Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
October 23, 2023 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: October 23, 2023

विषालु बेलुन

विषालु बेलुन

* नारायण ढकाल दूषित हावा भरेर नेपाली आकाशमा उडाइएका उँधोमुन्टे बेलुनहरू चकलेटी आसमा तानिएर जीवनवादी/जीवनदायी दर्शन बिर्सेर गौरवमय इतिहासको अपव्याख्या गर्दै युरोप र अमेरिकाका गल्लीहरूमा वेद, त्रिपिटक र मुन्धुमका पाना च्यातेर सारहीन बोक्रेदर्शन र कलाहीन सिद्धान्तको महिमा गाउँछन् र धरतीमा ज्ञान गङ्गा बगाउने सपना बाँड्छन् अनि,श्रीखण्डलाई लत्त्याएर धमिरे काठमा सुवास र शीतलता खोज्ने असफल प्रयासमा रमाउँछन्। विषालु बेलुनहरू! विगत विश्व-रङ्गमञ्चमा भएका जातीय,क्षेत्रीय,साम्प्रदायिक हिंसाको बीभत्स इतिहासबाट बेफिक्र शकुनिको निर्देशनमा आफ्नै आमाको पेटमा धारिलो हतियार सोझ्याउँदै सामाजिक सद्भावको घाँटी निमोठेर एकतामा अनेकताको विघटनकारी आपसी वैरभाव र शत्रुताको विष वृक्ष रोप्छन् र मृत्यु गीत गाउन तम्सिन्छन्। हावा महलमा उडेका बेलुनहरू, क्षणिक उँचाइलाई वास्तविक…
Read More
युएईलाई ५ विकेटले हराउँदै नेपालको सत प्रतिशत जित

युएईलाई ५ विकेटले हराउँदै नेपालको सत प्रतिशत जित

काठमाडौँ,  कार्तिक ६ गते । । काठमाडौँमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो भेटमा समेत नेपालले युएईलाई ५ विकेटले हराएको छ । युएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालको जितमा आसिफ शेखले शानदार  ६२ रन बनाए । रोहितले ४७ रनको योगदान गरे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १५ बलमा अविजित ४० रनको योगदान गरे । यसअघि, मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो । नेपालका सोमपाल कामी र अविनाश बोहराले समान २ तथा करन केसी र गुल्सन झाले समान १…
Read More
पारिजातको सम्झना

पारिजातको सम्झना

* दिल साहनी पारिजातलाई मैले सर्व प्रथम मित्र दुर्गा प्रसाद अधिकारीसित शिलाङको ग्रायन्ड होटेलमा देखेको हुँ।  त्यति बेला उनले मलाई 'काठमान्डुमा देखे जस्तो लाग्यो' भनिन् । मैले जबाफमा भनेको थिएँ - 'म काठमान्डु कहिले गएको छैन' । त्यति बेला पारिजात राल्फा आन्दोलनमा लागेको थिइन् ।  दोस्रोपल्ट मैले पारिजातलाई बनारसमा दूध बिनायक‍को जगदम्बा धर्मशालामा भेटेको हुँ । त्यति बेला कमरेड मोहनविक्रम सिंहले भाषण गरिरहेका थिए । फेरि पनि पारिजातले मलाई ठहराउन सकेकी थिइनन् । ठम्याउन भने खोजेकी रहिछन् - 'एमबीको भाषण गम्भीरतापूर्वक सुनिरहेको व्यक्तिको रूपमा' । सो कुरा उनकै मुखबाट सुनेको थिएँ । तेस्रोपल्ट पनि मैले पारिजातलाई बनारसमा भेटेको थिएँ ।…
Read More
इजरायल आक्रमणबाट थुप्रै बालबालिकाको मृत्यु

इजरायल आक्रमणबाट थुप्रै बालबालिकाको मृत्यु

काठमाडौँ,कार्तिक ६ गते  । गाजाको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरायली हवाई आक्रमणबाट ११७ बालबालिकासहित २६६ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ।  हवाई आक्रमणमा मारिएका अधिकांश गाजाको दक्षिणी भागमा रहेको जनाइएको छ । इजरायलले दैनिक बम विस्फोटहरू जारी राखेको छ जसले  सहरीकृत गाजाको ठुलो भागलाई ध्वस्त पारेको छ  । जबलिया शरणार्थी शिविर र गाजाको अल-शिफा र अल-कुड्स अस्पतालहरू नजिकै हवाई आक्रमण साथ, इजरायलले गाजा पट्टीमा रातभर बमवारिलाई तीव्र पारेको छ। इजरायली सेनाले गाजा पट्टीमा इजरायली सेनाले गरेको आक्रमणको क्रममा प्यालेस्टिनी सशस्त्र समूह हमासले प्रहार गरेको एन्टि-ट्याङ्क मिसाइलले आफ्ना एक सैनिकको मृत्यु भएको जनाएको छ। यसैबिच क्यानडा, फ्रान्स, जर्मनी, इटाली, युनाइटेड किंगडम र…
Read More
साना कुरा फरक विचार

साना कुरा फरक विचार

* डा.कौशिला रिसाल हामीलाई कहिलेकाहीँ साना विषयले मुख्य भाव पहिल्याउन र खुसी हुन मद्दत गरेको हुन्छ । कतिपय सानै घटना वा प्रसङ्गले पनि समस्या निम्त्याइरहेका हुन्छन् । हामीलाई तनावमा पुर्‍याउने र खुसी हुन मद्दत गर्ने विषय वा प्रसङ्गहरू सानै हुन्छन् । जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र व्यक्तिगत समस्याहरू ससाना हुन्छन् । धेरै दिनसम्म त्यसको सजिलै समाधान नहुँदा हाम्रो दैनिक कार्यमा अवरोध सृजना हुन्छ । यसको अर्थ समस्या वा घटना ठुला हुँदैनन् भन्ने चाहिँ होइन । जब कि म ससाना विषयमा लेख्दैछु । यथार्थमा हामीले समस्यालाई कुन रूपमा लिन्छौँ भन्ने कुरा महत्त्वपूर्ण  हुन्छ । हामीले कयौँ पटक ससाना कुरामा ध्यान नपुर्‍याउदा  जीवनमा अरूबाट मात्र नभएर आफ्नैबाट पनि…
Read More