Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 38 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

राष्ट्रपति पौडेलसँग किन रिसाए ओली

राष्ट्रपति पौडेलसँग किन रिसाए ओली

काठमाडौँ, २० माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग आक्रोशित भएका छन् ।   पार्टी संसदीय दलको बैठकलाई शनिवार काठमाडौँमा सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेलको पछिल्लो भूमिकालाई लिएर आक्रोशित भएका हुन् ।   सो क्रममा ओलीले राष्ट्रपति पौडेल आफ्नो पदीय मर्यादामा नबसेको बताए । राष्ट्रपतिलाई संविधान अनुसार काम गर्नु पर्नेमा सो नगरी पार्टी भन्दा माथि उठ्न नसकेको पनि आरोप लगाए ।  ‘राष्ट्रपतिजी तपाईँ काँग्रेसको प्रतिनिधि होइन, सिङै देशको राष्ट्रपति हो, आफ्नो थान्कामा बस्नुस्, आफूले पाएको अधिकार प्रयोग गर्नुस्, जथाभाबी अधिकारको प्रयोग नगर्नुस्, गठबन्धनका प्रतिनिधि होइन राष्ट्रपतिज्यू तपाई, देशको प्रतिनिधि हो, देशको प्रतिनिधि भएर काम गर्नुस्’, उनले भने…
Read More
३ महिनाको अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरेको : सीआईबी

३ महिनाको अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरेको : सीआईबी

काठमाडौँ, १९ माघ । व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीहरूले आपत्ति जनाइरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तीन महिनाको अनुसन्धानपछि उनलाई पक्राउ गरेको बताएको छ ।  बिहीबार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेपछि व्यवासायीहरुले आपत्ति जनाएका थिए । विना अनुसन्धान पक्राउ गरेको भन्दै व्यवसायीले आपत्ति जनाएका थिए ।  तर, शुक्रबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन महिनाको अनुसन्धानपछि चौधरी, थापासहितलाई पक्राउ गरेको जनाएको हो ।  पत्रकार सम्मेलनमा सीआईबीका एसएसपी दिनेश आचार्यले तीन महिनाको अनुसन्धानपछि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा उनीहरूलाई पक्राउ गरेको जानकारी…
Read More
नारायणगढ–मुग्लिङ सडक थप तीन साता बन्द हुने

नारायणगढ–मुग्लिङ सडक थप तीन साता बन्द हुने

नारायणगढ, १९ माघ । नारायणगढ–मुग्लिङ सडक खण्ड थप तीन साता दिउँसोको समयमा बन्द हुने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरिएको नाग ढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिङका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको हो । मुग्लिङ नजिक तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न पुस ७…
Read More
अरुण चौधरीलाई चार दिन थुनामा राख्न दिइयो अनुमति

अरुण चौधरीलाई चार दिन थुनामा राख्न दिइयो अनुमति

काठमाडौं, १८ माघ । काठमाडौँ जिल्ला अदालतले व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरी चाँदबाग विद्यालयका नाममा सारेको अभियोगमा बिहीबार प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो। उक्त प्रकरणको अनुसन्धानका लागि अदालतले केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)लाई चार दिन थुनामा राख्न अनुमति दिएको हो।
Read More
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौँ, १८ माघ । सरकारले राष्ट्रिय योजना आयोग लगायतका निकायमा रिक्त पदमा पदपूर्ति गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।  नेपाल वायुसेवा निगमको उपाध्यक्षमा सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको बैठकले नरदेवी आयुर्वेदिक चिकित्सालय विकास समिति सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौँ निवासी डा. सहारा श्रेष्ठलाई मनोनयन गरिएको मन्त्री शर्माले जानकारी दिइन् । उनका अनुसार बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री संयोजक रहेको…
Read More
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्रोल डिजेलमा मूल्य वृद्धि भएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १९ सय दश रुपैयाँ पुगेको छ ।
Read More
विमलेन्द्र निधि भन्छन्- अबको प्रधानमन्त्री माधवकुमार नेपाल

विमलेन्द्र निधि भन्छन्- अबको प्रधानमन्त्री माधवकुमार नेपाल

दाङ, १७ माघ । काँग्रेस नेता विमलेन्द्र निधिले गठबन्धन सरकार २०८४ सम्म टिक्ने दाबी गरेका छन्। नेपाल प्रेस युनियन दाङ शाखाले बुधवार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरशः कार्यान्वयनका लागि गठबन्धन टिकाउनुको विकल्प नरहेको बताए। उनले देशको नेतृत्व पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्हालिरहेको बताउँदै दुई वर्षपछि समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष नेतृत्व गर्ने बताए। पाँच वर्षे अवधिको अन्तिम दुई वर्ष काँग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व सम्हाल्दै ०८४ मा निर्वाचन गराउने गरी सहमति भएको हुँदा अहिलेको सत्ता गठबन्धन टिकाउन सबै लाग्नुपर्ने दाबी गरे। नेता निधिले अहिले संयुक्त…
Read More
सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु

सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु

सिन्धुपाल्चोक, १७ माघ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।  घाइतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । घाइते नेपाली चालक हुन् । घाइतेहरूलाई उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको उनले बताए । 
Read More
किसान आन्दोलन ‘शहीद’ भए मुखलाल महतो, तर राज्यले अझै घोषणा गरेन

किसान आन्दोलन ‘शहीद’ भए मुखलाल महतो, तर राज्यले अझै घोषणा गरेन

CamScanner 01-29-2023 15.36 इन्दीप कोइराला बारा, १७ माघ । हिजो देश भरका सहिदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइयो  । नेपालमा सरकारले हालसम्म १४ हजार २ सय ४६ जनालाई शहीद घोषणा गरेको गृह मन्त्रालयले जनाएको छ । नेपाली समाजमा पटक पटक विभिन्न प्रकारका आन्दोलनहरू हुँदै आएको छ । ती मध्य एक किसान आन्दोलन हो । पाल्पा, रौतहट, बारा, सर्लाही, प्युठान, काठमाडौँ, कञ्चनपुर लगायतका जिल्लामा किसान आन्दोलन भएका थिए । जाली तमसुक च्यात्ने, चक्रबृद्धि ब्याजको विरोध, जसको जोत उसको पोत, मोहियानी हक, जमिनको हदबन्दीलगायतका माग राखेर किसान आन्दोलन भएका थिए ।  किसान आन्दोलन, किसानका बिचमा शिविर सञ्चालन गरी एउटा सचेत रूपमा…
Read More
असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन : केपी ओली

असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन : केपी ओली

काठमाडौँ, १६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले थाहा पाउने गरी लोकतन्त्रलाई अघि बढाउन नसके लोकतन्त्र नै खतरामा पर्ने बताएका छन्। मङ्गलवार काठमाडौँमा ‘संसद्मा केपी शर्मा ओली’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै ओलीले जनतामा असन्तुष्टि पैदा भयो भने कुनै पनि व्यवस्था नटिक्ने बताए। ‘असन्तुष्टि बढ्दै गएर आक्रोश बन्छ, असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन’, उनले भने।  ओलीले देश भावनाले चल्ने विषय नभएको प्रस्ट पार्नभयो । ‘देश भावनामा बग्न थाल्यो भने अनर्थ बाहेक केही हुँदैन, देश भावनाले चल्दैन, सही नीति र व्यवहारले मात्र देश चल्छ’, ओलीले भने। माओवादीले जनताको असन्तुष्टिमा टेकेर हतियार उठाई अनेक प्रकारका बेठिक काम गरेको उनले…
Read More