Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Breaking News 1 Archives - Page 32 of 52 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking News 1

चीनको स्कुलमा आगलागी हुँदा १३ को मृत्यु

चीनको स्कुलमा आगलागी हुँदा १३ को मृत्यु

बेइजिङ, ७ माघ । चीनको एक स्कुलमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु भएको छ ।   मध्य चीनको एक बोर्डिङ स्कुलको छात्रावासमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु भएको हो ।   चिनियाँ सञ्चारमाध्यमका अनुसार हेनान प्रान्तको यान्सानपु गाउँको यिङकाई विद्यालयमा आगलागी हुँदा एक विद्यार्थी घाइते भएको छन् ।   घाइते हुनेमा प्राथमिक विद्यालय तेस्रो कक्षाका विद्यार्थी रहेको बताइएको छ । ती सबै नौ र १० वर्षका एउटै कक्षामा अध्ययनरत विद्यार्थी रहेको हेबेई डेलीले जनाएको छ ।   फायर फाइटरहरूले आगोलाई तुरुन्तै निभाउन सफल भएका छन्, जुन शुक्रवार राति ११ बजे सुरु भएको थियो । अधिकारीहरूले सो आगलागीको कारणको अनुसन्धान गरिरहेको…
Read More
जापानको मुन मिसन चन्द्रमामा अवतरण, चन्द्रमामा मिसन लैजाने पाँचौँ देश

जापानको मुन मिसन चन्द्रमामा अवतरण, चन्द्रमामा मिसन लैजाने पाँचौँ देश

टोकियो, ६ माघ । जापानको चन्द्रयान चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ ।   जुन सफलता पछि अमेरिका, रुस, चीन र भारतपछि जापान चन्द्रमामा अवतरण गर्ने पाँचौँ देश बनेको छ ।   जापानको अन्तरिक्ष एजेन्सीले आफ्नो स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गरेको जनाएको हो ।   जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले मुन स्पिनर नामक प्रोबलाई लक्ष्यको १०० मिटर (३२८ फिट) भित्र अवतरण गर्ने प्रयास गरेको छ।   जापानको अन्तरिक्ष एजेन्सी स्लिमले  आफ्नो सही लक्ष्य हासिल गरेको छ कि छैन भनेर प्रमाणित गर्न एक महिना लाग्ने बताएको छ।   बिबिसीका अनुसार जापानको अन्तरिक्ष एजेन्सीले ‘मून स्नाइपर’ भनेर…
Read More
जापानमाथि इराकको रोमाञ्चक जित

जापानमाथि इराकको रोमाञ्चक जित

काठमाडौँ, ५ माघ । इराकले जारी एसियन कपमा जापानमाथि रोमाञ्चक जित हासिल गरेको छ । शुक्रवार सम्पन्न समूह डी अन्तर्गतको खेलमा इराकले जापानलाई २-१ गोल अन्तरले पराजित गरेको हो । फिफा वरियतामा ६३औँ स्थानमा रहेको इराकले हाल १७औँ स्थानमा रहेको जापानलाई स्तब्ध बनाएको छ । इराकको जितमा आइमेन हुसैनले दुवै गोल गरेका थिए भने जापानका लागि खेलको ९३औँ मिनेटमा वाटारु एन्डोले एक गोल फर्काएका थिए । यो जारी प्रतियोगितामा इराकको लगातार दोस्रो जित हो । समूह डीमा २ खेलमा ६ अङ्क हासिल गरेको इराक शीर्ष स्थानमा रहेको छ । त्यस्तै जापानको भने २ खेलमा ३ अङ्क रहेको छ । अब…
Read More
यू- १९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी

यू- १९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी

काठमाडौँ, ५ माघ । आइसिसी यू- १९ विश्वकप आजदेखि सुरु हुँदै छ । विश्वकपको पहिलो खेलमा आज  आयरल्यान्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिज खेल्दै छन् ।  दुवै खेल नेपाली समय अनुसार अपराह्न १: ४५ बजेदेखि सुरु हुने छन् ।   दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिँदै छन् ।  यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ । विश्वकप खेल्ने…
Read More
मेडिकल व्यवसायी प्रसाईँ माथि हातपात गर्ने पक्राउ

मेडिकल व्यवसायी प्रसाईँ माथि हातपात गर्ने पक्राउ

बागलुङ, ४ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि बागलुङमा हातपात भएको छ ।   बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका मेडिकल व्यवसायी प्रसाईँ कार्यक्रम स्थलमा हातपात भएको हो ।   प्रसाईँ माथि हातपात गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको  प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए ।   उनी माथि किन हातपात गरिएको हो, त्यसका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
Read More
चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौती माग गर्ने ३ जना पक्राउ

चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौती माग गर्ने ३ जना पक्राउ

चितवन,४ माघ । चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौती माग गर्ने ३ जना पक्राउ  परेका छनु । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वडा नं २१ बस्ने  २७ वर्षीय सरोज सुनार, वडा नं १ बस्ने  २६ वर्षीय दीपक बि.क र वडा नं २६ बस्ने २५ वर्षीय सागर बि.क रहेका छन् ।   उनीहरूले गत पुस २८ गते रुपन्देही असुरैना वडा नं ३ घर भई हाल भरतपुर महानगरपालिका वडा न १ मा व्यवसाय गरी बस्ने करन गुप्तालाई बारम्बार अपरिचित एनसेलको विभिन्न नम्बरबाट फोन गरी १५ लाख रकम फिरौती माग गरेको र यदि नदिएमा सुट गरी मार्ने धम्की दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।…
Read More
एसियन कप: चीन र लेबनान गोलरहित बराबरीमा

एसियन कप: चीन र लेबनान गोलरहित बराबरीमा

काठमाडौँ, ३ माघ । जारी एसियन कप फुटबलमा चीन र लेबनान बराबरीमा रोकिएका छन् । समूह ए अन्तर्गतको बुधवार सम्पन्न खेलमा चीन र लेबनान गोलरहित बराबरीमा रोकिएका हुन् । यो यस प्रतियोगितामा चीनको दोस्रो बराबरी हो । यस अघि पहिलो खेलमा पनि चीन ताजकिस्तानसँग गोलरहित बराबरीमा रोकिएको थियो । यो बराबरीपछि चीनको २ खेलमा २ अङ्क भएको छ र समूहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै पहिलो खेलमा आयोजक कतारसँग हार बेहोरेको लेबनानको भने २ खेलमा एक अङ्क भएको छ र समूहमा पुछारमा रहेको छ । अब समूह चरणको अन्तिम खेलमा चीनले आगामी सोमबार आयोजक कतारको सामना गर्ने छ भने लेबनानले…
Read More
एउटा यस्तो देश जहाँ मुस्लिमहरूले शव गाडदैनन, हिन्दु झैँ जलाउँछन्

एउटा यस्तो देश जहाँ मुस्लिमहरूले शव गाडदैनन, हिन्दु झैँ जलाउँछन्

टोकियो, ३ माघ । जापान विश्वका विकसित देशहरूमा पर्छ। विज्ञानदेखि प्रविधिसम्म धेरै देशहरू जापान भन्दा अगाडि अरू छैनन् भने पनि हुन्छ।   जापानको कुल जनसङ्ख्या करिब १२ करोड छ, जसमध्ये करिब एक प्रतिशत अर्थात् लगभग २ लाख मुस्लिम र त्यति नै सङ्ख्यामा इसाई छन् । जापानमा बसोबास गर्ने मुस्लिमहरू आजकल अनौठो समस्याको सामना गरिरहेका छन्। मृत्युपछि शव गाड्न दुई गज जग्गा पनि नभए पछि त्यहाँ अनौठो परम्परा बसेको छ ।   जापानको ९९ प्रतिशत जनसङ्ख्या बौद्ध धर्मावलम्बीहरूको छ र उनीहरूले बुद्ध वा शिन्तो परम्पराअनुसार शव जलाउँछन्। जसरी हिन्दु धर्ममा हुन्छ । तर इस्लाममा शव जलाउन निषेध गरिएको छ र मृतकलाई…
Read More
श्रीमतीको हत्या गरेर फरार भएका दवाडी २१ वर्षपछि पक्राउ

श्रीमतीको हत्या गरेर फरार भएका दवाडी २१ वर्षपछि पक्राउ

काठमाडौँ, २ माघ । श्रीमतीको हत्यामा अदालतले जन्मकैद सजाय तोकेका फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका-१ का ७० वर्षीय सूर्यबहादुर दवाडी रहेका छन्। दवाडीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो। श्रीमतीको हत्याको २१ वर्षपछि दवाडीलाई पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। दवाडीले अंशसम्बन्धी विषयमा झगडा हुँदा २औ५९ साल फागुन २८ गते बारीमा श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटी कसेर रुखमा झुन्ड्याएका थिए। उनले सानुमायाको शव धादिङ साबिक मैकी गाविसस्थित ग्याल्मा र बुढीगण्डकी दोभानमा लगेर जलाएका थिए। जिल्ला अदालतले उनलाई २०६१ साल जेठ ५ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको…
Read More
दक्षिण प्रशान्त राष्ट्र नाउरुले तोड्यो ताइवानसँगको सम्बन्ध, चीनलाई दियो साथ

दक्षिण प्रशान्त राष्ट्र नाउरुले तोड्यो ताइवानसँगको सम्बन्ध, चीनलाई दियो साथ

यारेन, नाउरू, २ माघ । दक्षिण प्रशान्त महासागरको राष्ट्र नाउरुले सोमबार ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ ।   प्रशान्त महासागरको टापु राष्ट्र नाउरुले ताइवानबाट कूटनीतिक मान्यता फिर्ता लिएर चीनसँग सबन्ध जोडिएको बताएको छ। राष्ट्रपति डेभिड अडियाङले आधिकारिक फेसबुक पेजमा पोस्ट गरेको राष्ट्रिय सम्बोधनमा उक्त निर्णयको घोषणा गरेका हुन्।   एक मिडिया विज्ञप्तिका अनुसार नाउरु सरकारले अब ताइवानलाई ‘पृथक् देश तर चीनको क्षेत्रको अभिन्न अङ्ग’ भनेर मान्यता दिने बताएको छ। नाउरुले तुरुन्तै ताइवानसँग ‘कूटनीतिक सम्बन्ध तोड्नेछ’ र ‘ताइवानसँग कुनै पनि आधिकारिक सम्बन्ध वा आधिकारिक आदानप्रदान विकास गर्दैन।’   कूटनीतिक आधारमा ताइवानलाई आधिकारिक रूपमा मान्यता दिने केही देशहरूमध्ये नाउरु पनि…
Read More