24
Apr
बेइजिङ, १२ वैशाख । दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा बढी मानिसलाई विस्थापित गरिएको छ । सरकारले प्रभावित क्षेत्रमा मङ्गलवार र बुधवार भारी वर्षा हुने चेतावनी दिए लगत्तै उनीहरूलाई स्थानान्तरण गरिएको हो । हालैका दिनहरूमा ग्वाङ्डोङमा भीषण वर्षा भइरहेको छ, जसका कारण नदीको स्तर उकालो लागेका छन् र गम्भीर बाढीको सम्भावना बढेको छ। मङ्गलवार सेन्जेनको मेगासिटीमा धेरै भारी वर्षा भएको छ, जो बाढी प्रभावित क्षेत्रहरू मध्ये एक थियो र बाढीको जोखिम धेरै उच्च रहेको सहरको मौसम विभागले भन्यो। तर पछि आँधी कमजोर भएपछि चेतावनी कम गरिएको थियो । यद्पी मानिसहरूलाई विपदवाट सतर्क रहन आग्रह गरिएको छ ।…