Gyaan Ghar

Advertisement

राजनीति

बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा

बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) बारे टिप्पणी गर्दै ‘मनपरी बोल्ने केटो’ भनेका छन् । शनिवार काठमाडौँमा आयोजित एमालेको 'स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशाला बोल्दै प्रधानमन्त्री ओलीले बालेनको नाम नलिएरै 'मनपरी बोल्ने केटो' को संज्ञा दिएका हुन् । ओलीले भने- ‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यल्ले मनपरी बोल्छ। त्यल्लाई चलाउनुहुँदैन है ! त्यो सँग जनमत छ अरे ! डराएर उसलाई नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ । देखिसक्यौँ नि हामीले, बोक्नेले त बोकेकै छ ।’ उनले अगाडी भने- 'बिरालो काँधमा बोकेर यता पट्टिबाट गोली हानेर मृग…
Read More
नयाँ सरकारका चुनौती !

नयाँ सरकारका चुनौती !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएसँगै २१ मन्त्री पनि नियुक्त भएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनमा जसपा, जसपा नेपाल र लोसपा पनि सहभागी भएका छन् । यो पटक नयाँ कुरा २१ मन्त्रीलाई एकै पटक शपथ गराउन सक्नु भएको छ । दलहरूबिच विवाद र मन्त्री छान्ने सकसका बिच पटक पटक किस्तामा मन्त्री नियुक्ति गर्ने परम्परा यस पटक तोडिएको छ । यो सरकारको विषयमा सुरुमै महिला सहभागिता र दलितको प्रतिनिधित्वको बारेमा प्रश्न उठेको छ । २२ सदस्यीय मन्त्रीमण्डलमा केवल २ महिला मन्त्री छन् भने दलितको प्रतिनिधित्व शून्य छ । यो प्रश्न…
Read More
माओवादी युद्धका सहयात्रीहरूलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल 

माओवादी युद्धका सहयात्रीहरूलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल 

काठमाडौँ, १ फागुन ।  नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् ।  माओवादी केन्द्रले आयोजना गरेको २९ औँ जनयुद्ध दिवसको आज यहाँ उद्घाटनपछि शुभकामना व्यक्त गर्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरूलाई आरोपित गर्ने अधिकार कसै पनि अधिकार नभएको उल्लेख गरेका हुन् ।  सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, “एकै मोर्चा र केन्द्रमा एकता बद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरी आइनुहोस् बसौँ, समीक्षा गरौँ । नयाँ लहर सिर्जना गरौँ । माओवादी युद्धका सहयात्रीहरू आउनुहोस् । यो मोर्चालाई एकताबद्ध गरौँ ।” सामाजिक न्याय…
Read More
सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली

सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली

२३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधिन र सार्वभौम राष्ट्र हुदा हुदै आफ्नो स्वतन्त्रताको प्रयोग गर्न नसक्नु लज्जाको कुरा भएको बताएका छन् । समृद्धिका लागि संकल्प यात्राका क्रममा गोरखा बजारमा शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, - `लिम्पीयाधुरा, लिपुलेक, कालापानीका प्रश्न उच्च स्तरीय संवादहरुमा किन उठ्दैन ? यो भन्दा गएगुज्रेका कुरा के हुन्छ । त्यो भन्दा देश प्रतिको बेइमानी के हुन्छ । ” पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रीत झुलाघाट चिवाभन्जाङ्ग यात्राका क्रममा शुक्रवार गोरखा आइपुग्नुभएका एमाले अध्यक्ष ओली शनिवार बिहान गोरखा सदरमुकाममा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग निर्माणमा भइरहेको ढिलासुस्ती…
Read More
एमाले पदयात्राको नवौं दिन: आज आरूघाट पुग्ने

एमाले पदयात्राको नवौं दिन: आज आरूघाट पुग्ने

मंसिर २२, काठमाडौं ।  नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज आरूघाट, गोरखा पुग्दैछ । झुलाघाटबाट आरम्भ भएको `संमृद्विको लागि संकल्प यात्रा´को नवौ दिन मंसिर २२ गते कास्कीको पोखराबाट सुरू हुने छ। यात्राको क्रममा भोर्लेटार, धमिलकुवा, पालुङटार लगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। लमजुङको सुन्दरबजारमा सभा सम्पन्न गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज गोरखाको आरूघाटमा बास बस्ने प्रचार बिभाग सचिव गगन बिष्टले जानकारी दिए ।
Read More
राप्रपा राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने

राप्रपा राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने

राप्रपाले राष्ट्रिय सभाको निर्वाचनमाा सहभागी हुने निर्णय गरेको छ । बुधबार र बिहीबार काठमाडौंमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने सम्बन्धमा अन्य दलसंग आवश्यक सहयोग जुटाउन, संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख तथा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ । साथै बैठकले इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङ्ग गुरुङलाई जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।  बैठकले राप्रपा नियमावली–२०८० लाई संशोधनसहित पारित गरेको…
Read More
एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन

एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन

२१ मंसिर,काठमाडौं । सरकारले एनसेलको सेयर खरिदबिक्रीका विषयमा अध्ययन गरेर सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।  ३० दिनको कार्यवधि दिइएको समितिकाे सस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनेछन् ।
Read More
खाँणको मुद्दामा यही मंसिर २८ गते सुनुवाइ हुने

खाँणको मुद्दामा यही मंसिर २८ गते सुनुवाइ हुने

मङ्सिर २०, काठमाडौं । उच्च अदालत पाटनले  नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई रिहा गर्ने नगर्ने विषयको सुनुवाइ २८ गते गर्ने भएको छ। यसअघि गत मंसिर १५ गते पुनरावेदन उपरको सुनुवाइमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाँणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा विषयमा राय बाझिएपछि तेस्रो बेञ्चबाट निर्णयमा पुगिने आदेश भएको थियो। सोही अनुसार अदालतले मसिर २८ गते विहिवार तेस्रो न्यायाधीश रहने एकल इजलासमा खाँणको सुनुवाइको मिति तोकिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए। गत मंसिर १५ गते भएको पुनरावेदनको उपरको आदेश गर्दा खाँडलाई रिहाइ गर्ने वा…
Read More
एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने सत्तापक्षको निष्कर्ष

एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने सत्तापक्षको निष्कर्ष

१९ मङ्सिर, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अनुकुल खरिदबिक्री नभएको बताए । उनले शेयर खरिदबिक्रीको कुरा शंकास्पद रहेकाले गठबन्धनले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निस्किएको बताए ।…
Read More
एमाले पदयात्राः आज रुकुमकोट पुग्दै

एमाले पदयात्राः आज रुकुमकोट पुग्दै

१९ मङ्सिर, काठमाडौं ।  नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्राको टोली आज रुकुमकोट पुग्दैछ ।  समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन एमाले नेतृत्वको टोली आज रुकुम पुग्न लागेको हो । सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट यात्रामा निस्केको पदयात्रा टोलीले आज सो स्थलमा आमसभा गर्दैछ । यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भेरी बबइ डाइभर्सनको निरीक्षण गरेका छन् ।
Read More