Gyaan Ghar

Advertisement

खेलकुद

पेरिस ओलम्पिकको समापन समारोहमा टम क्रुज स्टन्ट, छत वाट हाम फालेको दृश्य भाइरल

पेरिस ओलम्पिकको समापन समारोहमा टम क्रुज स्टन्ट, छत वाट हाम फालेको दृश्य भाइरल

पेरिस, २८ साउन । पेरिस ओलम्पिकको समापन समारोहमा हलिउड सुपरस्टार टम क्रुजले आफ्नो अचम्मको स्टन्टले विश्वलाई चकित पारेका छन् ।   कार्यक्रममा टम क्रुज, स्नुप डग, डा. ड्रे, बिली इलिश, रेड हट चिली पेपर्स र एचईआर थिए। एल ए २८ लाई ओलम्पिक टर्च हस्तान्तरण गरेपछि प्रदर्शन, विशेष गरी टम क्रुजले घटनालाई अविस्मरणीय बनाएको तरिका अद्भुत थियो।   हलिउडका एक्सन स्टार मानिने सुपरस्टार टम क्रुजले कार्यक्रममा आफ्नो स्टन्टले सबैलाई चकित पारेका छन् । स्टन्टका लागि चर्चित फिल्म सिरिज मिसन इम्पोसिबलका सुपरस्टार टम क्रुज कार्यक्रममा ब्राउन लेदर ज्याकेट लगाएर स्टेडियमको छतमा पुगे र त्यहाँबाट हाम फाले । क्रुजको यो स्टन्ट देखेर स्टेडियममा…
Read More
पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो

पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ५० देशले पदक जितेका छन् । बुधवार सम्पन्न खेलपछि २९ देशले स्वर्ण पदक जितेका छन् भने कुल ५० देशले पदक जितेका छन् । जसमा चीन ११ स्वर्ण, ७ रजत र ६ कांस्य पदक जितेर शीर्ष स्थानमा रहेको छ  भने अमेरिका ९ स्वर्ण, १५ रजत र १३ कांस्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।  त्यस्तै फ्रान्स ८ स्वर्ण, ११ रजत र ८ कांस्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया ८ स्वर्णसहित ६ रजत र ४ कांस्य पदक जितेर चौथो स्थानमा रहेको छ । त्यसै गरी जापान ८ स्वर्ण, ३ रजत र ५ कांस्य…
Read More
काभा वुमन्स नेसन्स भलिबलमा नेपालको विजयी सुरुवात

काभा वुमन्स नेसन्स भलिबलमा नेपालको विजयी सुरुवात

काठमाडौँ । नेपालले काठमाडौँमा आजदेखि सुरु भएको काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेट २५-१९ ले जितेको थियो भने त्यसपछिका दुई सेट समान २५-१८ ले जितेको थियो । नेपालले अब अर्को खेल शनिवार भारतको सामना गर्ने छ । यो खेल अपराह्न ३ बजेदेखि सुरु हुने छ । त्यस्तै नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५: १५ बजेदेखि इरानसँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५; १५ बजेदेखि मालदिभ्सविरुद्ध…
Read More
पेरिस ओलम्पिक: अहिलेसम्म ४३ देशले जिते पदक, जापान शीर्ष स्थानमा

पेरिस ओलम्पिक: अहिलेसम्म ४३ देशले जिते पदक, जापान शीर्ष स्थानमा

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि २१ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४३ देशले पदक जितेका छन् । जसमा जापान ७ स्वर्ण, २ रजत र ४ कांस्य पदकसहित शीर्ष स्थानमा रहेको छ भने चीन ६ स्वर्ण, ६ रजत र २ कांस्य पदक जितेर दोस्रो स्थानमा रहेको छ त्यस्तै अस्ट्रेलिया पनि ६ स्वर्णसहित ४ रजत र एक कांस्य पदक जितेर तेस्रो स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ९ रजत र ४ कांस्य पदक सहित चौथो स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र ३…
Read More
पेरिस ओलम्पिक: नेपाली पौडीबाज शाहको राष्ट्रिय कीर्तिमान

पेरिस ओलम्पिक: नेपाली पौडीबाज शाहको राष्ट्रिय कीर्तिमान

काठमाडौँ । नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् । मङ्गलवार सम्पन्न खेलमा पुरुष १०० मिटर फ्री–स्टायलमा प्रतिस्पर्धा गरेका शाहले ५१.९१ सेकेन्डको समय निकाल्दै आठ खेलाडी रहेको हिटमा तेस्रो भएका थिए । योसँगै उनले नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। उनले गत फेब्रुअरीमा कताको दोहामा भएको विश्व च्याम्पियनसिपमा ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । एलेक्सले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा पुगेका थिए ।
Read More
पेरिस ओलम्पिक: २८ देशले जिते पदक, जापान शिर्ष स्थानमा

पेरिस ओलम्पिक: २८ देशले जिते पदक, जापान शिर्ष स्थानमा

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २८ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ११ देशले स्वर्ण पदक जितेका छन् भने कुल २८ देशले पदक जितेका छन् । जसमा जापान ४ स्वर्ण, २ रजत र एक कांस्य पदकसहित शीर्ष स्थानमा रहेको छ भने अस्ट्रेलियाले ४ स्वर्णसहित २ रजत पदकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै अमेरिकाले ३ स्वर्ण ६ रजत र ३ कांस्य पदक जितेको छ भने आयोजक फ्रान्सले ३ स्वर्ण ३ रजत र २ कांस्य पदक जितेको छ । त्यस्तै दक्षिण कोरियाले ३ स्वर्ण, र रजत र एक कांस्य पदक जितेको छ भने  चीनले ३ स्वर्ण, एक रजत…
Read More
पेरिस ओलम्पिक: पहिलो खेलमा हारे प्रिन्स दाहाल

पेरिस ओलम्पिक: पहिलो खेलमा हारे प्रिन्स दाहाल

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल समूह चरणको पहिलो खेलमा पराजित भएका छन् । शनिवार राति सम्पन्न पहिलो खेलमा प्रिन्स डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग लगातार दुई सेटमा पराजित भएका हुन् ।  भिक्टरले पहिलो सेट २१-८ ले जितेका थिए भने दोस्रो सेट २१-६ ले जितेका थिए । समूह ‘पी’ मा रहेका प्रिन्सको यो हारसँगै अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर भएको छ । उनले दोस्रो खेल आयरल्यान्डका नियात न्युयेनसँग २९ जुलाईमा खेल्ने छन् । यस्तै, समूह चरणको अन्तिम खेल इजरायलका मिसा जिल्बरम्यानसँग ३० जुलाईमा खेल्नेछन् । १६ वटा समूहका शीर्ष खेलाडीले अन्तिम १६ मा प्रवेश पाउनेछन् ।
Read More
आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

काठमाडौँ । आज देखि महिला एसिया कप सुरु हुँदै छ । आजदेखि जुलाई २८, २०२४ सम्म श्रीलङ्काको डाम्बुलामा हुने महिला एसिया कपमा एसिया ८ देशले भाग लिँदै छन् । भारत, पाकिस्तान, श्रीलङ्का र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्यान्डलाई एसिया कप खेल्दै छन् । एसिया कपमा नेपाल समूह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समूह ए मा रहेको छ भने समूह बी मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्यान्ड रहेका छन् । नेपालले आफ्नो पहिलो खेल एसिया कपको उद्घाटनकै दिन आज युएईविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय…
Read More
फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा

काठमाडौँ । स्पेन युरो कपको फाइनलमा पुगेको छ । जारी युरो कपको सेमिफाइनलमा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा पुगेको हो । स्पेनको जितमा लामिन यमल र डानी ओल्मोले एक एक गोल गरेका थिए । त्यस्तै फ्रान्सका लागि एक गोल राण्डल कोलो मुआनीले एक गोल गरेका थिए । यस खेलमा स्पेनका लागि पहिलो गोल गरेका यमलले १६ वर्षको उमेरमा युरो कपमा गोल गर्दै अहिलेसम्म सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् । यो जितपछि स्पेन पाँचौँ पटक युरो कपको फाइनलमा पुगेको छ । स्पेनले यस अघि तीन पटक युरो कपको उपाधि जितेको छ भने एक पटक…
Read More
युरोकपको सेमिफाइनलको समीकरण पुरा

युरोकपको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ । जारी युरोकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । गए राती क्वाटर फाइनलका खेल सम्पन्न भएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुगो लागेको हो । २४ देशले भाग लिएको यस प्रतियोगितामा अब चार देश सेमिफाइनलमा पुगेका छन् । जसमा स्पेन, फ्रान्स, इङल्याण्ड र नेदरल्याण्डस रहेका छन् । स्पेनले क्वाटर फाइनलमा आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुट आउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । त्यस्तै इङल्याण्डले पेनाल्टी सुट आउटमा स्वीजरल्याण्डलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने नेदरल्याण्डसले टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।      अब सेमिफाइनलमा स्पेन…
Read More