Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 83 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

राजमो नेतृ दुर्गा पौडेलाई दोस्रो स्टेजको डेंगु

राजमो नेतृ दुर्गा पौडेलाई दोस्रो स्टेजको डेंगु

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलाई दोस्रो स्टेजको डेंगुले आक्रमण गरेको छ । केही दिनअघि राजनीतिक कामले प्युठान जानुभएका पौडेलले बिसन्चो महसुस गरेपछि काठमाडौँ फर्कनुभएको थियो । उच्च ज्वरो आएपछि पौडेल भदौ २९ गते ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो ।  अस्पताल भर्ना भएकी नेतृ पौडेललाई निरन्तर रूपमा प्लाज्मा चढाइँदै छ । नेतृ पौडेलको ओ पोजेटिभ रगत रहेको र आज पनि घनश्याम न्यौपाने, भीष्म जोशी, विष्णु बेल्बासे र किरण पाण्डेले रक्तदान गर्नु भएको थियो । हिजो नेतृ पौडेलको प्लेटलेस छत्तीस हजार रहे पनि आज घटेर चौबिस हजार पुगेको अवस्था छ । वहाँलाई निरन्तर रूपमा फलो गरिरहनु भएका हेम्स अस्पतालका डा.कुमार…
Read More
‘किसान समस्यालाई विचारसँग नजोड्दा अर्थवादको सिकार’

‘किसान समस्यालाई विचारसँग नजोड्दा अर्थवादको सिकार’

काठमाडौँ । 'नेपालमा किसान आन्दोलन कमजोर हुँदै जानुमा विचारको पक्ष कमजोर हुँदै जानु हो',  नेकपा(मसाल)का महामन्त्री मोहन विक्रम सिंहले बताउनु भयो । अखिल नेपाल किसान महासङ्घ(अप्फा)को आयोजनामा भाद्र ३० गते काठमाडौँ जिल्लाले आयोजना गरेको भेला तथा प्रशिक्षण आयोजनामा वहाँले सो धारणा राख्नुभएको हो ।  विचार, दृष्टिकोणले सबै कुरा प्रभावित पार्ने बताउँदै महामन्त्री सिंहले   'किसानहरूको बिचमा प्रतिक्रियावादी, सामन्तवादी विचार पसेको त्यसका साथै विभिन्न एनजिओ तथा आइ एनजिओले भ्रमको खेती गरिरहेका कारण नेपालमा किसान आन्दोलन कमजोर हुँदै गएको’  बताउनुभयो  - 'विचारको पक्ष कमजोर हुँदै जाँदा अहिले किसानको  बेग्लै समाज बनी सकेको  अवस्था छ ।'  त्यसैले वहाँको धारणा थियो, 'किसान समस्यासँग  राजनीति र सिद्धान्त पनि जोड्नु…
Read More
लिबियामा डेनियल तुफानले ७००० जनाको मृत्यु

लिबियामा डेनियल तुफानले ७००० जनाको मृत्यु

अफ्रिकी देश लिबियामा आएको डेनियल तुफान र बाढीले अहिलेसम्म सात हजार जनाको मृत्यु भइसकेको छ । तुफानपछि डेर्ना सहरको दुई वटा ड्याम नष्ट हुँदा लगभग १०हजार जनसङ्ख्या भएको सो सहर पूर्ण रूपमा नष्ट भएको छ । ड्यामको उँचाइ २२० फिट अग्लो रहेको बताइएको छ ।  लिबियामा आएको यस प्रकारको प्राकृतिक प्रकोपले बिस हजार भन्दा बढी मानिस बेपत्ता भएको अवस्था छ । अलजजीरा मिडियाका अनुसार त्यहाँको अवस्था एकदमै भयानक अवस्थामा छ । घरभित्र लासहरू सडेको तथा कतिपय लासहरू समुन्द्रमा बगिरहेको अवस्था छ । रेस्कूयमा संलग्न कैयौँ सैनिकहरू समेत बेपत्ता भइरहेको अवस्था छ ।  स्मरण रहोस्, डेलियल तुफान गएको हप्ता ग्रिस, तुर्की र…
Read More
मलद्वारमा लुकाएर सुन तस्करी

मलद्वारमा लुकाएर सुन तस्करी

काठमाडौँ । दुबईबाट झन्डै एक किलो सुनसहित तीन जना पक्राउ परेका छन्। काठमाडौँ प्रहरी परिसरले हिमालयन एयरलाइन्सबाट ९६० ग्राम सुन लिएर आएका बाबुलाल दोङलाई सुरुमा पक्राउ गरेको थियो। उनले मलद्वारमा लुकाएर उक्त सुन ल्याएका थिए। दोङले भन्सार छली ल्याएको सुन लिन आएका अरू दुई जना पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका ३ घट्टे खोलाका ३३ वर्षीय जगत् लामा र काभ्रेकै महाभारत गाउँपालिका ३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेको काठमाडौँ परिसरका डिएसपी अनिल अधिकारीले जानकारी दिए । दुबईबाट सुन ल्याउने दोङ काभ्रेको खानी खोला गाउँपालिका ३ का हुन्। हाल पनौती…
Read More
रहेनन् लेखक तथा पत्रकार राजेन्द्र पराजुली 

रहेनन् लेखक तथा पत्रकार राजेन्द्र पराजुली 

काठमाडौँ । लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान निधन भएको हो ।  लेखक पराजुली निमोनियाका कारण अस्पतालमा उपचारार्थ भर्ना हुनु भएको थियो । २०२१ वैशाख १३ कोटेश्वरमा जन्मनु भएका पराजुलीको प्रथम कथा नयाँ सन्देश साप्ताहिकमा प्रकाशन भएको थियो । पराजुलीका कथासङ्ग्रह जन्तर मन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चस्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् ।  उहाँको ‘कोटेश्वरको केटो’ संस्मरण सङ्ग्रहले निकै चर्चा बटुलेको थियो । पत्रकारितामा पनि उहाँ निकै सशक्त रूपमा लाग्नु भएको थियो । उहाँले हिमाल खबर पत्रिका, नागरिक…
Read More
सूर्य विनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ ३ असोजदेखि

सूर्य विनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ ३ असोजदेखि

काठमाडौँ – सूर्य विनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ ३ असोजदेखि सञ्चालन हुने भएको छ।  संविधान दिवसको अवसरमा ‘द्रुत बस सेवा’ सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ। रत्नपार्कदेखि जडिबुटी र जडीबुटीदेखि सुर्यविनायक सम्म दुई मार्ग बनाएर एकै दिन सुरु हुने भएको छ।  बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि मन्त्री ज्वालाले द्रुत बस सेवाको अवधारणा ल्याउनुभएको हो । ‘द्रुत बस सेवा’का लागि आवश्यक पर्ने २५ वटा बसहरु तयारी अवस्थामा राखिएको यातायात ब्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए। व्यवसायीहरुसँग सहकार्य गरी उनीहरुकै बसहरु सञ्चालन गर्न लागिएको हो…
Read More
हृदयाघातबाट एमाले नेता सुवास नेम्वाङको निधन

हृदयाघातबाट एमाले नेता सुवास नेम्वाङको निधन

पूर्व सभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको हृदयाघातबाट निधन भएको छ। सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएपछि  उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको हो । नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए। गएको मङ्सिर ४ गते भएको निर्वाचनमा उनी इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।  पूर्व सभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । इलाम बजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९…
Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  अवरोध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सोमबार भन्सार जाँच पास अवरोध गरेका छन् । ।  आन्दोलनरत कर्मचारीले औषधि बाहेकका सबै वस्तु पास ठप्प पारेका हुन्। २ साउनमा विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । कर्मचारीहरूले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार र मङ्गलवार त्रिभुवन भन्सार कार्यालयबाट हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रूपमा बन्द गर्ने उल्लेख गरेका छन्।  ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ । सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसँग पनि बयान लिइरहेको छ भने केही कर्मचारीविरुद्ध…
Read More
  गुरुङलाई दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश

  गुरुङलाई दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग रु दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश गरेको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले आज उक्त धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो । अदालतका स्रेस्तादार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारिखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी रकम भने सबैको फरक फरक छ । धरौटी रकममा शिवजी भट्टसँग रु तीन लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग रु…
Read More
मोरक्को भूकम्पमा मृत्यु हुनेको सङ्ख्या  २००० नाघ्यो

मोरक्को भूकम्पमा मृत्यु हुनेको सङ्ख्या  २००० नाघ्यो

२३ भदौ । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म २०१२ भन्दा बढीकाे मृत्यु भएको छ भने २०५ ९ जना घाइते भएको छन । ७.२ रेक्टरको भुकम्पले गर्दा कैयौं भवनहरु ढलेका छन् भते जनजीवन अस्तव्यस्त भएका छन् । मोरक्कोमा १२० बर्षको इतिहासमा यो सबैभन्दा ठूलो भुकम्प हो । शुक्रबार राति ११ :११ बजे भएको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।  शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् । शुक्रवारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् ।  सरकारी अधिकारीहरूका अनुसार…
Read More