Gyaan Ghar

Advertisement

Day: October 23, 2023

विषालु बेलुन

विषालु बेलुन

* नारायण ढकाल दूषित हावा भरेर नेपाली आकाशमा उडाइएका उँधोमुन्टे बेलुनहरू चकलेटी आसमा तानिएर जीवनवादी/जीवनदायी दर्शन बिर्सेर गौरवमय इतिहासको अपव्याख्या गर्दै युरोप र अमेरिकाका गल्लीहरूमा वेद, त्रिपिटक र मुन्धुमका पाना च्यातेर सारहीन बोक्रेदर्शन र कलाहीन सिद्धान्तको महिमा गाउँछन् र धरतीमा ज्ञान गङ्गा बगाउने सपना बाँड्छन् अनि,श्रीखण्डलाई लत्त्याएर धमिरे काठमा सुवास र शीतलता खोज्ने असफल प्रयासमा रमाउँछन्। विषालु बेलुनहरू! विगत विश्व-रङ्गमञ्चमा भएका जातीय,क्षेत्रीय,साम्प्रदायिक हिंसाको बीभत्स इतिहासबाट बेफिक्र शकुनिको निर्देशनमा आफ्नै आमाको पेटमा धारिलो हतियार सोझ्याउँदै सामाजिक सद्भावको घाँटी निमोठेर एकतामा अनेकताको विघटनकारी आपसी वैरभाव र शत्रुताको विष वृक्ष रोप्छन् र मृत्यु गीत गाउन तम्सिन्छन्। हावा महलमा उडेका बेलुनहरू, क्षणिक उँचाइलाई वास्तविक…
Read More
युएईलाई ५ विकेटले हराउँदै नेपालको सत प्रतिशत जित

युएईलाई ५ विकेटले हराउँदै नेपालको सत प्रतिशत जित

काठमाडौँ,  कार्तिक ६ गते । । काठमाडौँमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो भेटमा समेत नेपालले युएईलाई ५ विकेटले हराएको छ । युएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालको जितमा आसिफ शेखले शानदार  ६२ रन बनाए । रोहितले ४७ रनको योगदान गरे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १५ बलमा अविजित ४० रनको योगदान गरे । यसअघि, मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो । नेपालका सोमपाल कामी र अविनाश बोहराले समान २ तथा करन केसी र गुल्सन झाले समान १…
Read More
पारिजातको सम्झना

पारिजातको सम्झना

* दिल साहनी पारिजातलाई मैले सर्व प्रथम मित्र दुर्गा प्रसाद अधिकारीसित शिलाङको ग्रायन्ड होटेलमा देखेको हुँ।  त्यति बेला उनले मलाई 'काठमान्डुमा देखे जस्तो लाग्यो' भनिन् । मैले जबाफमा भनेको थिएँ - 'म काठमान्डु कहिले गएको छैन' । त्यति बेला पारिजात राल्फा आन्दोलनमा लागेको थिइन् ।  दोस्रोपल्ट मैले पारिजातलाई बनारसमा दूध बिनायक‍को जगदम्बा धर्मशालामा भेटेको हुँ । त्यति बेला कमरेड मोहनविक्रम सिंहले भाषण गरिरहेका थिए । फेरि पनि पारिजातले मलाई ठहराउन सकेकी थिइनन् । ठम्याउन भने खोजेकी रहिछन् - 'एमबीको भाषण गम्भीरतापूर्वक सुनिरहेको व्यक्तिको रूपमा' । सो कुरा उनकै मुखबाट सुनेको थिएँ । तेस्रोपल्ट पनि मैले पारिजातलाई बनारसमा भेटेको थिएँ ।…
Read More
इजरायल आक्रमणबाट थुप्रै बालबालिकाको मृत्यु

इजरायल आक्रमणबाट थुप्रै बालबालिकाको मृत्यु

काठमाडौँ,कार्तिक ६ गते  । गाजाको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरायली हवाई आक्रमणबाट ११७ बालबालिकासहित २६६ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ।  हवाई आक्रमणमा मारिएका अधिकांश गाजाको दक्षिणी भागमा रहेको जनाइएको छ । इजरायलले दैनिक बम विस्फोटहरू जारी राखेको छ जसले  सहरीकृत गाजाको ठुलो भागलाई ध्वस्त पारेको छ  । जबलिया शरणार्थी शिविर र गाजाको अल-शिफा र अल-कुड्स अस्पतालहरू नजिकै हवाई आक्रमण साथ, इजरायलले गाजा पट्टीमा रातभर बमवारिलाई तीव्र पारेको छ। इजरायली सेनाले गाजा पट्टीमा इजरायली सेनाले गरेको आक्रमणको क्रममा प्यालेस्टिनी सशस्त्र समूह हमासले प्रहार गरेको एन्टि-ट्याङ्क मिसाइलले आफ्ना एक सैनिकको मृत्यु भएको जनाएको छ। यसैबिच क्यानडा, फ्रान्स, जर्मनी, इटाली, युनाइटेड किंगडम र…
Read More
साना कुरा फरक विचार

साना कुरा फरक विचार

* डा.कौशिला रिसाल हामीलाई कहिलेकाहीँ साना विषयले मुख्य भाव पहिल्याउन र खुसी हुन मद्दत गरेको हुन्छ । कतिपय सानै घटना वा प्रसङ्गले पनि समस्या निम्त्याइरहेका हुन्छन् । हामीलाई तनावमा पुर्‍याउने र खुसी हुन मद्दत गर्ने विषय वा प्रसङ्गहरू सानै हुन्छन् । जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र व्यक्तिगत समस्याहरू ससाना हुन्छन् । धेरै दिनसम्म त्यसको सजिलै समाधान नहुँदा हाम्रो दैनिक कार्यमा अवरोध सृजना हुन्छ । यसको अर्थ समस्या वा घटना ठुला हुँदैनन् भन्ने चाहिँ होइन । जब कि म ससाना विषयमा लेख्दैछु । यथार्थमा हामीले समस्यालाई कुन रूपमा लिन्छौँ भन्ने कुरा महत्त्वपूर्ण  हुन्छ । हामीले कयौँ पटक ससाना कुरामा ध्यान नपुर्‍याउदा  जीवनमा अरूबाट मात्र नभएर आफ्नैबाट पनि…
Read More