Gyaan Ghar

Advertisement

Day: November 18, 2023

रबि लामिछाने जनताको घरदैलोंमा (फाेटाेफिचर)

रबि लामिछाने जनताको घरदैलोंमा (फाेटाेफिचर)

काठमाडौं, २ मंशिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने जनताको घरदैलोमा पुगेका छन् । गत बर्ष सम्पन्न निर्वाचनमा मत दिएर बिजयी बनाएको भन्दै सो पार्टीका सांसदहरु आ आफनो निर्वाचन क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम अनुसार सभापति लामिछाने चितवनका जनताको घरदैलोमा पुगेका हुन् । सो क्रममा एक बर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्ने सो पार्टीले जनाएको छ ।  
Read More
चिसोका कारण भूकम्प प्रभावितको मृत्यु हुने क्रम बढ्यो, एक सातामा ७ जनाको मृत्यु

चिसोका कारण भूकम्प प्रभावितको मृत्यु हुने क्रम बढ्यो, एक सातामा ७ जनाको मृत्यु

मंसिर २, काठमाडौँ । भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिम र जाजरकोटमा चिसोका कारण मृत्यु हुनेहरु बढिरहेका छन् । चिसो बढ्दै जाादा भूकम्प प्रभावितको लागि न्यानो कपडा र बस्ने बासको राम्रो व्यवस्था नहुँदा बिरामी बढेका मात्रै छैनन्, मृत्यु हुनेको सङ्ख्या समेत बढिरहेको छ । चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको हो । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो । डुमे दमका दीर्घरोगी पनि थिए । त्रिपालभित्रको बसाइ र अत्यधिक…
Read More
नेपाली महिला क्रिकेट टिमद्वारा जापान पराजित

नेपाली महिला क्रिकेट टिमद्वारा जापान पराजित

काठमाडौँ, २ मङ्सिर । नेपालले चारदेशीय महिला टी-२० सिरिजको तेस्रो खेलमा जापानलाई पराजित गरेको छ । नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा अलआउट हुदै ४६ रन मात्र बनाएपछि नेपाल ६७ रनले विजयी भएको हो । जापानलाई कम रनमा समेटन नेपाली बलर संगीता राईले ५ विकट लिएकी थिइन् । यसअघि पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउदै ११३ रन बनाएको थियो । सिरिजमा दुई खेलमा हार र एक खेलमा जितसहित नेपाल र तीन खेलमा हार बेहोरेको जापान फाइनलको दौडबाट बाहिरिइसकेका छन् । नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा हङकङसँग ९ विकेटले…
Read More
उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं, २ मंशिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग,  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने कोशी,  बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा…
Read More
रास्वपाले थाल्यो घरदैलो कार्यक्रम

रास्वपाले थाल्यो घरदैलो कार्यक्रम

काठमाडौं, २ मंशिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु आजबाट घरदैलो गर्ने भएका छन् । गत बर्ष सम्पन्न निर्वाचनमा मत दिएर बिजयी बनाएको भन्दै सांसदहरु आ आफनो निर्वाचन क्षेत्रमा घरदैलो गर्न लागेका हुन् ।   सो क्रममा एक बर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्नेछन् ।
Read More
सातामा ३ रुपैयाँ बढयो युरो

सातामा ३ रुपैयाँ बढयो युरो

मंसिर २, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसामा कारोबारको अनुमति दिएको छ । गत सातासम्म युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ०१ पैसा र बिक्री दर…
Read More