Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
हैटीको जेलबाट ४ हजार कैदी फरार, १२ को मृत्यु, सरकारले लगायो सङ्कटकाल - Gyaan Ghar

Gyaan Ghar

Advertisement

हैटीको जेलबाट ४ हजार कैदी फरार, १२ को मृत्यु, सरकारले लगायो सङ्कटकाल


काठमाडौँ, २१ फागुन । क्यारेबियन देश हाइटीको सरकारले देशमा ७२ घण्टाको सङ्कटकाल घोषणा गरेको छ । 

एक सातादेखि जारी हिंसालाई मध्यनजर गर्दै सङ्कटकाल लगाउने निर्णय गरेको त्यहाँको सरकारले जनाएको छ ।

सशस्त्र समूहले पोर्ट–ओ–प्रिन्स जेलमा आक्रमण गरे पछि हाइटी सरकारले आइतबार ७२ घण्टाको आपत्काल घोषणा गरेको हो । जेल ब्रेकमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो र करिब ३,७०० कैदीहरू भागेका थिए।

गिरोहका नेताहरूले विदेश भ्रमण गरेका प्रधानमन्त्री एरियल हेनरीलाई जबरजस्ती राजीनामा  चाहेको बताएका छन्। उसलाई हटाउने समूहहरूले पोर्ट ओ प्रिन्सको लगभग ८० प्रतिशत भाग नियन्त्रण गर्छन्। गिरोह हिंसाले हाइटीलाई वर्षौँदेखि ग्रस्त बनाएको छ।


वास्तवमा गत फ्रेवुअरी २९ मा देशमा रहेका आपराधिक गिरोहका सदस्यले धेरै सरकारी संस्थामा आक्रमण गरेका थिए । उनीहरूले जेलमा आक्रमण गरेपछि लगभग ४ हजार कैदी भागेका थिए ।


यी हतियारधारीहरूले देशका धेरै ठाउँमा पसल र घरमा आगजनी र तोडफोड गरिरहेका छन् । हिंसामा हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । हिंसाको कारण प्रधानमन्त्री एरियल हेनरीको विदेश भ्रमण रहेको बताइएको छ । यसबाट असन्तुष्ट अपराधी गिरोहका मानिसहरूले उनको राजीनामाको माग गरिरहेका छन् ।


बिबिसीका अनुसार प्रधानमन्त्री एरियल हेनरीले केन्याको भ्रमण गरेपछि हाइटीमा हिंसा सुरु भएको हो । वास्तवमा केन्याको नेतृत्वमा रहेको बहुराष्ट्रिय सुरक्षा बल हाइटीमा तैनाथ गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री नैरोबी गएका थिए । त्यसपछि हाइटीका सबै आपराधिक गिरोहले एकताबद्ध भएर प्रधानमन्त्रीलाई पदबाट हटाउन हिंसा गर्न थालेका हुन ।

हाइटी प्रहरीले आपराधिक गिरोहसँग आबद्ध अपराधीलाई पक्राउ गर्न सेनासँग सहयोग मागेको छ । सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२ मार्चमा दुई वटा कारागारमा आक्रमण भएको थियो । यहाँबाट ४ हजार कैदी भागे । कतिपयलाई प्रहरीले मारेको छ । देशमा जारी हिंसामा हालसम्म १२ सर्वसाधारणको मृत्यु भइसकेको छ । फरार कैदीहरूमा २०२१ मा हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या गर्ने कैदी पनि समावेश रहेको जनाइएको छ ।
 


प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...