health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, २९ फागुन । रिलिजको दोस्रो सातामा प्रवेश गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’लाई दर्शकले उच्च साथ दिएका छन्।
प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मको दोस्रो सातामा कम सोहरू भए पनि दर्शकको चाप भने घटेको देखिँदैन। फिल्मले पाएको सोजमा दर्शकको अकुपेन्सी सुखद रहेको छ।
फागुनको १८ गतेबाट प्रदर्शनमा आएको एक्सन–थ्रीलर फिल्म ‘अगस्त्य’को उच्च ‘वर्ड अफ माउथ’ले व्यापार पनि उत्साहजनक निरन्तरता पाइरहेको देख्न सकिन्छ। विशेष गरी फिल्मको दिवा र रात्रि सोजमा दर्शकको चाप उच्च रहेको छ भने कति सोज हाउस फुल भइरहेका छन्। फिल्मको यही हिसाबको अकुपेन्सी अनुपात हेर्दा ‘अगस्त्य’ले भोलिका दिनबाट बक्स अफिसमा अझै राम्रो व्यापार गर्ने देखिएको छ। तर, फिल्मले दोस्रो सातामा जति सोज पाएको छ, सबै सोजमा दर्शकको अकुपेन्सी राम्रो छ।
प्रदर्शन अगावैबाट उच्च ‘हाइप’ मिलेको यस फिल्मको मेकिङ, कथावस्तु, कलाकारको अभिनय, एक्सनलाई दर्शकले निकै रुचाएका छन्। कतिले फिल्म बुलन्द भनेका छन् भने कतिले मेकिङ, क्लाइमेक्सको सस्पेन्स र कलाकारको अभिनय रुचाइएका छन्। यही कारण हलमा दर्शक पनि बढिरहेका हुन्।
यस्तै, नेपालपछि अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन भएको यो फिल्मलाई विदेशी दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन्। यो फिल्मले अस्ट्रेलियामा समेत हाउस फुलको निरन्तरता पाइरहेको छ।
दर्शकले अगस्त्य च्याप्टर १ हेरेर निस्कँदै गर्दा फिल्मको अन्त्य तिर को हो गणेश? भन्ने सस्पेन्सले दर्शकहरू माझ थप एक खालको चासोको विषय बनाइदिएको पाइन्छ।
यति बेला हलमा स्वदेशी र विदेशी सहित ६ फिल्मसँग प्रतिस्पर्धा गरिरहेको छ। यसका बाबजुद पनि फिल्म व्यापारमा कमजोर देखिएको छैन। दोस्रो हप्तामा देशभरका हलमा फिल्मको अकुपेन्सी ७० प्रतिशतमाथि रहेको छ। कति हलहरूले अन्य फिल्मलाई भन्दा बढी सोज ‘अगस्त्य’लाई प्रदान गरेका छन्।
देशकै सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई देशभर १९ सो दिएको छ। कमजोर समीक्षा पाउँदा पनि फिल्मको व्यापार स्थिर रहनु निर्माण टिमका लागि ठुलो जीत देखिएको छ। विशेष गरी फिल्मले युवापुस्तालाई हलमा तानेको देखिन्छ।
सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म ‘अगस्त्य’ हेर्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आफ्नो टिम सहित शनिवार बेलुकी दरबारमार्गमा रहेको क्यूएफएक्स हलमा पुगेका थिए।
फिल्म हेरेर मेयर बालेनले निर्देशको चौधरीको सोच, कलाकारहरूले गरेको मेहनत र छायाङ्कन पक्षको प्रशंसा गर्दै राम्रो लागेको प्रतिक्रिया दिएका थिए।
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ।
दर्शकबाट पाएको उत्सपूर्वक प्रतिक्रिया र व्यापार राम्रो भएपछि निर्माण पक्ष ’च्याप्टर २’का लागि उत्साहित भएको छ । जसलाई सन् २०२६ भित्र सार्वजनिक प्रदर्शन गर्ने जनाइएको छ।