health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । निरन्तरको बर्सातका कारण काठमाडौँ उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभाव परेको छ । बल्खुस्थित तरकारी बजार जाने बाटो र पार्किङ क्षेत्रमा खोलाको पानी पसेका कारण आवागमन रोकिएको छ ।
यस्तै कुपण्डोल पुल मुनीको कोरिडोर, टंकेश्वर र टेकु क्षेत्रमा रहेका कोरिडोरमा पनि खोलाको पानी सडकमै आएका कारण सवारी आवागमन प्रभावित भएको छ ।
शंखमूल, युएन पुल, रोजबर्ड स्कुल नजिक, सानेपा कालो पुलको तल्लो बाटो र च्यासल क्षेत्रमा रहेका कोरिडोरमा पनि विष्णुमती नदीको बहाव बढेर पानी सडकमै आएका कारण सवारी आवात जावतमा आंशिक प्रभाव परेको छ ।
यस्तै धापाखेल स्थित सुमेरु अस्पताल नजिकै पनि वर्षातको पानी जमेका कारण सवारी आवागमनमा आंशिक प्रभाव परेको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न कोरिडोर हुँदै यात्रा गर्दा सचेत भएर यात्रा गर्न सडक प्रयोगकर्तालाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
यस्तै वर्षातले भिजेको सडकमा चिप्लिएर सवारी दुर्घटना हुनसक्ने सम्भावना रहेकाले संयमित भएर सीमित गतिमा सवारी साधन गुडाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।