Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Breaking News 1 Archives - Page 26 of 52 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking News 1

७० करोड टेप प्रकरणको अनुसन्धान जारी, टेरामक्स अनुसन्धानको रिजल्ट चाँडै आउँछ : अख्तियार प्रमुख राई

७० करोड टेप प्रकरणको अनुसन्धान जारी, टेरामक्स अनुसन्धानको रिजल्ट चाँडै आउँछ : अख्तियार प्रमुख राई

काठमाडौँ, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ७० करोड टेप प्रकरणको अनुसन्धान भइरहेको र टेरामक्स अनुसन्धानको रिजल्ट पनि चाँडै आउने बताएका छन् ।  मङ्गलवार बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान भइरहेको र सबुत प्रमाण नभएसम्म कसैलाई पनि अभियुक्त बनाएर मुद्दा दर्ता नगरिने स्पष्ट पारे ।  २०७६ फागुनमा तत्कालीन सञ्चार मन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको मागेको भनिएको अडियो सार्वजनिक भएको थियो ।  साथै उनले टेरामक्स प्रकरणको पनि अनुसन्धान भइरहेकाले चाँडै रिजल्ट आउने दाबी…
Read More
नामिबियासँग नेपाल २० रनले पराजित

नामिबियासँग नेपाल २० रनले पराजित

काठमाडौँ, १५ फागुन । नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो । नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुँदै १८६ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए भने कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३२, सोमपाल कामीले ११ बलमा २६ रन तथा गुलशन झाले १२ रन बनाएका थिए । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले सर्वाधिक ४ विकेट लिए भने बेर्नार्ड स्कोल्ज, जान फ्राईलिंक र जान निकोलले २-२ विकेट लिएका थिए । यसअघि टस जितेर…
Read More
त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, नेपाल र नामिबिया खेल्दै

त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, नेपाल र नामिबिया खेल्दै

काठमाडौँ, १५ फागुन । नेपाल, नामिबिया र नेदरल्याण्डसबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि सुरु हुँदै छ । सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् । त्रिभुवन विश्वविद्यालय खेल मैदान, कीर्तिपुरमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि सुरु हुदैँछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, रसिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहरा रहेका छन्…
Read More
छिरिङले राष्ट्रपति पौडेलबाट पाइन् गिनिस बुकको प्रमाणपत्र

छिरिङले राष्ट्रपति पौडेलबाट पाइन् गिनिस बुकको प्रमाणपत्र

काठमाडौँ, १४ फागुन । सोलुखुम्बुको काला पत्थरमा सर्वाधिक उचाइमा नृत्यको रेकर्ड राख्दै गिनिस बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएकी अभिनेत्री छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिस बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र लिएकी छन् । छिरिङ र जगदीश गुरुङ(जेडी तमु)ले सन् २०२२ नोभेम्बर १७ मा ५ हजार २ सय ७८ मिटरको उचाइमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट एल्टिच्यूड कोरियोग्राफ्ड डान्स अन ल्यान्ड(पेयर)’को रेकर्ड राखेका थिए । राष्ट्रपति पौडेलले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गर्दै उनलाई बधाई दिएका थिए । सन् २०२४ को स्प्रिङ(अप्रिल­–मे­)मा सगरमाथासमेत आरोहण गर्न लागेकी छिरिङलाई आरोहणको शुभकामना पनि दिएका थिए । ‘राष्ट्रपतिज्यूले एक महिलाले पाएको यो उपलब्धि देशकै लागि गर्वको…
Read More
त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टिमको घोषणा

त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टिमको घोषणा

काठमाडौँ, १३ फागुन । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नामिबिया र नेदरल्याण्डससँग मङ्गलवारदेखि हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ । क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो । हालै एक दिवसीय टिममा कम ब्याक गरेका अनिल शाहले टी-२० टिममा पनि कम ब्याक गरेका छन् । त्यस्तै नेपाल ए टिमका कप्तान विनोद भण्डारी, नेपाल ए टिममा रहेका रसिद खान, सन्दीप जोरालाई टिममा समावेश गरिएको छ । नेपाली टीम: रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक…
Read More
वाफको सेमिफाइनलमा समीकरण पुरा, नेपालको प्रतिद्वन्द्वी लेबनान

वाफको सेमिफाइनलमा समीकरण पुरा, नेपालको प्रतिद्वन्द्वी लेबनान

काठमाडौँ, १३ फागुन । साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ। गए राती समूह 'बि' का अन्तिम खेल सकिएसँगै सेमिफाइनलको समीकरण टुङ्गो लागेको हो। गए राती नेपालले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको थियो। नेपालको जितमा सावित्रा भण्डारीले २ गोल गरेकी थिइन्। योसँगै सावित्राको नेपालका लागि अन्तर्राष्ट्रिय गोल सङ्ख्या ५२ पुगेको छ। त्यसै गरी नेपालका लागिओ रेखा पौडेल र गीता रानाले एक एक गोल गरेका थिए। यो जितपछि नेपाल समूह चरणमा तिनै खेलमा विजयी हुँदै समूह विजेता बनेर सेमिफाइनलमा पुगेको छ। त्यस्तै हारका बाबजुद प्यालेस्टाइन पनि उपविजेता बन्दै सेमिफाइनलमा…
Read More
तीन करोडभन्दा साना योजना अब प्रदेश र स्थानीय तहमा पठाइने

तीन करोडभन्दा साना योजना अब प्रदेश र स्थानीय तहमा पठाइने

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । शनिवार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताएका हुन । प्रधानमन्त्रीले भने, ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्छौँ। तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्। बजेटको क्षेत्र तोकेर पठाइन्छ। आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ ।’ नयाँ योजना धेरै नथपीकन पूरा…
Read More
वाफा च्याम्पियन: नेपाल आज प्यालेस्टाईनसँग भिडदै

वाफा च्याम्पियन: नेपाल आज प्यालेस्टाईनसँग भिडदै

काठमाडौँ , १२ फागुन । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले आज अन्तिम खेल खेल्दै छ । नेपालले आज प्यालेस्टाइनसँग खेल्दै छ । नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । प्यालेस्टाइनले आफ्नो दोस्रो खेलमा सिरियालाई पराजित गरेसँगै समुह बी बाट नेपाल र प्यालेस्टाइनले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।अब समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्ने छ भने सिरियाले इराकको सामना गर्ने छ । यो खेलपछि समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।त्यसैगरी समुह ए बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ । समुह ए…
Read More
इराकविरुद्ध नेपालको शानदार जित, साम्बा एक्लैले गरिन् पाँच गोल

इराकविरुद्ध नेपालको शानदार जित, साम्बा एक्लैले गरिन् पाँच गोल

काठमाडौँ, १० फागुन । नेपाली महिला फुटबल टिमले इराकविरुद्ध शानदार जित हासिल गरेको छ । साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले इराकलाई ५-० गोल अन्तरले पराजित गरेको हो । जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न खेलमा नेपालका लागि सबै पाँच गोल सावित्रा भण्डारी (साम्बा) ले गरेकी थिइन् । योसँगै प्रतियोगितामा कुल ६ गोल गर्दै प्रतियोगितामा धेरै गोल गर्ने खेलाडीको सूचीमा उनी शीर्ष स्थानमा पुगेकी छन् ।  पहिलो हाफमा चार गोल गरेकी भण्डारीले दोस्रो हाफको ८०औ मिनेटमा पाँचौँ गोल गरेकी थिइन् । यसअघि पहिलो हाफमा सावित्राले खेलको १४औँ मिनेटमा पहिलो १५औँ मिनेटमा दोस्रो, ३७औँ…
Read More
वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

काठमाडौँ, १० फागुन । नेपालले साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज दोस्रो खेल खेल्दै छ । यस प्रतियोगितामा नेपालले समूह चरणको दोस्रो खेलमा इराकको सामना गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा हुदैँछ । नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरको जित हासिल गर्दै महत्त्वपूर्ण ३ अङ्क हासिल गरेको थियो भने पहिलो खेलमा इराक भने प्यालेस्टाइनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।  समूह बी अन्तर्गत नै आज सिरिया र प्यालेस्टाइन बिचको खेल पनि हुदैँछ ।  यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रूपमा…
Read More