health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । आजदेखि साफ यू-२० च्याम्पियनसिप सुरु हुँदै छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ यू-२० च्याम्पियनसिपको समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने बताएको छ ।
यस अघि दशरथ रङ्गशाला र च्यासलस्थित स्टेडियममा हुने भनिए पनि अब समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने भएको हो । आज प्रतियोगिताको उद्घाटन खेलमा श्रीलङ्का र नेपाल खेल्ने तालिका रहेको छ । यो खेल अपराह्न ३ बजेदेखि सुरु हुने छ ।
एन्फाले यस अघि प्रतियोगिताका लागि दशरथ रङ्गशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स गरी तीन स्थान तय गरेको थियो । तर, च्यासल मैदानमा बाढी पसेपछि खेल सञ्चालन गर्न नसकिने अवस्था आएको छ भने दशरथ रङ्गशाला पनि वर्षाले हिलाम्मे रहेको छ ।
साफले दशरथ रङ्गशाला र एन्फा कम्प्लेक्सको मैदानलाई आयोजना स्थलको स्वीकृति दिएर खेल तालिका समेत जारी गरे पनि गत मङ्गलवार भुटानको पारो एफसी र नेपालको चर्च ब्वाईज बिचको खेल सञ्चालन हुँदा मैदान पूर्ण रूपमा खराब भएपछि एन्फाले समूह चरणका खेलहरू एन्फा कम्प्लेक्समा र सेमिफाइनल र फाइनल खेल दशरथ रङ्गशालामा हुने भएको छ ।
साफ यू-२० मा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, भारत, मालदिभ्स र भुटान गरी ६ देशले भाग लिँदै छन् । जसमा समूह ए मा नेपाल, बङ्गलादेश र श्रीलङ्का रहेका छन् भने समूह बी मा भारत, मालदिभ्स र भुटान रहेका छन् ।