
२२ मंसिर २०८० १८:४४
२२ मंसिर २०८० १८:४४
२२ मंसिर, काठमाडौं । दक्षिण अमेरिकी देशहरु बीच हुने प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ । सन् २०२४ को जुनमा हुने कोपा अमेरिकाको खेल तालिका शुक्रबार सार्बजनिक गरिएको हो । अमेरिकामा हुने कोपा अमेरिकामा दक्षिण अमेरिका १० देश र उत्तर तथा मध्य अमेरिकी ६ देश सहभागी हुँदै छन् । प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० देश अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलोम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला खेल्दै छन् । त्यस्तै उत्तर तथा मध्य अमेरिकी देशबाट नेसन्स लिग र प्लेअफबाट ६ देश छानिदै छन् । उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग २०२३–२५ को शीर्ष चारमा रहेका आयोजक अमेरिकासहित मेक्सिको, जमैका…