Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 13 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

वामपन्थी एकता हुन्छ भने तत्काल राजीनामा दिएर ओलीलाई प्रधानमन्त्री बन्न प्रचण्डकाे अफर

वामपन्थी एकता हुन्छ भने तत्काल राजीनामा दिएर ओलीलाई प्रधानमन्त्री बन्न प्रचण्डकाे अफर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झुटो बोलेर धोका दिएको ब्रिफिङ गरेका छन् । बुधवार बसेको पार्टीको संसदीय दलमा एमाले अध्यक्ष ओलीले असार १८ गतेसम्म पनि झुटो बोलेर धोका दिएको ब्रिफिङ गरेका हुन् । आफूले वामपन्थी एकता हुन्छ भने तत्काल राजीनामा दिएर ओलीलाई प्रधानमन्त्री बन्न अफर समेत गरेको बताउँदै प्रचण्डले ओलीले उल्टो काँग्रेसलाई गाली गरेर ८४ सम्म सहकार्य गर्ने र पार्टी एकतासम्म गर्ने कुरा गरेको बताएका थिए । प्रचण्डले बैठकमा ओलीले 'स्वर्ग गए पनि सँगै जाने नर्क गए पनि सँगै जाने' भनेपछि आफू ढुक्क भएको बताउँदै पछि काँग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा कुरा…
Read More
नौबिसे-मल्खु सडक आजदेखि रातीमा बन्द गरिने

नौबिसे-मल्खु सडक आजदेखि रातीमा बन्द गरिने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो । राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुङ्गा मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिएका छन् । नौबिसे नागढुङ्गा खण्डमा निर्माण हुँदै गरेको पुलको बिमलाई उचालेर पुलमा राख्न लागिएको र त्यस बेला हुनसक्ने जोखिमलाई मध्यनजर गरेर काम गर्न लागिएको उनले जानकारी दिए । गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको…
Read More
सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव

सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई नियमनकारी निकाय बनाउन सुझाव दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सहकारी रकम हिनामिना प्रकरणको छानबिन गर्न गठित संसदीय समितिको बैठकमा आज गभर्नर अधिकारीले सहकारीका लागि नियमनकारी निकाय आवश्यक भएको बताएका हुन् । सभापति सूर्यबहादुर थापा क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत सङ्कलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका थिए । समितिका सभापति थापाका अनुसार गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असीमित बचत सङ्कलन गर्न दिइएको र नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको कारणले सहकारीमा अहिलेको जस्तो विकराल अवस्था आएको बताए ।  समितिको आजको बैठकमा बैंकर्स…
Read More
निरन्तरको वर्षापछि काठमाडौँ अस्तव्यस्त

निरन्तरको वर्षापछि काठमाडौँ अस्तव्यस्त

काठमाडौँ । निरन्तरको बर्सातका कारण काठमाडौँ उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभाव परेको छ । बल्खुस्थित तरकारी बजार जाने बाटो र पार्किङ क्षेत्रमा खोलाको पानी पसेका कारण आवागमन रोकिएको छ ।  यस्तै कुपण्डोल पुल मुनीको कोरिडोर, टंकेश्वर र टेकु क्षेत्रमा रहेका कोरिडोरमा पनि खोलाको पानी सडकमै आएका कारण सवारी आवागमन प्रभावित भएको छ ।  शंखमूल, युएन पुल, रोजबर्ड स्कुल नजिक, सानेपा कालो पुलको तल्लो बाटो र च्यासल क्षेत्रमा  रहेका कोरिडोरमा पनि विष्णुमती नदीको बहाव बढेर पानी सडकमै आएका कारण सवारी आवात जावतमा आंशिक प्रभाव परेको छ ।  यस्तै धापाखेल स्थित सुमेरु अस्पताल नजिकै…
Read More
काँग्रेस संसदीय दलको बैठकले के के निर्णय गर्‍यो ?

काँग्रेस संसदीय दलको बैठकले के के निर्णय गर्‍यो ?

काठमाडौँ ।  नेपाली काँग्रेस संसदीय दलको बैठकले नेकपा एमालेसँग भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  शनिवार सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा सङ्घीय संसद् भवन ल्होत्से हल नयाँ बानेश्वरमा बसेको बैठकले एमालेसँग भएको सहमतिको स्वागत र समर्थन गरेको हो । काँग्रेसका निर्णयहरु:  १- नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिलाई यो बैठक स्वागत गर्दै समर्थन गर्दछ । २- नेपाली काँग्रेस र नेकपा (एमाले) बिच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरता…
Read More
गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष

गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरण बारे फेरी कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले वर्षाका कारण काठमाडौँमा मात्र लगभग दुई हजार परिवार प्रभावित भएको बताउँदै तपाइले पचाउन खोजेको गिरीबन्धुमा यस्ता १५ हजार परिवारको व्यवस्थापन हुन सक्ने बताएका हुन् । उनले भनेका छन्- 'काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईँले पचाउन खोज्नु भएको गिरिबन्धु'मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ ।' बालेनले ३० वर्षसम्म भोटको राजनीति गरेको आरोप लगाउँदै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ भन्दै प्रश्न गरेका छन् ।  उनले भनेका छन्-…
Read More
जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन

जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपाले शुक्रवार संसदीय दलको बैठकबाट निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । पार्टीको निर्णयपछि अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन फिर्ता दिएको पत्र लेखेका छन् । जसपाका प्रतिनिधि सभामा ७ सांसद रहेका छन् भने प्रचण्ड नेतृत्वको सरकारमा प्रदीप यादव स्वास्थ्य तथा नबल किशोर शाह वन मन्त्री रहेका छन् । एमालेपछि सरकारबाट बाहिरिने जसपा दोस्रो दल बनेको छ । 
Read More
एकीकृत समाजवादीले चयन गर्यो ९३ केन्द्रीय सदस्य (सूचीसहित)

एकीकृत समाजवादीले चयन गर्यो ९३ केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ९३ जना केन्द्रीय सदस्य चयन गरेको छ । साबिकको पोलिटब्युरोका सदस्य र प्रदेश अध्यक्षलाई समावेश गरेर केन्द्रीय समिति घोषणा गरिएको हो । एकीकृत समाजवादीको १०औँ महाधिवेशनबाट उनीहरू केन्द्रीय समितिमा सर्वसम्मत मनोनीत भएका हुन् । गत असार १६ गतेदेखि सुरु भएको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिव मात्रै चयन गरेको छ । महाधिवेशनले माधवकुमार नेपाललाई अध्यक्षमा, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भुसाललाई महासचिवमा सर्वसम्मत चयन गरेको छ ।  अन्य पदाधिकारी चयन गर्ने जिम्मा भने सचिवालयलाई दिइएको छ । माधवकुमार नेपाल–अध्यक्षझलनाथ खनाल–सम्मानित नेताघनश्याम भुसाल– महासचिव केन्द्रीय कमिटी डा.बेदुराम भुसालराजेन्द्रप्रसाद पाण्डेप्रमेश हमालघनेन्द्र बस्नेतकेशवलाल श्रेष्ठधर्मनाथप्रसाद साहजयन्ती राईप्रकाश ज्वालाडा.गंगालाल…
Read More
अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दै छन् विश्वासको मत ?

अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दै छन् विश्वासको मत ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने सङ्केत गरेका छन् । बिहीबार बिहान राजीनामा दिन बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डले आफूले संसद् फेस गर्ने भएकाले अहिले राजीनामा नदिन आग्रह गरेका थिए । राजीनामा दिन बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरू प्रधानमन्त्रीको सो आग्रह पछि राजीनामा नदिएर फर्किएका छन् । संविधान अनुसार सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिन भित्र प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिनु पर्ने प्रावधान रहेको छ । सरसर्ती हेर्दा प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेको देखिन्छ । तर यसको अन्तर्य भने अर्कै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्न प्रचण्डले विश्वासको मत…
Read More
एकीकृत समाजवादीको महाधिवेशन नेतृत्व चयनमा केन्द्रित, सहमतिको प्रयास हुँदै

एकीकृत समाजवादीको महाधिवेशन नेतृत्व चयनमा केन्द्रित, सहमतिको प्रयास हुँदै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशन अब नयाँ नेतृत्व चयनमा केन्द्रित भएको छ । राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै आज नेतृत्व चयनमा केन्द्रित भएको हो ।  १६ गतेदेखि सुरु भएको महाधिवेशनले राजनीतिक, सङ्गठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको छ । महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ ।  केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सात जना रहने व्यवस्था गरिएको छ । केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव,…
Read More