Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
November 9, 2023 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: November 9, 2023

माग सम्बोधन गर्न संघलाइ प्रदेश २ को एक महिने अल्टिमेटम

माग सम्बोधन गर्न संघलाइ प्रदेश २ को एक महिने अल्टिमेटम

२३ कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकारले प्रदेश प्रहरी समायोजन लगायतका ६ बुँदे माग राखि प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । संघीयता भएको ८ वर्ष भइसक्दा समेत प्रदेश सरकारले पाउने संवैधानिक अधिकार नपाएकाले यो ध्यानाकर्षण गराउनुपरेको मुख्यमन्त्री यादवले बताए । ३० दिनभित्र प्रदेशका माग सम्बोधन नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि मुख्यमन्त्री यादवले दिएका छन् । प्रदेश प्रहरी समायोजन सम्बन्ध, संघीय निजामति सेवा ऐनको सम्बन्धमा, सार्वजनिक जग्गाको प्रयोगको सम्बन्धमा, गुठी जग्गाको सम्बन्धमा, अर्थ सम्बन्धी समस्या सम्बन्धमा र अभियोजन सम्बन्धमा आधारित…
Read More
जनयुद्धलाई कसैले दबाउन सक्दैनः प्रचण्ड

जनयुद्धलाई कसैले दबाउन सक्दैनः प्रचण्ड

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन् । बिहीबार पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धलाई जति दबाउन खोजे पनि पटक–पटक उठिराख्ने बताएका हुन् । उनले जनयुद्धलाई दबाइए चिहानबाट भए पनि फेरि उठ्ने बताए । ‘मलाई के लाग्छ भने पृथ्वीनारायण शाहको एक खालको कर्म पछिको ठुलो कर्म नेपाली जनताले अगाडी ल्याएको त्यहीँ (जनयुद्ध) नै हो, प्रचण्डले भने । प्रधानमन्त्रीले भने – ‘त्यो चिहानबाट फेरि उठ्छ । किनभने हजारौँ मान्छेहरूले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एकछिन दबाइयो भनेपनि फेरि उठ्छ…
Read More
सामाजिक सञ्जाल संचालन निर्देशिका पारित, फेक आइडी बनाए कारबाही हुने

सामाजिक सञ्जाल संचालन निर्देशिका पारित, फेक आइडी बनाए कारबाही हुने

२३ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद्ले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ । सामाजिक संजालहरू फेसबुक, एक्स (विगतमा ट्विटर), टिकटक, युट्यूब, इन्स्टाग्राम लगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो । सामाजिक सञ्जाल संचालने निर्देशिकाले नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ भने सामाजिक सञ्जाल प्रयोगकर्ताले के गर्न नहुने हो भन्नेबारे १९ बुँदा तयार पारेको छ । सरकारले जारी गरेको सामाजिक सञ्जाल संचालन निर्देशिका अनुसार सामाजिक सञ्जाल प्रयोगका क्रममा बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) सिर्जना गर्न पाइदैन । यस्तै बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी…
Read More
कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने सहित सरकारको आठ निर्णय

कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने सहित सरकारको आठ निर्णय

२३ कात्तिक, काठमाडौं । सरकारले मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जन सहित स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यो लगायत आठ निर्णय गरेको छ । प्रधानमन्त्री लगायत मन्त्रिपरिषद्का सबै सदस्यहरुले भूकम्प पीडितका लागि एक महिनाको पारिश्रमिक उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने, विद्युत प्राधिकरण मार्फत कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने निर्णय पनि भएको छ । मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउन व्यवस्था…
Read More
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

कात्तिक २३, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत असोज ९ र १० गते भएको परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षा दिएका थिए । जसमा ८८ हजार ९४७ विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन् । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।
Read More