
15
Oct
बुवा जसबहादुर र आमा पबिसराको कान्छो छोराको रूपमा जन्मिए, सक्तमान बुढाथोकी । वि.सं.२०३०साल वैशाखमा खुँगाको तोस्वाङमा एकदमै गरिब परिवारमा जन्मिएका हुन उनी । एकदम दुर्गम गाऊ थियो तोस्वाङ । स्कुल जानको लागि पनि घरबाट लगभग डेढ घण्टा स्कुल हिँडेर जानुपर्दथ्यो । बुवा जसबहादुर अलि शिक्षित भएकाले पनि आफ्ना सबै छोराछोरीलाई पढाउन चाहन्थे । सक्तमान पनि ११ वर्षको उमेमा स्कुले जीवन सुरु गरे । चप्पल लगाउने चलन थिएन । पाटीमा कालो कोइलाले लेख्ने गरिन्थ्यो । त्यस प्रकारको परिस्थितिमा पनि सक्तमान स्कुले जीवनलाई निरन्तरता दिइरहे । दाइ गिरी बुढा पढाइमा अल्छी भएकाले बुवाको धेरै पिटाई खाए पनि आफू पढाइमा मेहनती भएको बताउँछन्…