Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
December 13, 2023 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: December 13, 2023

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजा, २७  मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ ।   गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।
Read More
दिवङ्गत असई थमन पत्नी शोभा महोत्तरी जिल्ला अदालतको शरणमा

दिवङ्गत असई थमन पत्नी शोभा महोत्तरी जिल्ला अदालतको शरणमा

  विशाल बस्नेत महोत्तरी, २७ मङ्सिर । मधेस आन्दोलनको समयमा असई थमन विकलाई लखेटी–लखेटी हत्या गरेको ९ वर्षपछि जिल्ला अदालत महोत्तरीमा सुनुवाइ प्रारम्भ भएको छ । सोमवारदेखि सुरु भएको बहसकै क्रममा मृतक विककी पत्नी शोभा  आफ्नो ११ वर्षीय छोरासँगै जिल्ला अदालतमा न्याय पाइने आशा बोकेर मङ्गलवार दिउँसो उपस्थित भइन् । यो बहस निष्कर्षमा नपुगेउन्जेल जारी रहने जिल्ला अदालत  महोत्तरीले जनाएको छ । यो अवधिमा विक  हत्याका अभियुक्तहरू जनप्रतिनिधि बनेका छन् भने २०७९ को निर्वाचनमा पनि हत्याका मुख्य योजनाकार भनिएका लक्ष्मी महतो कोइरी सङ्घीय संसद्मा निर्वाचित भए । हत्या आरोप लागेका आरोपितहरूलाई अदालतले साधारण तारेखमा छाडेको र  कानुनी छिद्रबाट निर्वाचनमा होमिएकाहरूले…
Read More
आजदेखि काठमाडौँ महानगरपालिका सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

आजदेखि काठमाडौँ महानगरपालिका सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

  काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बुधवारदेखि सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाएको छ । दुई साताअघि १२ मङ्सिरमै सार्वजनिक सूचना निकालेर २७ मङ्सिर बुधवारदेखि महानगरको ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध हुने जानकारी गराइएको थियो । बुधवारदेखि  महानगरभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण रूपमा निषेध भएको छ । कसैले अटेर गरी बिक्री वितरण गरेकोमा सुर्तीजन्य पदार्थको जफत गरी कानुनी कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।
Read More
विवादित भवन उद्‌घाटन गर्न आउने राष्ट्रपति पौडेललाई कालो झन्डा देखाउने चेतावनी

विवादित भवन उद्‌घाटन गर्न आउने राष्ट्रपति पौडेललाई कालो झन्डा देखाउने चेतावनी

भक्तपुर, २७ मङ्सिर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न शुक्रवार आउने राष्ट्रपति रामचन्द्र पौडेललाई कालो झन्डा देखाउने  चेतावनी दिइएको छ । विवादित प्रशासकीय भवन उद्घाटन गर्न आउने लागेको भन्दै स्थानीय पीडितहरूले नआउन र आएमा कालो झन्डा देखाउने तथा विरोधमा अनसन बस्ने चेतावनी दिएका हुन् । कार्यक्रममा नआउन भन्दै स्थानीयले राष्ट्रपति समक्ष ज्ञापन पत्र पनि पठाएका छन् । पीडितमध्येका एक स्थानीय जीवन ढुङ्गानाले भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई विषय अवगत गराउँदै उनीमार्फत राष्ट्रपतिसमक्ष ज्ञापन पत्र पेस गरेका छन् । अदालतबाट परमादेशसमेत जारी भइसकेको जग्गामा निर्मित अवैध संरचनाको उद्घाटन गर्न राष्ट्रपति स्वयम् आउने कुराले कानुनी राज्य र लोकतन्त्रको उपहास हुने…
Read More
नेपाल सुपर लिग फुटबलमा आज वीरगन्ज र इलामबिच प्रतिस्पर्धा

नेपाल सुपर लिग फुटबलमा आज वीरगन्ज र इलामबिच प्रतिस्पर्धा

काठमाडौँ, २७ मङ्सिर । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलामबिच प्रतिस्पर्धा हुने भएको छ। खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ। अङ्क तालिकामा वीरगन्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि छ। ४ अङ्क जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा एकमा जित तथा एकमा बराबरी र तीनमा हार व्यहोरेको छ। यस्तै, वीरगन्जले ४ खेलमा दुईमा बराबरी र दुईमा हार बेहोरेको छ। वीरगन्जको मात्र दुई अङ्क छ। प्रतियोगितामा हिजो झापा फुटबल क्लबले पहिलो जित निकालेको थियो। झापाले बुटवल लुम्बिनीलाई १–० गोलले पराजित गरेको हो।
Read More
दाङमा टिपर र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते

दाङमा टिपर र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते

बुटवल, २७ मङ्सिर ।  दाङमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा आमाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा लमही ४ निवासी ६४ वर्षीय दीपा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दाङका प्रवक्ता एवम् डिएसपी जनक बहादुर मल्लका अनुसार घोराहीबाट लमहीतर्फ जाँदै गरेको नरा १ ख २८४० नम्बरको खाली टिपर र सोही दिशातर्फ जाँदै गरेको नरा ७ प ३३३१ नम्बरको मोटरसाइकल घोराही ३ मसोट नजिकै आपसमा ठक्कर खादा मोटरसाइकलमा सवार बुढाथोकीको मृत्यु भएको हो। यसै गरी मोटरसाइकल चालक (मृतकका छोरा) २३ वर्षीय सफल बुढाथोकी घाइते भएका हुन्। घाइते सफलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार…
Read More
वेदको रचनाकार र वेद

वेदको रचनाकार र वेद

* डा.गोविन्दशरण उपाध्याय अस्य महतो भूतस्य नि:श्वसितमेतद्ऋग्वेदोयजूर्वेद: (वृ.उ. २/४/१० ऋग्वेदसहित चारै वेद महान् प्रकृतिका स्वामीको श्वासप्रश्वासबाट निस्किएका हुन् | यहाँ महतो भूतस्य शब्दलाई परमतत्व -परमात्मा वा ईश्वरका भनेर अनुवाद गर्ने चलन छ तर यसको अर्थ "महान् प्रकृति" पनि हुन्छ | स्मरणीय के छ भने मूलतः वेद एउटा मात्र हो | ऋषि वेदव्यासले ज्ञानकाण्डका रूपमा ऋग्वेद, कर्मकाण्डका रूपमा यजुर्वेद, स्तुति अर्थात् भक्तिकाण्डका रूपमा साम वेद र जीवन दर्शनका रूपमा अथर्ववेद संहिताका फरक फरक ग्रन्थ बनाएका हुन् | समग्र वेद एकै जना व्यक्तिले घोक्न र जीवनभरि सम्झेर अर्कालाई घोकाउन गाह्रो देखेर यस्तो विभाजन भएको हो | ऋग्वेदका १० मण्डलमा १०५५२ मन्त्रहरू, यजुर्वेदका…
Read More