14
Jan
धनगढी, २९ पुस । राष्ट्रिय सभा निर्वाचन लागि सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिले आफ्नो कार्य थालनी गरेको छ। आइतबार नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा राष्ट्रिय सभा निर्वाचन सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक एवं नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको बैठकले सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन जिल्ला स्तरीय सत्ता गठबन्धन दलहरूलाई जिल्ला समन्वय समिति चाँडो गठन गर्न निर्णय गरेको छ। त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि मतदातालाई मिति २०८० माघ ९ गतेभित्र कैलाली आइपुग्न निर्देशन दिने निर्णय गरिएको खडकाले बताए। बैठकमा समन्वय समितिका सदस्यहरू नेकपा माओवादी केन्द्रका जनक…