Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
अन्तर्राष्ट्रिय Archives - Page 18 of 35 - Gyaan Ghar Skip to main content

Gyaan Ghar

Advertisement

अन्तर्राष्ट्रिय

रुस नियन्त्रित क्षेत्रमा युक्रेनी हमला, २८ को मृत्यु

रुस नियन्त्रित क्षेत्रमा युक्रेनी हमला, २८ को मृत्यु

मस्को, २२ माघ । रुसले कब्जा गरेको पूर्वी क्षेत्र लुहान्स्कको लिसिचान्स्क सहरमा रहेको एउटा बेकरीमा युक्रेनी सेनाले गरेको गोलाबारीमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । रुसी नागरिक रक्षा, आपत्कालीन तथा प्रकोप राहत मन्त्रालयले मृतकमध्ये कम्तीमा एक बालक रहेको जनाएको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाका अनुसार युक्रेनले अमेरिकाले आपूर्ति गरेको हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम प्रयोग गरेर भवनमा आक्रमण गर्दा दर्जनौँ नागरिकहरू भवन भित्र रहेको थिए । रुसी आपत्कालीन मन्त्रालयले जारी गरेको एक भिडियोमा मृत शरीरहरू फेला पारेका थिए र रगतले लतपतिएका मानिसहरूलाई एक तले भवनको भग्नावशेषबाट बाहिर निकालिरहेको देखिन्थ्यो । भवनमा एड्रियाटिक नामको रेस्टुरेन्ट रहेको देखिन्छ,…
Read More
चिलीकाे जङ्गलमा भीषण आगलागी, हालसम्म ५१ को मृत्यु

चिलीकाे जङ्गलमा भीषण आगलागी, हालसम्म ५१ को मृत्यु

चिली, २१ माघ । मध्य चिलीको जङ्गलमा लागेको आगोले कम्तीमा ५१ जनाको ज्यान लिइसकेको छ । सो घटनामा परी मृत्यु हुनेको सङ्ख्या अझै बढ्दै जाने सम्भावना देखिएको छ  ।  चिलिका अधिकारीहरूका अनुसार आपत्कालीन सेवाहरूले सहरी क्षेत्रतर्फ जान सक्ने आगो निभाउन सङ्घर्ष गरिरहेको छ। ‘मध्य चिलीमा करिब १० लाख बासिन्दा रहेको भल्पराइसो क्षेत्रका धेरै भागहरूमा कालो धुवाँ आकाशमा उडिरहेको छ जबकि अग्नि नियन्त्रकहरूले हेलिकप्टर र ट्रकहरू प्रयोग गरेर आगो निभाउन सङ्घर्ष गरिरहेका छन्,’ स्थानीय स्मिथले भने । तटीय पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन् र उद्धार टोलीहरू सबै प्रभावित क्षेत्रहरूमा पुग्न सङ्घर्ष गरिरहेको चिलीका अधिकारीहरूले…
Read More
केन्याको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भयानक विस्फोट, १६५ भन्दा बढी घाइते

केन्याको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भयानक विस्फोट, १६५ भन्दा बढी घाइते

नैरवी, १९ माघ । केन्यामा ग्याँस स्टेसनमा विस्फोट हुँदा १६५ जना भन्दा बढी घाइते भएका छन् ।  सरकारका प्रवक्ता इसाक मवाउराले बिहीबार राति करिब ११ बजे नैरोबीको एम्बकासीस्थित जोमो केन्या अन्तर्राष्ट्रिय विमानस्थल (जेकेआईए) नजिकै विस्फोट र आगलागी भएको पुष्टि गरेका छन्। मवाउराले शुक्रवार बिहान आफ्नो सामाजिक सञ्जाल पृष्ठहरूमा साझा गरेको एक विज्ञप्तिमा, एयरपोर्ट नर्थ रोडको कबानसोरा नजिकैको ग्यास स्टेसनमा  आगलागी भएको बताए। तर, आगलागीको कारण भने खुल्न नसकेको उनले बताए । समाचार अनुसार सो विस्फोटमा परी १६५ जना भन्दा बढी बढी व्यक्ति घाइते भएका छन्। ‘कम्पनीले ग्याँस सिलिन्डर रिफिल गरिरहेको बेला एक्कासि आगलागी भएको र त्यसपछि धेरै व्यक्तिहरू घाइते भएका र…
Read More
किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अवरुद्ध

किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अवरुद्ध

पेरिस, १६ माघ । फ्रान्सेली किसानहरूले मुख्य सहरका राजमार्गहरू अवरुद्ध गरेका छन् ।  मुद्रास्फीति र सस्तो आयातबाट प्रतिस्पर्धाको चिन्तालाई लिएर सरकारसँग असन्तुष्ट किसानहरूले मुख्य राजमार्गमा ट्र्याक्टर राखेर अवरुद्ध गरे पछि दैनिक जनजीवन कष्टकर बनेको छ । जुन आन्दोलनका कारण फ्रान्सको राजधानी पेरिस वरपरका प्रमुख राजमार्गहरू अवरुद्ध भइरहेको छन । केही दिन देखी  फ्रान्सेली किसान प्रदर्शनकारीहरूले राम्रो पारिश्रमिक र थोरै वातावरणीय नियमहरूको माग गरिरहेका छन्, जो नहुँदा तिनीहरूको जीविकोपार्जनलाई नै असर गरिरहेको उनीहरूले जनाउँदै आएका छन् । सोमबार आन्दोलनरत किसानहरूले पेरिसको महत्त्वपूर्ण सडकका आठ चोक पाइन्टमा अवरुद्ध गरेका थिए । ‘हामीलाई जवाफ चाहिन्छ,’ दक्षिण पश्चिमी लोट एट गारोनकी किसान करिन डकले भनिन् । उनी पेरिसतर्फ जाने…
Read More
पश्चिमी शक्तिसँग बढ्दो तनावका बिच इरानले गर्‍यो तीन वटा भूउपग्रह प्रक्षेपण

पश्चिमी शक्तिसँग बढ्दो तनावका बिच इरानले गर्‍यो तीन वटा भूउपग्रह प्रक्षेपण

तेहरान, १५ माघ । इरानले रक्षा मन्त्रालय र सशस्त्र बल रसद मन्त्रालय द्वारा विकसित आफ्नो वाहक रकेट प्रयोग गरेर पहिलो पटक सफलतापूर्वक तीन उपग्रहहरू प्रक्षेपण गरेको छ । इरानको राज्य नियन्त्रित मिडियाका अनुसार तेहरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई बढवा दिने कोश ढुङ्गाको साबित भएको छ।  उपग्रहहरूलाई आइतबार न्यूनतम ४५० किलोमिटर (२८० माइल) को कक्षामा पठाइएको थियो। ३२ किलोग्राम (७१ पाउन्ड) तौलको एउटा उपग्रह र १० किलोभन्दा कम तौलका दुई वटा नानो उपग्रहहरू सिमोर्ग (फिनिक्स) स्याटलाइट क्यारियर रकेट प्रयोग गरेको हो । काहान–२ र हतेफ–१ नामका नानो उपग्रहहरू न्यारोब्यान्ड कम्युनिकेसन र जियोपोजिसनिङ टेक्नोलोजी परीक्षण गर्न प्रयोग गरिने सरकारी सञ्चारमाध्यमले जनाएका छन्। इरानी…
Read More
टिकटकले भेट्टायो १९ वर्ष पछि जुम्ल्याहा दिदीबहिनीलाई

टिकटकले भेट्टायो १९ वर्ष पछि जुम्ल्याहा दिदीबहिनीलाई

जर्जिया, १५ माघ । पूर्वी युरोपको जर्जियामा दुई जुम्ल्याहा बहिनीको यस्तै एउटा घटना बाहिर आएको छ, जो १९ वर्ष पछि भेटिएका छन् ।  यी दुई जुम्ल्याहा दिदीबहिनी जन्मकै बेला एक अर्काबाट अलग भएका थिए तर यति वर्षपछि सामाजिक सञ्जालमार्फत यी दुई जुम्ल्याहा दिदीबहिनीको भेटघाट भएको हो । वास्तवमा, एमी ख्विटिया र आनो सरतानिया जुम्ल्याहा दिदी बहिनी हुन् तर दुवै जन्मने क्रममा नै अलग भएका थिए । यति मात्र होइन, दुवै जना एक अर्काबाट केही माइल टाढा जर्जियामा बस्दै आएका थिए तर उनीहरूलाई यसबारे कुनै जानकारी थिएन । सामाजिक सञ्जाल प्लेटफर्ममा टिकटक भिडियो भाइरल भए पछि यी दुईको पुनर्मिलन भएको छ…
Read More
माल्दिभ्सको संसद्मा भिडन्त, एक जना सांसद घाइते

माल्दिभ्सको संसद्मा भिडन्त, एक जना सांसद घाइते

माले, १५ माघ । मालदिभ्सको संसद्मा भिडन्त भएको छ ।  राष्ट्रपति मोहम्मद मुइज्जुले बोलाएको विशेष अधिवेशनको कार्यवाही अवरुद्ध पार्ने क्रममा मालदिभ्सको संसद्मा झडप भएको हो ।  मालदिभ्सको संसद्मा सत्तारुढ गठबन्धन र विपक्षी सांसदहरूबिच झडप भएको मालदिभ्सका समाचार संस्थाहरूले जनाएका छन् । सन अनलाइनका अनुसार  राष्ट्रपति मुइज्जुको मन्त्रिपरिषद्को लागि मतदान हुनु अघि सो झडप भएको हो । समाचार अनुसार संसद्मा मतदान हुनु अघि पूर्व राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको नेतृत्वमा रहेको माल्दिभियन डेमोक्रेटिक पार्टी  (एमडीपी) को विरोधमा पीपुल्स नेसनल काँग्रेस (पीएनसी) र प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स (पीपीएम) का सरकार समर्थक सांसदहरू बाहिर आएका थिए ।  समाचार च्यानल अधाधुले घटनाको भिडियो जारी गरेको…
Read More
तेल ट्याङ्कर आक्रमण गरेको भोलीपल्ट अमेरिकी सेनाले हुथी एन्टिसिप मिसाइल गरिदियो नष्ट

तेल ट्याङ्कर आक्रमण गरेको भोलीपल्ट अमेरिकी सेनाले हुथी एन्टिसिप मिसाइल गरिदियो नष्ट

न्युयोर्क, १४ माघ । इरान समर्थित हुथी विद्रोहीले लाल सागरमा प्रहार गर्न खोजेको मिसाइल माथि आक्रमण गरेको छ । अमेरिकाको सेनाले यमनमा लाल सागरमा लक्षित तथा अडेनको खाडीमा एक ब्रिटिस तेल ट्याङ्करमा आक्रमण गरेपछि प्रक्षेपण गर्न तयार रहेको यमनको हुथी एन्टिशिप मिसाइललाई नष्ट गरेको हो । अमेरिकी नौसेनाका अनुसार जनवरी २७ मा लगभग ३ः४५ बजे अमेरिकी केन्द्रीय कमान्ड फोर्सले लाल सागरमा लक्षित हुथी एन्टी–सिप मिसाइल विरुद्ध आक्रमण गर्‍यो र जुन प्रक्षेपण गर्न तयारी अवस्था थियो।  ‘अमेरिकी सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रहरूमा मिसाइल पहिचान गर्‍यो, जसले व्यापारिक जहाजहरू र यस क्षेत्रमा अमेरिकी नौसेना जहाजहरूका लागि आसन्न खतरा प्रस्तुत गर्नेवाला थियो तर…
Read More
यौन उत्पीडनको आरोपमा ट्रम्पलाइ ८३.३ मिलियन डलर जरिवाना

यौन उत्पीडनको आरोपमा ट्रम्पलाइ ८३.३ मिलियन डलर जरिवाना

म्यानहट, अमेरिका, १२ माघ  । शुक्रवार, म्यानहट्टन सङ्घीय अदालतले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध यौन उत्पीडन र मानहानिको मुद्दामा आफ्नो फैसला सुनाएको छ।  पूर्व राष्ट्रपति ट्रम्प २०२४ मा राष्ट्रपति पदका उम्मेदवारी अन्तिम अवस्थातर्फ पुग्दा उनलाई यो सजाएँ सुनाइएको हो  । अब अदालतको आदेश अनुसार ट्रम्पले लेखक ई जीन क्यारोललाई मानहानि क्षतिपूर्तिको रूपमा ८३.३ मिलियन डलर दिनु पर्नेछ । क्यारोलले मानहानिको लागि १० मिलियन डलरको को माग गरेकी थिइन, तर त्यो भन्दा धेरै अदालतले ८३.३ मिलियन डलर क्षतिपूर्तिको आदेश दिएको हो। ट्रम्पले निर्णयपछि आफ्नो वक्तव्यमार्फत उक्त निर्णयलाई हास्यास्पद भन्दै त्यस विरुद्ध अपिल गर्ने बताएका छन् । समाचार अनुसार ज्युरीले करिब…
Read More
‘म २९ वर्षदेखि प्रहरी हुँ र यो सायद मैले भोगेको सबैभन्दा खराब अनुभव हो ।’

‘म २९ वर्षदेखि प्रहरी हुँ र यो सायद मैले भोगेको सबैभन्दा खराब अनुभव हो ।’

सिकागो, ९ माघ । अमेरिका गोली हानेर ८ जनाको हत्या गरिएको छ ।   अमेरिकाको सिकागो उपनगरमा गोली हानेर गोली हानेर ८ जनाको हत्या गरिएको हो ।   अमेरिकाको सिकागोमा तीन फरक ठाउँमा कुल ८ जनाको हत्या भएको गरिएको स्थानीय प्रहरीले जनाएको छ । सो घटनामा इलिनोइस राज्यका प्रहरी अधिकारीहरूले सोही व्यक्तिले ८ जनाको हत्या गरेको र हाल फरार रहेको जानकारी दिएका छन् ।   अमेरिकी सञ्चारमाध्यमका अनुसार इलिनोइस राज्यको सिकागो नजिकै रहेको जोलिएट विल काउन्टीका प्रहरीले हत्याको कारण पत्ता लगाउन प्रयास गरिरहेको बताएको छ। सोमबार साँझ पत्रकारसँग कुरा गर्दै उनले हत्या गर्ने व्यक्तिलाई चिनेको दाबी गरेका छन् ।  …
Read More