Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
मनोरञ्जन Archives - Page 2 of 5 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

मनोरञ्जन

आज अप्रिल फूल ! कसरी सुरु भयो मूर्ख बनाउन ?

आज अप्रिल फूल ! कसरी सुरु भयो मूर्ख बनाउन ?

काठमाडौँ । आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ । आज संसारभर मूर्ख दिवस मनाइन्छ । यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिन रूपमा लिएको पाइन्छ । अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने कुराको कुनै आधिकारिक तथ्य उपलब्ध छैन। मध्यकालमा युरोपका धेरै सहरमा २५ मार्चका दिन नयाँ वर्ष मनाइन्थ्यो जुन अप्रिल १ मा अन्त्य हुन्थ्यो । सन् १५८२ मा पोप चार्ल्स नवौँले पुरानो क्यालेन्डरको स्थानमा नयाँ रोमन क्यालेन्डर लागू गरेपछि सन् १५८२ देखि नयाँ वर्षको पहिलो दिनका…
Read More
‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनौट

‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनौट

काठमाडौँ । फिल्म ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको १४औँ संस्करणमा छनोट भएको छ । नवीन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सवलगायतमा प्रदर्शन भइसकेको छ ।  राई जातिको सामाजिक पृष्ठभूमिमा चलचित्र निर्माण गरिएको छ । निर्देशक सुब्बाले चलचित्रमा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोको डालो बनाएर जीविकोपार्जन गरिरहेका एक परिवारको गाउँमा मोटर बाटो भित्रिएसँगै आएका परिवर्तनले ल्याउने उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको छ ।  यो फिल्म बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव विसं २०८१ वैशाख ७ देखि १० सम्म (अप्रिल १९ देखि २२) सम्म चल्ने छ ।  ‘गाउँ आएको बाटो’ मा…
Read More
‘महाजात्रा’ को बम्पर सुरुआत, पूर्व रानीले पनि हेरिन्

‘महाजात्रा’ को बम्पर सुरुआत, पूर्व रानीले पनि हेरिन्

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ को बम्पर सुरुआत भएको छ । चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ । प्रदर्शनको पहिलो दिन नेपालका अधिकांश सो हाउसफुल भएका छन् भने विदेशमा पनि दर्शकको साथ पाएको छ । फिल्म हेर्न हल पुगेका दर्शकले ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट भनेको ‘महाजात्रा’ लाई पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाहले पनि हेरेकी छन् । शुक्रवार बेलुकी काठमाडौँस्थित सिभिल मलमा हिमानी ट्रस्टद्वारा आयोजित शोमा सहभागी हुँदै उनले फिल्म हेरेकी हुन् । फिल्म हेरेपछि उनले ‘महाजात्रा’ टिमसँग भेटघाट गर्दै बधाई दिइन्…
Read More
मेयर बालेनले ‘अगस्त्य’ हेरेर गरे तारिफ, दोस्रो सातामा फिल्मको व्यापारमा उछाल

मेयर बालेनले ‘अगस्त्य’ हेरेर गरे तारिफ, दोस्रो सातामा फिल्मको व्यापारमा उछाल

काठमाडौँ, २९ फागुन । रिलिजको दोस्रो सातामा प्रवेश गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’लाई दर्शकले उच्च साथ दिएका छन्। प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मको दोस्रो सातामा कम सोहरू भए पनि दर्शकको चाप भने घटेको देखिँदैन। फिल्मले पाएको सोजमा दर्शकको अकुपेन्सी सुखद रहेको छ। फागुनको १८ गतेबाट प्रदर्शनमा आएको एक्सन–थ्रीलर फिल्म ‘अगस्त्य’को उच्च ‘वर्ड अफ माउथ’ले व्यापार पनि उत्साहजनक निरन्तरता पाइरहेको देख्न सकिन्छ। विशेष गरी फिल्मको दिवा र रात्रि सोजमा दर्शकको चाप उच्च रहेको छ भने कति सोज हाउस फुल भइरहेका छन्। फिल्मको यही हिसाबको अकुपेन्सी अनुपात हेर्दा ‘अगस्त्य’ले भोलिका दिनबाट बक्स अफिसमा अझै राम्रो व्यापार गर्ने देखिएको छ। तर,…
Read More
बाफ्टा फिल्म अवार्डमा ‘ओपेनहाइमर’को रजगज, भयो उत्कृष्ट फिल्म

बाफ्टा फिल्म अवार्डमा ‘ओपेनहाइमर’को रजगज, भयो उत्कृष्ट फिल्म

द ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स अर्थात् बाफ्टा फिल्म अवार्ड लन्डनमा आयोजना गरिएको थियो । यी अवार्डहरू निकै प्रतिष्ठित अवार्ड मानिन्छन्। ब्रिटिस र अन्तर्राष्ट्रिय सिनेमाका उत्कृष्ट फिल्महरू सहित विभिन्न विधामा कलाकारहरूलाई सम्मान गरिन्छ। यस पटकको बाफ्टा अवार्डमा क्रिस्टोफर नोलनको एटम बमको निर्माणको बारेमा बनेको महाकाव्य फिल्म ‘ओपेनहाइमर’ ले हलचल मच्चाएको छ । फिल्मले कुल सात अवार्ड जितेको थियो । 'ओपेनहाइमरू ले १ बिलियन डलर भन्दा बढी कमाएको छ, यो फिल्मले गोल्डेन ग्लोब्स र क्रिटिक्स च्वाइस अवार्डहरूमा पहिले नै ठुलो जित हासिल गरिसकेको छ, र अब ओस्करको लागि अग्र पङ्क्तिमा छ।  हामी यहाँ थाहा दिनेछौँ कि बाफ्टा फिल्म अवार्ड…
Read More
‘दङ्गल’की कान्छी अभिनेत्री सुहानीको निधन, अमिर खान थिए उनीसँग निकै प्रभावित

‘दङ्गल’की कान्छी अभिनेत्री सुहानीको निधन, अमिर खान थिए उनीसँग निकै प्रभावित

मुम्बई, ६ फागुन । दङ्गलमा आमिर खानकी छोरीको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । सुहानी भटनागरसँगै जायरा वसीम पनि आमिर खानकी छोरीहरूको बाल्यकालको भूमिकामा देखिएकी थिइन् । र, आमिरले दुवैको तारिफ गरेका थिए । इन्डियन एक्सप्रेसका अनुसार जब दङ्गल २०१६ मा रिलिज हुन लागेको थियो, तब आमिर खानले सुहानीको तारिफ गर्दै उनी आफूभन्दा राम्रो अभिनेत्री भएको बताएका थिए । आमिरले भनेका थिए, ‘यदि फिल्ममा हामी सबैको अभिनयको मूल्याङ्कन गर्ने हो भने म यी दुई बच्चालाई मेरो अभिनयभन्दा दश गुणा राम्रो भन्छु। फिल्म रिलिज भएपछि दर्शकले यो पनि देख्नेछन्।’ नभन्दै उनको अभिनयको सबैतिर तारिफ हुन पुग्यो…
Read More
बर्लिनमा नेपाली फिल्मको इतिहास, मीन भामको ‘साम्बाला’ बर्लिनको मुख्य प्रतिस्पर्धामा

बर्लिनमा नेपाली फिल्मको इतिहास, मीन भामको ‘साम्बाला’ बर्लिनको मुख्य प्रतिस्पर्धामा

काठमाडौँ,  ९ माघ । मीन भामको बह प्रतीक्षित फिल्म ‘साम्बाला’ले बर्लिन् फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनौट हुने इतिहास रचेको छ ।   सोमबार बर्लिन् फेस्टिभलका आयोजकले मुख्य प्रतिस्पर्धामा रहेका २० इन्टरनेसनल फिल्मको सूचीमा  मीनकोे  ‘साम्बाला’ पनि रहेको जानकारी गराएसँगै नेपालले इतिहास बनाएको हो ।   नेपाली फिल्म अहिलेसम्म भेनिसको दोस्रो मुख्य विधा होरिजेन्टलमा छानिएको इतिहास थियो भने बुसानमा पनि मुख्य विधा बाहेकका अवार्डमा प्रतिस्पर्धी रहेका थिए । नेपाली फिचर फिल्म बर्लिनमा छनौट हुने इतिहास भने दीपक रौनियार निर्देशित ‘हाइवे’ले राखेको थियो । यो फिल्म ६२ औँ संस्करणमा आधिकारिक रूपमा छनौट भएको थियो । बर्लिनलाई युरोपको कान्स र भेनिसपछि तेस्रो ठुलो फिल्म फेस्टिभल…
Read More
‘नरुनु आमा’ प्रगतिशील गीत, सङ्गीतको क्षेत्रमा नयाँ आयाम ः वि.क.

‘नरुनु आमा’ प्रगतिशील गीत, सङ्गीतको क्षेत्रमा नयाँ आयाम ः वि.क.

काठमाडौँ, माघ ७ गते । ‘सङ्गठन निर्माण गर्दै हिँड्दा कतिपय मानिसहरूको लागि बोलेको कुरा मात्र नसुन्ने अवस्था थियो । पार्टीका किताब र पत्रिका बेच्दै हिँड्दा बाइबलको प्रचार गर्न त आएको होइन ? भनेर आरोप पनि लगाइयो । यस प्रकारको अप्ठ्यारो अवस्थाहरूसँग सङ्घर्ष गर्दै एउटा क्रान्तिकारी गीति एल्बम निर्माण गर्ने सोच आयो ।’ ‘नरुनु आमा’ गीति एल्बमका रचयिता दीप गोलेको भनाइ हो यो । ‘पार्टी तथा आन्दोलनमा लागिरहँदा आमाले आफ्नो घर व्यवहारमा मात्र सीमित हुन गरेको अनुरोधलाई गीतको माध्यमबाट सचेत पार्न खोजिएको’ गीतकार दीप गोलेले विमोचन कार्यक्रममा अध्यक्ष मन्तव्यको अवसरमा बताउनुभयो– ‘यो एल्बमको माध्यमबाट मेरो आमाको साथै थुप्रै आमाहरुलाई क्रान्ति र…
Read More
नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल चैतमा ४० देशका ८८ फिल्म देखाइने

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल चैतमा ४० देशका ८८ फिल्म देखाइने

काठमाडौँ ,२ माघ । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौँ संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ ।   आयोजक नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले मङ्गलवार नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा प्रदर्शन हुने फिल्महरूको सूची सार्वजनिक गर्दै महोत्सव अवधिभर समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र पनि सञ्चालन हुने जानकारी गराएको छ । महोत्सवका अध्यक्ष केपी पाठकले फिल्मको लाइन अप सार्वजनिक गर्दै यो संस्करणमा ६० देशका ५०० बढी प्राप्त भएकोमा छनौट समितिले ४०  देशका ८८ वटा फिल्म छानिएको बताए । ‘निफलाई प्राप्त फिल्मको सङ्ख्याले हामीलाई उत्साहित बनाएको छ । फिल्म आउने यो अनुपात हेर्दा ५…
Read More
यी हुन विश्वकै सबैभन्दा ७ मंहगा फिल्म, जसको निर्माणका लागि अर्बाै खर्च गरियो

यी हुन विश्वकै सबैभन्दा ७ मंहगा फिल्म, जसको निर्माणका लागि अर्बाै खर्च गरियो

काठमाडौँ, २ माघ । साउथ इन्डियनका सुपरस्टार प्रभास, कृति सेनन र सैफ अलि खान स्टारर फिल्म ‘आदिपुरुष’ गत वर्ष ठुलो पर्दामा रिलिज भएको थियो, जुन ५५० देखि ७०० करोड रुपैयाँ खर्चेर बनेको थियो । तर के तपाईँलाई थाहा छ,  ‘आदिपुरुष’ संसारको सबैभन्दा महँगो फिल्म होइन तर विश्वमा यस्ता धेरै फिल्म बनेका छन् जुन आदि पुरुष भन्दा ६ गुणा महँगो छन् ।   त्यसो भए आज हामी तपाईँलाई ७ यस्ता चलचित्रहरू बारे जानकारी दिन्छौँ, जुन बलिउड फिल्म आदिपुरुष भन्दा धेरै गुणा बढी बजेटमा बनेको थियो।   स्टार वार्स द फोर्स अवेकेंस हलिउड फिल्म स्टार वार्स द फोर्स अवेकन्स सन् २०१५ मा…
Read More