Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
December 5, 2023 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: December 5, 2023

बिमाप्रतिको विश्वसनीयता बढाउनु पर्छ : मुख्यमन्त्री चौधरी

बिमाप्रतिको विश्वसनीयता बढाउनु पर्छ : मुख्यमन्त्री चौधरी

१९ मंसिर, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बिमा सेवाको विश्वसनीयता बढाउनु पर्ने अबस्था आएको बताएका छन् । विश्वसनीयता बढे मात्रै पनि यसको महत्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले विमामा गुमिरहेको विश्वास फर्काउनु पर्ने बताए । नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र बिमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले कोरोनापछि बिमा कम्पनीहरुको विश्वास गुम्दै गएको भन्दै अब विश्वसनीयता बढाउन सके प्रदेश सरकारले समेत आवश्यकताअनुसार बिमा नीति बनाउने बताए । ‘बिमा सुविधा प्राथामिकतामा पनि पर्छ, तर नेपालमा विश्वसनीयता कम छ यो बढाउनु जरुरी छ । बिमा नीति आवश्यक छ,’  उनले भने, ‘बिमाले त्यो विश्वास दिलाउन…
Read More
एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने सत्तापक्षको निष्कर्ष

एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने सत्तापक्षको निष्कर्ष

१९ मङ्सिर, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अनुकुल खरिदबिक्री नभएको बताए । उनले शेयर खरिदबिक्रीको कुरा शंकास्पद रहेकाले गठबन्धनले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निस्किएको बताए ।…
Read More
नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

१९ मङ्सिर, काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो । ३ जनालाई जातीय छुवाछुतमा मात्र दोषी ठहर गर्दै जनही २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । घटनामा संलग्नको आरोप लागेका ८ जनाले भने सफाइ पाएका…
Read More
सामुन्द्रिक मार्गको सुरक्षाका बारेमा छलफल गर्न अमेरिकाले खटायो बिशेष दुत

सामुन्द्रिक मार्गको सुरक्षाका बारेमा छलफल गर्न अमेरिकाले खटायो बिशेष दुत

१९ मङ्सिर, वासिङटन डिसी ।  सामुद्रिक सुरक्षाबारे छलफल गर्न अमेरिकी बिशेष दुत खाडी मुलुक जाने भएका छन् ।  अमेरिकी विदेश मन्त्रालयले यमनका लागि विशेष दूत टिम लेन्डरकिंगको यस क्षेत्रको भ्रमणको घोषणा गरेको छ । सो भ्रमणको क्रममा उनले लाल सागर र अडेनको खाडीमा सुरक्षा चासोका बारेमा छलफल गर्नेछन्। ‘उहाँको यात्रा यमनमा युद्ध समाप्त गर्न लगभग दुई वर्षको संयुक्त प्रगति र अन्तर्राष्ट्रिय शिपिंगमा इरानी र हुथी आक्रमण धम्की बढे पछि आएको हो,’ मन्त्रालयले एक विज्ञप्तिमा भन्यो। गत आइतवार लाल सागरमा तीनवटा व्यावसायिक जहाजहरू आक्रमणमा परे पछि अमेरिकाले यो भ्रमणको घोषणा गरेको हो । यूएसएस कार्नीमा यमनका हुथी नियन्त्रित क्षेत्रहरूबाट तीन ड्रोनहरू खसाले…
Read More
सुपर लिगः आज ललितपुर र बिरगञ्जका बिचमा खेल हुदैँ

सुपर लिगः आज ललितपुर र बिरगञ्जका बिचमा खेल हुदैँ

१९ मङ्सिर, काठमाडौं । नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुदैँछ ।   आजको खेलमा ललितपुर सिटी फुटबल क्लब र बिरगञ्ज युनाइटेड फुटवलक्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।   दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।
Read More
टिकटकको मुद्दामा आजबाट सुनुवाइ सुरू हुदैँ

टिकटकको मुद्दामा आजबाट सुनुवाइ सुरू हुदैँ

१९ मङ्सिर, काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुने भएको छ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो । न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको समयसिमा सकिए पछि मंगलबारबाट सुनवाइ सुरू गर्न लागेको हो ।
Read More
मिचेङ चक्रावतले चेन्नइमा पाँचको मृत्यु, उडानहरू रद्द

मिचेङ चक्रावतले चेन्नइमा पाँचको मृत्यु, उडानहरू रद्द

नयाँदिल्ली, १९ मङ्सिर । चक्रवात मिचोङको प्रकोप देशका दक्षिणी राज्यहरुमा देखिएको छ । चेन्नईमा भारी वर्षा र तेज हावाहुरीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । धावनमार्गमा पानी जमेका कारण विमानस्थलको उडान सञ्चालनमा समेत असर परेको छ भने धेरै उडान रद्द गर्नुपरेको छ । तमिलनाडु सरकारले चेन्नई, कांचीपुरम, तिरुवल्लुर र चेंगलपट्टु जिल्लामा सोमबार र मंगलबार सार्वजनिक बिदा दिएको छ। यसले मिचोङलाई ध्यानमा राख्दै निजी कम्पनीका कर्मचारीहरूलाई घरबाट काम गर्न आग्रह गरेको छ। दूध आपूर्ति र स्वास्थ्य सुविधाजस्ता अत्यावश्यक सेवाहरू सञ्चालनमा रहने छन्। मौसम विभागका अनुसार यो सोमबार गम्भीर चक्रवाती आँधीमा परिणत भएको र मंगलबार बिहान दक्षिणी आन्ध्र प्रदेशको तट…
Read More
एमाले पदयात्राः आज रुकुमकोट पुग्दै

एमाले पदयात्राः आज रुकुमकोट पुग्दै

१९ मङ्सिर, काठमाडौं ।  नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्राको टोली आज रुकुमकोट पुग्दैछ ।  समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन एमाले नेतृत्वको टोली आज रुकुम पुग्न लागेको हो । सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट यात्रामा निस्केको पदयात्रा टोलीले आज सो स्थलमा आमसभा गर्दैछ । यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भेरी बबइ डाइभर्सनको निरीक्षण गरेका छन् ।
Read More