14
Feb
न्युयोर्क, २ फागुन । गत वर्ष अमेरिकीहरूले ठगीका कारण ७५ हजार करोड रुपैयाँ नोक्सान बेहोरेका छन् । अमेरिकाको इतिहासमा यो पहिलो र नयाँ डरलाग्दो रेकर्ड हो । यो तथ्याङ्क अमेरिकाको स्वतन्त्र सरकारी निकाय फेडरल ट्रेड कमिसन (एफटीसी) को आधिकारिक वेबसाइटमार्फत खुलासा गरिएको हो। सबैभन्दा धोखा धडी मुद्दा लगानी सँग सम्बन्धित छ, जसमा मानिसहरूले ३८ हजार करोड रुपैयाँ गुमाउनु परेको थियो । वास्तवमा डिजिटल उपकरणहरूको कारण अमेरिकीहरूलाई लक्षित गर्न पहिले भन्दा सजिलो भएको छ। गत वर्ष ‘अनलाइन सपिङ’ मा हुने ठगी पैसा गुमाउनुको दोस्रो ठुलो कारण थियो। त्यसपछि पुरस्कार, चिट्ठा कारोबार र रोजगारीको नाममा ठगीका घटनाहरू पनि उत्तिकै मात्रामा भएका…