29
Jun
काठमाडौँ । नेपालले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेलमा नेपालले लाओसविरुद्ध ९–० को फराकिलो जित हासिल गरेको छ । आइतबार प्याट्रिक डे वाइल्डको प्रशिक्षणमा एएफसी महिला एसियन कप छनोटको खेलमा नेपालका लागि पहिलो पटक कप्तानको भूमिकामा देखिएकी सावित्रा भण्डारी एक्लैले पाँच गोल गरिन् । यसबाहेक उज्वेकिस्तानको तास्केन्दमा आइतबार साँझ सम्पन्न खेलमा अनिता बस्नेत, सरु लिम्बु, रश्मिकुमारी घिसिङ र अनिता केसीले समान एक गोल गरेका थिए भने पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा सात गोल गर्यो । नेपालले लाओसविरुद्ध नियमित कप्तान अञ्जिला तुम्बापो सुब्बालाई आराम दिएको थियो । अञ्जिला अनुपस्थित हुँदा आर्मब्याण्ड सावित्राले पाइन भने गोलपोष्ट सुरक्षाको…