17
Jan
काठमाडौँ, ३ माघ । जारी एसियन कप फुटबलमा चीन र लेबनान बराबरीमा रोकिएका छन् । समूह ए अन्तर्गतको बुधवार सम्पन्न खेलमा चीन र लेबनान गोलरहित बराबरीमा रोकिएका हुन् । यो यस प्रतियोगितामा चीनको दोस्रो बराबरी हो । यस अघि पहिलो खेलमा पनि चीन ताजकिस्तानसँग गोलरहित बराबरीमा रोकिएको थियो । यो बराबरीपछि चीनको २ खेलमा २ अङ्क भएको छ र समूहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै पहिलो खेलमा आयोजक कतारसँग हार बेहोरेको लेबनानको भने २ खेलमा एक अङ्क भएको छ र समूहमा पुछारमा रहेको छ । अब समूह चरणको अन्तिम खेलमा चीनले आगामी सोमबार आयोजक कतारको सामना गर्ने छ भने लेबनानले…