18
Oct
धनगढी, १ कार्तिक । धनगढीमा चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनगढीको शहीद गेट नजिकैको एक होटेलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हवलदारसहितका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करणबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण रोकाया बुढिगंगा नगरपालिका- १० बस्ने ३० वर्षीय हेमराज जोशी रहेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताए। उनीहरूको साथबाट प्लास्टिकसहित ६ किलो ७९५ ग्राम चरेस र ७ फिट ६ इन्च चितुवाको छाला बरामद गरिएको छ। लागू औषध नियन्त्रण शाखा महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश अनुसन्धान…