Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
January 1, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: January 1, 2024

इजरायल माथि आक्रमण गरिरहने हिजबुल्लाहको चेतावनी

इजरायल माथि आक्रमण गरिरहने हिजबुल्लाहको चेतावनी

गाजा, १६ पुस । इरान समर्थित अतिवादी समूह हिजबुल्लाहले इजरायललाई चेतावनी दिएको छ । हिजबुल्लाह एक वरिष्ठ नेता नइम कासिमलेले इजरायलको उत्तरी सिमानामा गाजामा युद्ध नरोक्दासम्म लडाइँ जारी रहने बताएका छन्।   विस्थापित इजरायली बासिन्दाहरूलाई फर्काउन र सीमा क्षेत्रबाट हिजबुल्लाहलाई धकेल्न मद्दत गर्न इजरायलले प्रस्तावहरू अगाडि बढाएको र विकल्पहरू देखाउने प्रयास गरिरहेको उनले बताए।   ‘इजरायल आफ्नो विकल्प थोपर्ने स्थितिमा छैन,’ कासिमले एक भाषणमा इजरायललाई चेतावनी दिँदै भने, ‘लेबनानको युद्ध रोक्नको लागि पहिले गाजा युद्ध रोक्नु पर्छ।’   ‘लेबनानमा नागरिकहरूमाथि लगातार बमवारि गर्नुको अर्थ इजरायली आक्रमणको प्रतिक्रिया बलियो र जवाफी हुनेछ,’ कासिमले भने ।
Read More
ल्होसार संसारकै सबैभन्दा पुरानो पर्व हो: प्रधानमन्त्री

ल्होसार संसारकै सबैभन्दा पुरानो पर्व हो: प्रधानमन्त्री

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु (गुरुङ) समुदायको महत्त्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन् । तमु ल्होसार २०८० को अवसरमा काडमाडौंको खुल्लामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।   उनले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिँदै नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएकोसमेत औँल्याए ।   प्रधानमन्त्री प्रचण्डले नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको बताए । नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको…
Read More
गठबन्धनमा भएको सहमति पूरा नभएसम्म प्रचण्ड नै प्रधानमन्त्री, यी हुन् कांग्रेसका निर्णयहरु

गठबन्धनमा भएको सहमति पूरा नभएसम्म प्रचण्ड नै प्रधानमन्त्री, यी हुन् कांग्रेसका निर्णयहरु

काठमाडौं, १५ पुस । सत्तासाझेदार दल नेपाली कांग्रेसले गठबन्धनमा भएको सहमति पूरा नभएसम्म पुष्पकमल दाहाल प्रचण्ड’ नै प्रधानमन्त्री हुने जनाएको छ । केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले गठबन्धन नभत्किएसम्म र गठबन्धनमा भएको सहमति पूरा नभएसम्म प्रचण्ड नै प्रधानमन्त्री हुने बताएका हुन् । १२–१४ पुसमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकको निर्णयहरु : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२ देखि १४ गतेसम्म (१)     समसामयिक विषयः नेपाल एक बहुजातीय, बहुधार्मिक, बहुभाषिक एवं बहुसाँस्कृतिक मुलूक हो । नेपाली जनताले पटक–पटक गरेको क्रान्ति, संघर्ष र आन्दोलनका बलमा पटक–पटक समय सापेक्ष राजनैतिक तथा सामाजिक परिवर्तनहरू…
Read More
इजरायली हमलामा प्यालेस्टाइनका पूर्व मन्त्री मारिए

इजरायली हमलामा प्यालेस्टाइनका पूर्व मन्त्री मारिए

गाजा, १६ पुस । इजरायली हमलामा प्यालेस्टाइनका एक पूर्व मन्त्री मारिएका छन् ।   प्यालेस्टाइनी अथोरिटीका एक पूर्व मन्त्री आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन ।   हमासको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टिनी प्राधिकरणका ६८ वर्षीय पूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा भएको आक्रमणमा मारिएका हुन ।   प्यालेस्टाइनी न्युज एजेन्सी वाफाका अनुसार प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमुद अब्बासको पार्टी फताहको नजिकका नेता हुन । पूर्व मन्त्री सलमाले फेब्रुअरी २००५ देखि मार्च २००६ सम्म मन्त्रीको रूपमा काम गरेका थिए । उनी जेरुसेलमको पुरानो सहरको अल–अक्सा मस्जिदमा प्रचारकको रूपमा पनि सेवा गरेका…
Read More
आजको मौसम: हिमाली भू भागमा हिमपात, तराइमा हुस्सु र कुहिरो

आजको मौसम: हिमाली भू भागमा हिमपात, तराइमा हुस्सु र कुहिरो

काठमाडौँ, १६ पुस । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।   दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही र बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।   राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशको…
Read More