Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 39 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

सांसदको टोली भारत भ्रमणमा

सांसदको टोली भारत भ्रमणमा

काठमाडौँ, १६ माघ । सङ्घीय संसद्को एक टोली भारत भ्रमणमा गएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवसहित समितिका अन्य सदस्यहरू मङ्गलवार भारत प्रस्थान गरेका हुन् ।  भारतीय संसद्को अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मङ्गलवार उनीहरू भारत गएका हुन् । भारत भ्रमणमा जानेहरूमा  यादवसहित सुनिता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गङ्गाराम चौधरी रहेका छन् ।  सो टोली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँ दिल्ली प्रस्थान गरेको हो ।  
Read More
आज सहिदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री 

आज सहिदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री 

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन सहिदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् ।  सहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् सहिदहरूले उच्च बलिदान गर्नुभएको छ, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने सहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।” सहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले सहिदहरूप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण…
Read More
आजदेखि देशभरका सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

आजदेखि देशभरका सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौँ, १६ मङ्गलवार। मङ्गलवार देखी देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्। सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो। सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो। वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। शुक्रवारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृह मन्त्रालयले जनाएको छ। सरकारले दिउँसो १:३० देखि २ बजेसम्म खाजा खाने समय…
Read More
एकीकृत समाजवादीमा हट्यो ७० वर्षे उमेर हद

एकीकृत समाजवादीमा हट्यो ७० वर्षे उमेर हद

काठमाडौँ, १५ माघ । सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टी नेताहरूको उमेर हद हटाएको छ। काठमाडौँमा आइतबार र सोमबार दुई दिन बसेको दोस्रो केन्द्रीय परिषद् बैठकले यसअघि रहेको ७० वर्षीय उमेर हदको प्रावधान हटाएको हो। यससँगै सम्मानित नेता झलनाथ खनालसहितलाई पार्टीको नेतृत्व लिन अब उमेर हदको तगारो हटेको छ। समाजवादीले यसअघि नै उमेर हद हटाउने गरी अघि बढाएको प्रस्तावलाई परिषद् बैठकले पारित गरेको हो। यस बैठकले केन्द्रदेखि तल्लो तहसम्मका कमिटीका पदाधिकारी र सदस्यहरू सबै प्रत्यक्ष निर्वाचित हुने व्यवस्थासहित विधान पनि संशोधन गरेको छ।  समाजवादीले अब केन्द्रीय कमिटी १९९ जनाको हुने निर्णय पनि गरेको छ। समाजवादीले केन्द्रीय पदाधिकारी १९ सदस्यीय हुने जनाएको…
Read More
कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ : प्रधानमन्त्री

कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, १५ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोत र सम्पदाहरूको बहु आयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताएका छन् ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले भने, “कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ । तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहु आयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ ।” उनले औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्नसमेत प्रतिष्ठानलाई निर्देशन दिए । साधन स्रोतको अभावका बिचमा रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गरे । उनले…
Read More
काङ्ग्रेसनिकट नेपाल थारु सङ्घमा ९८ सदस्य मनोनीत (नामावलीसहित)

काङ्ग्रेसनिकट नेपाल थारु सङ्घमा ९८ सदस्य मनोनीत (नामावलीसहित)

काठमाडौँ, १४ माघ । नेपाली काङ्ग्रेसनिकट नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरिएको छ ।  आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
Read More
नेपाल–चीन सम्बन्धमा बिगार्न केही देश लागेका छन् : चिनियाँ नेता हाइयान

नेपाल–चीन सम्बन्धमा बिगार्न केही देश लागेका छन् : चिनियाँ नेता हाइयान

काठमाडौँ, १४ माघ । नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल–चीन सम्बन्ध बिगार्न केही देश लागेको बताएकी छन् ।  काठमाडौँमा भएको राजनीतिक दलका नेताहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा नेपाल–चीनबिचको राजनीतिक सम्बन्ध राम्रो भए पनि केही देशले भने भाँजो हाल्न खोजेको आरोप लगाएकी हुन् ।  केही देशले नेपाल–चीनबिचको राजनीतिक सम्बन्ध राम्रो भएको हेर्न नचाहेको आरोप लगाएकी उनले देशको नाम भने उल्लेख गरिनन् ।  क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भइरहेकाले यसलाई चिर्न चीन र नेपालबिचको मित्रता अझ बलियो बनाउन आवश्यक रहेको उनको भनाइ छ ।  नेपालमा चिनियाँ पर्यटकहरू आइरहेको बताउँदै उनले नेपालको पर्यटन विकासमा…
Read More
पत्रकारलाई सरकारले सहयोग गर्नेछ: उपप्रधानमन्त्री खडका

पत्रकारलाई सरकारले सहयोग गर्नेछ: उपप्रधानमन्त्री खडका

काठमाडौँ, १३ माघ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुदृढीकरण र  मानवअधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा पैरवी गर्दै महत्त्वपूर्ण उपलब्धि हासिल गर्न योगदान दिएको बताएका छन् । पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ को आज विमोचन गर्दै रक्षा मन्त्री खडकाले पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उपप्रधानमन्त्री खड्काले भने, “पत्रकारितालाई सही गोरेटोमा हिँडाउन सक्नुपर्दछ, त्यसका लागि हामी सबैको सामूहिक दायित्व पनि हो । पत्रकारिता क्षेत्रमा व्यावहारिक र संस्थागत सुधारका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता छ, यसका लागि नीतिगत र संरचनागत…
Read More
सभापति लामिछाने भारतमा, कार्यबहाक सभापतिको जिम्मेवारी वाग्लेलाई

सभापति लामिछाने भारतमा, कार्यबहाक सभापतिको जिम्मेवारी वाग्लेलाई

काठमाडौँ, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत जाँदै छन् ।  सभापति रवि लामिछाने दुई दिनसम्म भारतमा रहनेछन् भने उनी १५ गते स्वदेश फर्कने छन् ।   सो भ्रमणको क्रममा भारतका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा सभापति लामिछाने सहभागी हुनेछन् । जसअनुसार रास्वपा सभापति  लामिछाने र उपसभापति डीपी अर्याल आज नयाँ दिल्ली प्रस्थान गरेका हुन । उनीहरूले आज नयाँ दिल्ली र भोलि हैदरवादमा आयोजित कार्यक्रममा सहभागी हुने केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए । माघ १३ र १४ गते भारतका विभिन्न कार्यक्रममा रहने भएकाले उपसभापति डा. स्वर्णिम वाग्लेलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छ ।
Read More
काँग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौंः वर्षमान

काँग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौंः वर्षमान

रोल्पा, १३ माघ– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोसी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि काँग्रेससँगको गठबन्धनबारे आफूहरूले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् ।  गृह जिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्ला स्तरीय नेताहरूलाई प्रशिक्षण दिँदै पुनले काँग्रेसले आफूहरूको विश्वास गुमाएको टिप्पणी गरे । हरेक पटकका निर्वाचनमा आफूहरूले काँग्रेसलाई इमानदारीपूर्वक मत दिने तर काँग्रेसबाट धोका खाने क्रम दोहोरिँदै आएको उनको भनाइ थियो । ‘कोसी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ । काँग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौँ’, पुनले भने, ‘काँग्रेससँगको गठबन्धनले राजनीतिक रूपमा हामीलाई घाटा या नाफा के छ ? हामी हरेक चुनावमा इमानदार काँग्रेसलाई मत…
Read More