस्थामा पर्छन् ।

हाउजिङमा समेत सिजी ब्रान्ड लोकप्रिय छ । पछिल्लो समय छोटो समयमै सिजी मोटर्सले बिक्री गर्दै आइरहेको नेटा विद्युतीय गाडीले पनि नेपालमा राम्रो बजार लिएको छ ।

सिजी ग्रुपले गरेको चौतर्फी लगानीबाट स्वदेशी सामान ढुक्कसँग प्रयोग गर्न पाएकोमा उपभोक्ताहरू ढुक्क छन् । उनीहरूले सिजी ग्रुपले आगामी दिनमा आफ्ना उत्पादनहरूलाई झनै बढाउँदै लैजानुपर्नेमा जोड दिएका छन्
 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...