health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, २९ पुस । सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आह्वान गरेका छन् । आइतबार बिहान बसेको गठबन्धनको बैठकले १९ जना साझा उम्मेदवारको नाम सार्वजनिक गर्दै मतदान गर्न आह्वान गरेको हो ।
‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौँ । देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो । देशको उन्नतिका लागि राजनीतिक स्थिरता पूर्व सर्त हो । लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र समृद्धिका लागि प्रतिबद्ध छौँ र सदैव निष्ठापूर्वक क्रियाशील रहने प्रतिज्ञा गर्दछौँ,’ साझा अपिलमा नेताहरूले भनेका छन्, ‘राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुँदै छ । निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन्। राष्ट्रियसभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्दछन् । यो निर्वाचन गठबन्धनलाई अझ सङ्गठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो । तसर्थ गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक छ । हामी सम्पूर्ण मतदातालाई राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका देहाय बमोजिमका साझा उम्मेदवारलाई मतदान गरी अत्यधिक मतले विजय गराउन हार्दिक अपिल गर्दछौँ ।’
नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले साझा अपिल जारी गर्दै गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका हुन् ।
आगामी ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदै छ । सोही निर्वाचनका लागि गठबन्धनको यी हुन् १९ उम्मेदवार :
१. कृष्ण प्रसाद सिटौला, नेपाली काँग्रेस
२. चम्पादेवी कार्की, माओवादी केन्द्र
३. आनन्द प्रसाद ढुङ्गाना, नेपाली काँग्रेस
४. पूजा चौधरी, जसपा
५. विष्णुदेवी पुडासैनी, नेपाली काँग्रेस
६. जीतजंग बस्नेत, नेपाली काँग्रेस
७. कृष्णप्रसाद अधिकारी, माओवादी केन्द्र
८. घनश्याम रिजाल, एकीकृत समाजवादी
९. मनरुपा शर्मा, माओवादी केन्द्र
१०. किरणबाबु श्रेष्ठ, नेपाली काँग्रेस
११. पदम बहादुर परियार, नेपाली काँग्रेस
१२. विष्णु कुमारी सापकोटा, नेपाली काँग्रेस
१३. झक्कु प्रसाद सुवेदी, माओवादी केन्द्र
१४. कृष्ण बहादुर रोकाया, नेपाली काँग्रेस
१५. सावित्री मल्ल, एकीकृत समाजवादी
१६. विष्णुबहादुर विश्वकर्मा, माओवादी केन्द्र
१७. रेणु चन्द, माओवादी केन्द्र
१८. बलदेव बोहरा, नेपाली काँग्रेस
१९. नारायणदत्त भट्ट, नेपाली काँग्रेस