health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, कार्तिक ६ गते । । काठमाडौँमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो भेटमा समेत नेपालले युएईलाई ५ विकेटले हराएको छ ।
युएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो ।
नेपालको जितमा आसिफ शेखले शानदार ६२ रन बनाए । रोहितले ४७ रनको योगदान गरे ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १५ बलमा अविजित ४० रनको योगदान गरे ।
यसअघि, मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो ।
नेपालका सोमपाल कामी र अविनाश बोहराले समान २ तथा करन केसी र गुल्सन झाले समान १ विकेट झारेका थिए ।
एक खेल अगावै फाइनल पुगेको नेपालले लिग चरणमा सत प्रतिशत जित सहित ८ अङ्क जोडेको छ । युएईको ३ खेलबाट २ अङ्क र हङकङ अङ्क विहीन छ ।
टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गरेको हो ।
जारी प्रतियोगितामा व्याटिंगतर्फ आसिफ शेख १४७, रोहित पौडेल १३४ र दीपेन्द्रसिंह ऐरी १३१ रन बनाएर पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै बलिङतर्फ करन के.सी. १०, सोमपाल कामी ७ र अविनाश बोहरा ५ विकेटका साथ पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।