14
Mar
वासिङ्टन, १ चैत । अमेरिकामा टिकटक माथि प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला भएको छ । अमेरिकी संसद्ले बुधवार पारित गरेको एक विधेयकमा भएको व्यवस्था अनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुल्ला गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यदि टिकटकका चिनिया मालिकाले सो कम्पनीमा रहेको आफ्नो हिस्सेदारी बेचेनन् भने अमेरिकामा अब टिकटक प्रतिबन्ध हुने भएको छ । टिकटक प्रतिबन्धको पक्षमा रहेका सांसदहरू अनुसार सो कम्पनीको हालको स्वामित्व संरचना यस्तो छ कि त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षा माथि खतरा देखिएको छ, जसका कारण अमेरिका यसमा निकै चिन्तित रहेको छ । सो विधेयक ३२५–६५ मतसहित पारित भएसँगै सो विधेयकलाई अब सिनेटमा…