25
Sep
* नेपाल र चीनबिच सीमा व्यवस्थापन प्रणालीबारे सम्झौता * नेपाल र चीनबिच प्रशासनिक क्षमता वृद्धिका लागि सहकार्य आदानप्रदान गर्ने समझदारी (एमओयू) * नेपाल र चीनबिच आपराधिक मामिलामा दुई पक्षीय कानुनी सहायताको सन्धि * नेपाल र चीनबिच सगरमाथा र चोमोलोङ्माको संरक्षणमा सहकार्य गर्ने समझदारी * लगानीका मुख्य परियोजनालाई प्रवर्द्धन गर्ने र नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगबिच उत्पादक क्षमता वृद्धिमा सहकार्य गर्ने समझदारी * चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल (वाणिज्य दूतावास) स्थापना गर्नेसम्बन्धी सम्झौता पत्र आदानप्रदान * नेपाल–चीन सीमा पार रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबिच समझदारी…
25
Sep
मोहनविक्रम सिंह तिमी भन्छौ, म भागी रहेको छु, किनभने म– ‘यो धरतीलाई छाडेर, आकाशतिर गइरहेको छु’ तर म– ‘यो धरतीको माया मारेर, त्यो नीलो आकाशको मायामा अल्झेर आकाशतिर गई रहेको छैन ।’ म त– ‘ती काला बादलहरूसित लडेर ती चम्किला ताराहरू टिपेर, यो धरतीलाई सिँगार्ने सङ्कल्प गरेर आकाशतिर गई रहेको छु ।’ मलाई आश्चर्य लाग्छ । जब तिमीले यो भुल्दछौ– ‘म पनि यही धरतीमा जन्मेको हुँ जहाँ तिमी जन्मेका हौ । मैले पनि यो धरतीलाई माया गर्छु जहाँका सारा बाँझा चौरहरूमा हरिया अङ्कुरहरू उम्रन्छन्’ तिमीले भन्छौ– म भागिरहेको छु । तर म भन्छु– ‘म लडी रहेको छु’…
25
Sep
* भाेलानाथ ढकाल उपक्रम बालबालिका मानव सभ्यताको निरन्तरता हुन् । प्रत्येक प्राणीको निश्चित जीवनकाल हुन्छ । मान्छेको पनि त्यस्तै हुन्छ । एउटाको जीवनकाल सिद्धिन्छ । अर्काको सुरु हुन्छ । यो निरन्तर प्रक्रिया हो चलिरहन्छ । विगतमा पनि थियो । वर्तमानमा चलिरहेको छ । भविष्यमा पनि चलिरहनेछ । मानव सभ्यता रहेसम्म यो क्रम यसरी नै चलिरहनेछ । विस्तार बालक जन्मँदा तटस्थ भएर जन्मेका हुन्छन् । चञ्चलपन उसको स्वभाव हो । जात, भाषा, धर्म, संस्कृति क्षेत्र, दर्शन सम्प्रदायसँग उसको कुनै सरोकार हुँदैन । आफ्नै मानवीय मौलिक गुण मात्र ऊसँग हुन्छ । यस्तो मौलिक गुण लिएर जन्मेको बालक पछि गएर कसरी विविध धर्म, जात,…
25
Sep
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ नेसनल पिपुल्स कङ्ग्रेसका अध्यक्ष चाओ लेजी बिच भेटवार्ता भएको छ। सोमबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटवार्ता भएको हो। नेपाल–चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबिचमा विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । चीन बसाइको क्रममा प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे अवलोकन गर्ने, चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूचीसमेत छ । त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा जानेछन् । प्रधानमन्त्री…