04
Feb
काठमाडौं, २२ माघ । चिनियाँ वैज्ञानिकले हालै नयाँ उपलब्धि हासिल गरेका छन् । वैज्ञानिकहरूले दुई वटा भाले मुसाबाट अर्को मुसाको विकास गरेका छन् । त्यो विकसित मुसामा दुई भाले मुसाको डिएनए रहेको छ। जनवरी २८ मा सेल स्टेम सेल जर्नलमा प्रकाशित अनुसन्धानले दाबी गरेको छ कि यो प्रयोगले प्रजनन विज्ञानमा परिवर्तन ल्याउन सक्छ। यो प्रयोग गर्ने चाइनिज एकेडेमी अफ साइन्सेसका अनुसन्धानकर्ता झी–कुन लीका अनुसार नयाँ विकसित मुसाले आफ्ना बाबुआमा दुवैबाट जिन प्राप्त गरेको छ। तर, एउटा मात्र जिनले काम गर्न आवश्यक छ। जब यी जिनहरूले राम्रोसँग काम गर्दैनन्, तब धेरै प्रकारका विकारहरू देखा पर्छन्– एन्जलम्यान सिनड्रोम जस्तै। यसका…